राजनीति
लुम्बिनी प्रदेशः पोखरेल सरकारका थप दुई मन्त्रीले राजीनामा दिने
२७ साउन, बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्व सरकारका थप दुई मन्त्रीले पनि राजीनामा बुझाउने भएका छन् । सरकारका कृषि मन्त्री विजयबहादुर यादव र उद्योग, वन तथा वातावरणमन्त्री कल्पना पाण्डेयले राजीनामा दिने बताएका छन्। पार्टी निर्णयविपरीत सरकारमा सहभागी भएपछि उनीहरुलाई पार्टीले सांसद पदबाट मुक्त गरेको थियो। यादव राजीनामा बुझाउन मुख्यमन्त्री निवास गएका छन्। […]
एमालेका सम्पूर्ण बैठक तथा भेटघाट अब पार्टी कार्यालयबाटै हुने
२७ साउन, काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महत्वपूर्ण छलफल तथा भेटघाट पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट गर्न थालेका छन्। अध्यक्ष ओलीले पार्टीको छलफल तथा भेटघाट पार्टीको थापाथलीस्थित केन्द्रीय कार्यालयबाट सुरू गरेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए। बुधबार पनि ओलीले केन्द्रीय कार्यालयमा आएर पार्टी नेता तथा कार्यकर्तासँग भेटघाट गरेका […]
कसैको टाङमुनि छिर्दैनौं : माधव नेपाल
२६ साउन, काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमारले केपी ओलीतर्फ सङ्केत गर्दै कसैको टाङमुनि नछिर्ने र नझुक्ने बताएका छन् । मंगलबार नयाँ बानेश्वरमा अनेरास्ववियुले गरेको एक कार्यक्रममा प्रमुख अतिथि बनेका नेता नेपालले केपी ओलीसँग नझुक्ने सङ्केत गरे । आफूहरूले कसैसँग शीर निहुराएर सम्झौता नगर्ने नेता नेपालले स्पष्ट पारे । ‘हामी कसैसँग शीर निहुर्याउँदैनौं, […]
प्रतिनिधि सभाको बैठक आज बस्दै
२६ साउन, काठमाडौँ – प्रतिनिधि सभाको आठौँ अधिवेशनको सातौँ बैठक आज बस्दैछ । सङ्घीय संसद् भवनमा मंगलबार दिउँसो १ बजे बैठक बोलाइएको हो । आजको बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभामा उत्पत्ति भएका नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६ को सम्बन्धमा प्राप्त सन्देश टेबुल गर्ने सम्भावित […]
सबै तहका कर्मचारीको तलबमान वृद्धि गर्ने सरकारको निर्णय
२५ साउन, काठमाडौँ -सरकारले साउन १ गतेदेखि लागू हुने गरी सबै सरकारी कर्मचारीको नयाँ तलबमान कायम गर्ने भएको छ। सोमबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक, प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि साउन १ […]
प्रधानमन्त्रीलाई गगनको प्रश्न : कक्षा १२ को परीक्षामात्रै किन स्थगित ?
२५ साउन, काठमाडौँ – काँग्रेस नेता गगन कुमार थापाले कक्षा १२ को परीक्षा मात्रै स्थगित गरेर अन्य परीक्षा भने कायमै राखिएको प्रति असन्तुष्टि जनाएका छन् । उनले यसको आधार तर्क के हो भन्दै प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका शेरबहादुर देउवालाई प्रश्न गरेका छन् । ‘कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर […]
रामचन्द्र पौडेलले बोलाए आफ्नो समूहको केन्द्रीय समिति बैठक
२५ साउन, काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको बैठक बोलाएका छन् । महामन्त्री डा. शशांक कोइरालाको महाराजगन्जस्थित निवासमा ३ बजेपछि बस्ने बैठकमा महाधिवेशन सुनिश्चितताबारे छलफल हुनेछ । पौडेल पक्षले सभापति शेरबहादुर देउवा महाधिवेशन गर्न अनिच्छुक रहेको र विधानविपरीत क्रियाशील सदस्यता बाँडिएको आरोप लगाउँदै आएको छ । बैठकमा भोलि […]
आज ठाकुर पक्षको नवलपरासी र बर्दियामा भेला
२५ साउन, काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) को वैधानिकता उपेन्द्र यादवले पाएपछि छुट्टै भेला गर्दै आएको महन्थ ठाकुर पक्षले आज पनि नवलपरासी र बर्दियामा भेला राखेको छ । निर्वाचन आयोगले जसपाको वैधानिकता यादवलाई दिए पछि ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर (अध्यक्ष) नामक ब्यानरबाट जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला गर्दै आएको छ […]
देउवामाथि खनिए पौडेल – सर्वत्र असफल व्यक्तिहरू बारम्बार सत्ता सम्हाल्न पुग्छन्
२५ साउन, काठमाडौँ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेशन सार्ने तयारी गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । महाधिवेशन समयमा नगरेर नेपाली काँग्रेसलाई निर्वाचन आयोगसँग भीख माग्ने निरीह अवस्थामा पु–याइएको उनको आरोप छ । पार्टी वर्तमान नेतृत्वले चरम लापरबाही गरेको भन्दै उनले लेखेका छन् – सर्वत्र असफल व्यक्तिहरू बारम्बार सत्ता सम्हाल्न पुग्छन् । […]
माधव नेपाल पक्षको निष्कर्ष : ‘सरकारमा नजाने, एकतामै जोड दिने’
२२ साउन, काठमाडौं – नेकपा एमालेको माधव नेपाल समूहले सरकारमा नजाने निष्कर्षमा पुगेको छ । काठमाडौंमा दुई दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकले पार्टी एकताकै पक्षमा नै उभिने निर्णय गरेको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिनुभयो । उहाँले आफूहरु सरकारमा जाने विगतमा नभनेको बताउँदै मन्त्रिपरिषद् विस्तारमा आफूहरुको कुनै भूमिका नभएको जिकिर गर्नुभयो । सरकारमा सहभागितालगायतका […]



