राजनीति
नेपाल पक्षको बैठक : नेतृत्वलाई आत्मालोचना गर्न माग
२२ साउन, काठमाडौँ – नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय केन्द्रीय कमिटीका सदस्यको बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट विगतमा भएका कतिपय राजनीतिक निर्णय गलत भएको जनाउँदै एकताबद्ध पार्टीका लागि नेतृत्वले आत्मालोचना गर्नुपर्नेमा जोड दिइएको छ । बिहीबारदेखि काठमाडौँमा जारी सो पक्षका केन्द्रीय सदस्यले पार्टीभित्र आत्मसम्मान, सहअस्तित्व र सामूहिक भावनाको विकास नहुँदा समस्या उत्पन्न […]
राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल
२२ साउन, काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच समसामयिक विषयमा छलफल भएको छ । बिहीबार अपरान्ह राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल भएको हो । छलफलमा राष्ट्रपतिले कोरोना महामारी नियन्त्रण, प्रभावितहरूको उपचार तथा जनस्वास्थ्यका विषयमा सरकारले गरेका कामबारे चासो व्यक्त गर्दै प्रधानमन्त्रीबाट जानकारी लिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति र प्रधानमन्त्रीबीचको उक्त भेट […]
शिक्षा सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मी नियुक्त
१९ साउन, काठमाडौं- सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधु प्रसाद रेग्मीलाई नियुक्त गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले अध्यक्षमा मधु प्रसाद रेग्मी र सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई नियुक्त गरेको हो। करिव एक वर्षदेखि पदाधिकारी बिहिन भएको आयोगमा उनिहरुलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानून, न्याय तथा संसदीय […]
ओली सरकारले गठन गरेको भूमि आयोग खारेज
१९ साउन, काठमाडौं– सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोगका सबै संरचना खारेज गरेको छ । सोमबार बसेको नियमित मन्त्रिपरिषद् बैठकले आयोगका सबै संरचना खारेज गर्ने निर्णय गरेको हो । केन्द्रीय भूमि आयोग र ७७ जिल्लाकै भूमि समस्या समाधान आयोग एकमुष्ठ खारेजीको प्रस्ताव उठाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भूमि व्यवस्था मन्त्रालयलाई सोमबार नै निर्देशन दिएको थियो […]
कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने तयारी
१९ साउन,काठमाडौं– सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा यसअघिका निर्देशक कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसालले मंगलबार मात्र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी थिइन् । मन्त्री भुसालले आज बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा कार्यकारी निर्देशक शाक्यलाई बोलाएर राजीनामा मागेकी हुन् । […]
लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता
१९ साउन, काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले ३४ सांसदको हस्ताक्षरसहित पोखरेलविरुद्ध आज मङ्गलवार अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । मुख्यमन्त्री पोखरेलले संसदको बहुमत गुमाएको प्रस्तावमा उल्लेख छ । विपक्षी गठबन्धनले माओवादीका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीका रूपमा प्रस्ताव […]
निर्वाचन आयोगद्वारा ४१ वटा दलको दर्ता खारेज, प्रत्येकलाई ५० हजार रुपैयाँ जरिवाना
१९ साउन,काठमाडौं– निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले लगातार लगातार तीन वर्षसम्म लेखापरीक्षण नबुझाएका दललाई यही साउन २० गतेदेखि लागु हुनेगरी दलको दर्ता खारेज गरेको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार मंगलबार बसेको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको […]
सत्तारुढ गठबन्धन कार्यदलले साझा कार्यक्रम टुङ्गो लगाउने
१९ साउन, काठमाडौं– सत्तारुढ गठबन्धन कार्यदलको आज बस्ने दोस्रो बैठकले न्यूनतम साझा कार्यक्रम र सरकार सञ्चालन कार्यविधि तय गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको कार्यदलको बैठकमा यस विषयमा गम्भीर छलफल भई आजै टुङ्गो लगाएर शीर्षनेतालाई बुझाउने तयारी भएको बताइएको छ । कार्यदलको अर्को बैठक आजै अपराह्न ४ः३० बजे बस्ने कार्यदलका सदस्यसचिव […]
ओली र नेपालबीच भेटवार्ता हुँदै
१९ साउन, काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ट नेता माधवकुमार नेपालबीच आज (मंगलबार) भेटवार्ता हुँदै छ । स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङकाअनुसार दुई नेताबीच भेटवार्ता हुने तयारी भएको भए पनि समय र स्थानबारे टुङ्गो लागिसकेको छैन । साँझसम्म अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता हुने उहाँले जानकारी दिनुभयो । विघटित कार्यदलका […]
सम्पर्कविहीन भनिएकी सांसद वली एमालेमै फर्किइन्
१८ साउन, काठमाडौं– लुम्बिनी प्रदेश सांसद विमला वली नेकपा एमालेमा फर्किएकी छन् । केही दिनयता सम्पर्कविहीन भनिएकी लुम्बिनी प्रदेश सांसद विमला कुमारी वली खत्रीले आफू एमालेमा रहेको बताएकी छिन्। सोमबार एक विज्ञप्ति जारी गर्दै उनले आफू एमालेको संसदीय दलमा नै रहेको जानकारी दिएकी छिन् । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा खारेज गरेर माओवादी […]



