राजनीति
राष्ट्रियसभाको नवौँ अधिवेशन प्रारम्भ
३ साउन, काठमाडौँ – राष्ट्रियसभाको नवौँ अधिवेशन आजदेखि प्रारम्भ भएको छ । सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो । उहाँले नेपाली काँग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको तथा मन्त्रिपरिषद् विस्तारसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । बैठकमा प्रजातन्त्र, लोकतन्त्र र […]
पुनःस्थापित प्रतिनिधि सभाको बैठक सुरु
३ साउन, काठमाडौँ – प्रतिनिधिसभाको बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बठक सुरु भएको हो। असार २८ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो। आजको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत समेत लिँदैछन्।
सांसद पदबाट भीम रावल दिए राजीनामा
३ साउन, काठमाडौँ – नेकपा (एमाले) का सांसद भीम रावलले पदबाट राजीनामा दिनुभएको छ । एमाले विवाद समाधानका लागि क्रियाशील रावलले आइतबार सांसद पदबाट राजीनामा दिनुभएको हो । आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल तयार देखिएका छन् । अध्यक्ष केपी ओली पक्षले भने संसदीय दलको बैठकबाटै […]
प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सांसद एमालेमा नरहने
३ साउन, कामठाडौँ – नेकपा (एमाले) ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्ना सांसद पार्टीमा नरहने निष्कर्ष निकालेको छ ।ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बसेको स्थायी कमिटीको बैठकले पार्टीको निर्णयविरीत प्रधानमन्त्रीलाई विश्वासको मत नदिन आग्रह गरेको हो । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगायतका सांसद दलको बैठकमा अनुस्थित भई प्रधानमन्त्रीका समर्थनमा देखिएपछि […]
जसपाका महन्थ र उपेन्द्र दुवै पक्षद्वारा पार्टीको आधिकारिकतामा दाबी
३ साउन, काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकतामा दाबी गरेको छ । आइतबार निर्वाचन आयोगमा भएको सुनुवाइका क्रममा दुवै पक्षले पार्टी आधिकारीकताको दाबी गरेको हो । आयोगमा पुगेर दुवै पक्षका नेताहरुले पार्टीका नाम चिन्ह आफूहरुले पाउनुपर्ने बताएका छन् भने दुवै पक्षले आफूसँग बहुमत कार्यकारीणी सदस्य रहेको दाबी […]
माओवादी केन्द्रले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय
३ साउन, काठमाडौँ – सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । सिंहदरबारमा रहेको दलको कार्यालयमा बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको पार्टीका नेता मातृकाप्रसाद यादवले जानकारी दिनुभयो । नेकपा एमालेका माधव नेपाल पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने […]
प्रधानमन्त्री देउवा आजै विश्वासको मत लिँदै
३ साउन, काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिनुुहुने भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उहाँले विश्वासको मत लिन लाग्नुुभएको हो । कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुुर कार्कीले सङ्घीय संसद् सचिवालयमा प्रधानमन्त्री देउवाले सदनबाट विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव दर्ता गराउनुुभएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताउनुभयो । सर्वोच्च अदालतको आदेशमा […]
यादव समूह संसदमा सत्तापक्षको कुर्सीमा बस्ने, आफ्नो पक्षमा बहुमत पुगेको दावी
२ साउन, काठमाडौँ – जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षका केही सांसदले कित्ता परिवर्तन गरेका छन् । यससँगै पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षको संसदीय दलमा बहुमत पुगेको दावी गरिएको छ । यसअघि उपेन्द्र यादव कार्यकारिणी समिति र राष्ट्रियसभामा बहुमतमा भएपनि संसदीय संसदीय दलमा ठाकुरको पक्षमा बहुमत देखिएको थियो । ओली सरकार ढल्नु […]
कांग्रेस केन्द्रीय सदस्यमाथि आक्रमण गर्नेलाई कारबाही गर्न सभापति देउवाको निर्देशन
२ साउन, काठमाडौं – नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य श्याम घिमिरेमाथि आक्रमण गर्नेलाई अनुशासनको कारबाही गर्न पार्टीको अनुशासन समितिलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको पदाधिकारी बैठकमा घिमिरेमाथि शुक्रबार भएको आक्रमणको विषयमा छलफल भएपछि सभापतिले कारबाहीको निर्देशन दिएको पार्टी कार्यालयका मुख्य सचिब कृष्णप्रसाद पौडेलले जानकारी दिए। पार्टीको क्रियाशील […]
वैद्य र चन्दबीच भेटवार्ता
२ साउन, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द र क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यबीच भेटवार्ता छ । पछिल्लो समय राजनीति भेटवार्तालाई तीव्रता दिएका चन्दले शनिबार वैद्यसँग भेटवार्ता गरेका हुन् । भेटमा समसामयिक विषयमा छलफल भएको चन्द निकट नेताहरुले बताएका छन् । भित्री कुराकानी नखुलाएपनि माओवादी ध्रुवीकरणका विषयमा छलफल भएको नेताहरुको भनाइ छ […]



