राजनीति
भिम रावल आज धनगढी जाँदै
२९ भदौ, काठमाडौँ – नेकपा एमाले भित्र सुदूरपश्चिम ईन्चार्जबारे विवाद चलिरहेका बेला उपाध्यक्ष भीम रावल कार्यकर्ता भेटघाटका लागि आज धनगढी जानुहुने भएकोछ । अहिले मध्यान्न १२ बजे श्रीएयरको विमानमार्फत रावल धनगढी जाने कार्यक्रम रहेको स्रोतले जनाएको छ । आइतबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजनपछि पनि सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट नै भएको बताउनुभएकोथियो […]
मंगलबार प्रतिनिधिसभा बैठक बस्दै
२९ भदौ, काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज (मंगलबार) पनि बस्दै छ । दिउँसो १ बजे बैठक बोलाइएको छ । नेकपा एमालेको भने लगातार संसद बैठकमा नाराबाजी जारी छ। संसदको अवरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठक आयोजना गर्नुभए पनि एमालेद्वारा बहिष्कार भने जारी थियो । एमालेको माग पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको […]
“मन्त्रिपरिषद् बनाउन नसक्ने प्रधान्मन्त्रीले देश बनाउँछन् भनेर कसले विश्वास गर्ला” : नेता रिजाल
२९ भदौ, काठमाडौँ – नेकपा एमालेका माधव नेपाल समूहका युवा नेता विष्णु रिजालले दुई महिनासम्म मन्त्रिमण्डल बिस्तार गर्न नसक्ने प्रधान्मत्रीले देश बनाउँछन् भनेर विश्वास गर्न नसकिने टिप्पणी गर्नुभयो । उहाँले गठबन्धनबीच एजेन्डामा सहमति नभएको र कहॉ जाने के गरी अगाडी बढ्ने भन्ने मार्गचित्र समेत नभएको बताउनुभयो। उहाँले “छिमेकीसँग सम्बन्ध बिगार्ने, संविधानको धज्जी उडाउने, अर्काको पार्टी […]
एमसीसी कुनै हालतमा लागु हुन दिन्नौं : विप्लव
२९ भदौ, काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कुनै हालतमा लागू हुन नदिने बताउनुभएकोछ । सोमबार खुलामञ्चमा आयोजित विरोध सभामा पानीले भिन्दै सम्बोधन गरेका विप्लवले पार्टी प्रतिबन्धमा रहेका बेला नै यो सम्झौता अध्ययन गरेको र लागू हुन नदिने सुनाउनुभयो । उहाँलेले भन्नुभयो, ‘यो सम्झौता नेपालको स्वाधीनता र सार्वभौमिकताको […]
“अधिवेशनलाई मान्दैनौं,धाँधली गरेर सत्ता हत्याउन हामी दिदैंनौं”: वरिष्ठ नेता पौडेल
२९ भदौ, काठमाडौँ – नेपाली कांग्रेसको संस्थापनइतर मानिएको रामचन्द्र पौडेल समूहद्वारा डडेल्धुरा जिल्लामा भएको वडा अधिवेशन अस्वीकार गरिएको छ । गत २५ भदौमा डडेल्धुरामा सम्पन्न वडा अधिवेशन सत्ता र शक्तिको आडमा एकतर्फी रूपमा धाँधली र बलमिच्याइपूर्वक गरिएको भन्दै पौडेल समूहद्वारा सो जिल्लाको वडा अधिवेशन पुनः गरिनुपर्ने बताउनुभएको हो । नयाँ अधिवेशन मिति तोकेर नेतृत्व छान्न पार्टी […]
एमालेको अवरोधबीच राष्ट्रियसभाबाट लोक सेवा आयोग विधेयक पारित
२८ भदौ, काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूको अवरोधका बीच राष्ट्रियसभाको दोस्रो बैठकले लोक सेवा आयोग विधेयक-२०७८ पारित गरेको छ । राष्ट्रियसभाको दोस्रो बैठक पनि एमालेका सांसदद्वारा अवरुद्ध भएको थियो। तर, अवरोधकाबीच राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लोक सेवा आयोग विधेयक-२०७८ निर्णयार्थ पेस गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा […]
काँग्रेसको वडा अधिवेशनसम्म को कति बलियो
२८ भदौ, काठमाडौँ – नेपाली काँग्रेसको क्रियाशील सदस्यहरुको नामावली प्रकाशन भएको ५६ जिल्लाका वडा अधिवेशन सकिएको छ । अहिलेसम्म वडामा सभापतिसहित पदाधिकारी र प्रतिनिधिहरु चयनको अवस्था केलाउँदा कुनै पनि पक्ष बहुमतमा नभएको बुझिएको छ । काँग्रेसभित्र विभिन्न समूह र नेताहरुले लगभग कुनैपनि जिल्लाका वडा तहमा आफ्नो वर्चश्व बनाउन सक्नुभएन । काँग्रेसको विधान अनुसार वडाबाट चयन […]
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
२८ भदौ, चितवन – नारायणगढको लायन्सचोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१० का ३१ वर्षीय यदुराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार सिमेन्ट लिएर जनकपुरतर्फ जाँदै गरेको ना८ख ६२४९ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको ना ३९ प २०९३ नम्बरको […]
अब राप्रपा कहिल्यै फुट्दैन : कमल थापा
२८ भदौ, काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीलाई कहिल्यै नफुटाउने प्रतिज्ञा गर्नुभएकोछ । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति, भक्तपुरले सोमबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष उहाँले कम्युनिष्ट र नेपाली काँग्रेसको भन्दा फरक विचारधारा बनाएर हिँडेको राप्रपा अब कहिल्यै नफुट्ने बताउनुभएकोहो । अध्यक्ष थापाले आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरूलाई व्यक्ति […]
डडेल्धुराको वडा अधिवेशन पौडेल समूहद्वाराअस्वीकार
२८ भदौ, काठमाडौँ – नेपाली कांग्रेस डडेल्धुराको वडा अधिवेशन नेता रामचन्द्र पौडेल समूहले अस्वीकार गर्ने तयारी गरेको छ । जिल्ला कार्यसमितिले अनियमिता भएको भन्दै प्रमाणसमेत सार्वजनिक गर्दागर्दै प्रहरी प्रशासनको बलमा अधिवेशन गराएको भन्दै पौडेल पक्षले अस्वीकार गर्ने तयारी गरेको हो। त्यसका लागि पौडेल पक्षले केन्द्रीय सदस्यहरुको भेला बोलाएको छ भने दिउँसो पत्रकार सम्मेलन गरी धारणा […]



