Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

समाचार

एक अर्ब २५ करोड रुपैयाँमा लोत्से मल सञ्चालनमा

१ आश्विन, काठमाडौँ –काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा लोत्से मल सञ्चालनमा आएको छ ।  लोत्से बहुउद्देश्यीय प्रालिको एक अर्ब २५ करोड रुपैयाँमा निर्माण गरिएको लोत्से मलको शुक्रवार प्रालिका अध्यक्ष इञ्जिनीयर दिपक कुँवर, सञ्चालक हर्कबहादुर तामाङ र लक्ष्मी बैँकका सहायक प्रमुख कार्यकारी अधिकृत सुविद भट्टराईले संयुक्त रुपमा शुभारम्भ गर्नुभएको छ । गोङ्गबुस्थित विष्णुमती किनारमा १६१ रोपनी क्षेत्रफलमा […]

सरकारले एक साताभित्र पूर्णता पाउँछ : अध्यक्ष नेपाल

१ आश्विन, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र सरकारले पूर्णता पाउने बताउनुभएको छ । पार्टीको मीनभवनस्थित केन्द्रीय कार्यालयको आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई सोधेका प्रश्नका जवाफका बारेमा छलफल भइरहेको बताउनुभयो । नेपालले पञ्चशीलको सिद्धान्त अवलम्बन गर्दै आएकाले असंलग्न परराष्ट्र नीतिअनुसार नै अघि […]

संखुवासभा सामूहिक हत्याप्रकरण : मोबाइल बरामदपछि लोकबहादुरका भाइलाई खाँदबारी ल्याइयो

१ आश्विन, संखुवासभा –संखुवासभाको सामूहिक हत्यामा संलग्न मादी नगरपालिका–१ स्थित उम्लिङका २५ वर्षीय लोकबहादुरका भाइ नरेश कार्कीलाई सोधपुछका लागि सदरमुकाम खाँदबारी ल्याइएको छ । ६ जनाको सामूहिक हत्यामा मृत्यु भएका ६ जनामध्ये रञ्जना कार्कीको हराएको मोबाइल आरोपित कार्कीका भाइको साथमा भेटिएपछि प्रहरीले उनलाई  नियन्त्रणमा लिएर थप अनुसन्धनका लागि सदरमुकमा खाँदबारी पुर्याएको छ । हत्या भएकी ३२ […]

कल्याणपुर नगरपालिकामा तालाबन्दी

१ आश्विन, सिरहा -शशी कुमार मण्डल सिरहाको कल्याणपुर नगरपालिकामा स्थानीयले चौथो औँ पटक तला बन्दी भएको छ ।नगरपालिकामा हुने काम कार्वाहीको हिसाव किताव पटक पटक माग गर्दा पनि नदिएपछि स्थानीयले पुनः तालाबन्दि गरेका हुन् । नगरप्रमुखलाई पटक–पटक हिसाब–किताब सर्वजानिक गर्न माँगगर्दा हिसाब–किताब  नदिएको भन्दै बिभिन्न वडाबाट युवाहरु आएर शुकबार्र पुनः तलाबन्दी गरेको युबा नेता प्रदिप […]

तोकेको समय भित्र विश्वासको मत नलिए मुख्यमन्त्री आचार्यको पद खतरामा

१ आश्विन, विराटनगर – १ नम्बर प्रदेश का मुख्यमन्त्री भीम आचार्यलाई यहि असोज ८ गतेसम्म विश्वासको मत लिन विपक्षी गठबन्धनले समय दिएको छ । आचार्यले असोज ८ गतेभित्र विश्वासको मत नलिनुभए अविश्वास प्रस्ताव ल्याएर सरकारलाई विस्थापित गर्ने र नयाँ सरकार गठन गर्न अग्रसर हुने नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले बताउनुभयो । मन्त्री […]

मोदीलाई प्रधानमन्त्री देउवाले दिए जन्मदिनको शुभकामना

१ असोज,काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिनुभएको छ। शुक्रबार देउवाले ट्विटरमार्फत् मोदीलाई जन्मदिनको शुभकामना दिँदै उहाँको सुस्वास्थ्य र सफलताको कामना गर्नुभएको हो। मोदीले आज ७१औं जन्मदिन मनाउँदै हुनुहुन्छ। मोदीको जन्मदिन उनको दल भारतीय जनता पार्टीले २० दिनसम्म मनाउने भएको छ। बिबिसी हिन्दीका अनुसार मोदीको जन्मदिनका अवसरमा भाजपाले देशभरि विभिन्न कार्यक्रम […]

सरकारलाई ओलीको चेतावनी : प्रतिवादमा उत्रिनुपर्ने बाध्य अवस्थामा नपुर्‍याऊ

१ असोज, काठमाडौँ –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण आन्दोलनमा दमन गरेर जनतालाई नजिस्काउन सरकारलाई चेतावनी दिनुभएको छ । काठमाडौं जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गरेको बताउनुभयो । आफू सरकारमा बस्दा शान्तिपूर्ण जुलुसमा लाठी समेत नहानेको उहाँको दाबी छ । तर नयाँ सरकार बन्नासाथ शान्तिपूर्ण रुपमा बोल्न समेत […]

आजदेखि पाथीभरा दर्शन खुला

१ असोज, काठमाडौँ – ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन आजदेखि खुला गरिएको छ । कोरोना भाइरस महामारीका कारण विगत पाँच महिनादेखि रोक लगाइएको पाथीभरा देवीको दर्शन गर्न खुला गरिएको हो । हाल कोभिड–१९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा दर्शन गर्ने मुख्य मौसमसमेत सुरु भएकाले आजदेखि दर्शनका लागि खुला गर्ने निर्णय गरिएको पाथीभरा क्षेत्र […]

मुसेखोलामा विहानै ट्रक दुर्घटना, एकको मृत्यु

१ असोज, तनहुँ – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ७ ख ९२३७ नंको ट्रक बुल्दीखोलामा खस्दा अन्दाजी २८ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतकको नामथर नखुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । दुर्घटनामा […]

आज विश्वकर्मा पूजा मनाइँदै

१ असोज, काठमाडौँ – आज असोज १ गते अर्थात विश्वकर्मा पूजा । आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरि विश्वकर्मा पूजा मनाइँदै छ । समुद्रमन्थनबाट निस्किएका मानिने विश्वकर्माले नै देवताका हातहतियार बनाएको विश्वास छ । नयाँ सवारीसाधन किन्नेले आज विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने गर्दछन् । नेपालमा […]