राजनीति
योगेश भट्टराई र ईश्वर पोखरेलबीच छलफल
१९ जेठ, काठमाडौँ – राजधानीको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र नेकपा एमालेका सचिव योगेश भट्टराईबीच बुधबार छलफल भएको छ । नेताद्वय पोखरेल र भट्टराईबीच नेकपाको कलह र सम्भावित एकताबारे छलफल भएको हो। छलफल करिब एक घन्टा चलेको छ। कच्पल्टिएको नेकपा एकता प्रयासका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र […]
जसपाका दुवै अध्यक्षको पत्र आयोगद्वारा अस्वीकृत, प्रक्रिया पुर्याएर आउन आग्रह
१९ जेठ, काठमाडौँ – निर्वाचन आयोगमा पुगेको जनता समाजवादी पार्टीका अध्यक्षहरु महन्थ ठाकुर र उपेन्द्र यादवको फरक फरक पत्र अस्वीकृत भएको छ ।आयोगमा ठाकुर र यादवले एक अर्कालाई निष्काशन गरेको निर्णयसहित लेखेको पत्रमा पार्टीको नेतृत्वसम्बन्धी विषय अद्यावधि गर्न भनिएको थियो । तर, आयोगले दुवै पत्रलाई अस्वीकृत गरेर प्रक्रिया पुर्याएर आउन भनेको छ । आयोगले जसपाका […]
कुर्सी बचाउन र तराईलाई मरुभूमिकरण गर्न गिट्टी–बालुवा निर्यात खोलेको ‘प्रचण्ड’को आरोप, खारेज गर्न माग
१९ जेठ, काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले कुर्सी बचाउने र तराईलाई मरुभूमिकरण गर्ने योजना ल्याएको आरोप लगाउनुभएको छ । सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले व्यापार घाटा कम गर्ने नाममा ढुङ्गा, गिट्टी, बालुवा निर्यात गर्ने सरकारको निर्णय तत्काल खारेज गर्न माग गर्दै यस्ता बताउनुभएको हो । तराईलाई मरुभूमीकरण गर्ने राष्ट्र र जनताविरोधी काम भएको […]
चुरे उत्खनन गरेर गिट्टी-बालुवा निर्यात गर्ने निर्णय राष्ट्रघाती : अध्यक्ष यादव
१९ जेठ, काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले व्यापार घाटा कम गर्ने नाममा ढुङ्गा, गिट्टी, बालुवा निर्यात गर्ने निर्णय राष्ट्रघाती भएको बताउनुभएको छ । अध्यक्ष यादवले प्रेस विज्ञप्ति निकालेर सरकारले बजेट वक्तव्यमा उल्लेख गरेको खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निर्यात वा निकासी गरी व्यापार घाटा कम गर्ने नीतिले तराईमा ठूलो प्राकृतिक सङ्कट आउने […]
विभाजनको संघारमा रहेको नेकपा एमालेः एकता जोगाउन कसरतमा
१९ जेठ, काठमाडौं– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल सहित सो गुटमा सक्रिय नेताहरु बाहेकलाई राखेर मात्र पार्टी एकता गर्ने पक्षमा रहेको बुझिएको छ । अध्यक्ष ओलीले वरिष्ठ नेता माधव नेपाल, भीम रावल लगायत केही नेताहरुलाई बाहिर राखेर मात्रै पार्टी एकता गर्ने उनीनिकट स्रोतबाट बुझिएको छ । अध्यक्ष ओलीले पछिल्लो समयमा […]
पार्टी विवाद मिलाउन नेकपा एमाले छलफलमा व्यस्त, स्थायी कमिटी बैठक बस्दै
१८ जेठ, काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। पार्टीको स्थायी बैठक आज दिउँसो चार बजे बैठक बोलाइएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए । एमाले विवाद उत्कर्षमा भएयता ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल सहित एघार नेतालाई पार्टीबाट निष्काषनको कारवाही गरेका छन् भने अन्य १२ जना लाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् । यद्यपि […]
जसपामा अध्यक्ष–अध्यक्षबीचको द्वन्दः एक अर्कालाई निष्काषनको बदलामा निष्काषन
१८ जेठ, काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । पार्टीका अर्का अध्यक्ष यादव पक्षबाट ठाकुरसहित उनीपक्षीय चार नेतालाई निष्काषन गर्ने निर्णपछि अध्यक्ष ठाकुरले अर्का अध्यक्ष यादवलाई निष्काषन गरेका हुन् । यदवले केही घण्टा अगाडिमात्र अध्यक्ष ठाकुरसहित चार नेतलाई निष्काषन गरेका थिए […]
प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइ जेठ २३ माः अर्को संवैधानिक इजलास गठन हुने
१८ जेठ, काठमाडौँ – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनमाथि यही जेठ २३ गते सुनुवाइ हुने भएको छ । संवैधानिक इजलास गठनसम्बन्न्धी विवाद भएपछि नयाँ इजलास गठन गरी उक्त विषय सुनुवाइ गर्न पेशी तोकिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संवैधानिक इजलास […]
एमालेः पार्टी एकता अन्तिम समयसम्म जारी राखिने
१८ जेठ, काठमाडौँ – नेकपा (एमाले)ले पार्टी एकताका जोगाउन अन्तिम समयसम्म जारी राख्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले पार्टीको आन्तरिक एकताबारे छलफल गर्दै एकता बचाउनका लागि अन्तिम समयसम्म पनि जारी राखिने निष्कर्ष निकालेको हो । एकता सकेसम्म जोगाउन सकियोस् भनेर छलफल गरिरहेको बताउँदै धेरैभन्दा धेरै साथी पार्टीमा रहनुहोस् […]
रेशम चौधरीलाई रिहा गर्नको लागि सरकार सहमत (सहमतिपत्रसहित)
१८ जेठ, काठमाडौँ – टीकापुर घटनाका दोषी रेशम चौधरीलगायतलाई रिहाको पहल गर्न सरकार सहमत भएको छ । एसएसपीसहित प्रहरी र एक बालकको समेत ज्यान जानेगरी भएको घटनामा अदालतले दोषी ठहर गरेका चौधरीको रिहाईका लागि सरकार कानुनी पहलका लागि सहमत भएका हो । आज सरकार र थारु कल्याणकारी सभा, थारुहट संयुक्त संघर्ष समितिबीच भएको सहमति अनुसार […]



