समाचार
ललितपुरको सडकमा सजिएका सन्देशमुलक ढुङ्गा
-मनिष रञ्जन बराल १६ साउन, काठमाडौँ-ललितपुर महानगरपालिका भित्र नगर प्रहरीले सर्वसाधारणको मन जित्न निकै राम्रा कार्यहरु गर्दै आएको छ । त्यसमा पनि फरक उपायहरु मध्येकै एक हो सडककोबिचमा सन्देश लेखिएका ढुङ्गाको प्रयोग । यो परिकल्पना महानगरपालिकाका नगर प्रहरी प्रमुख सिताराम हाछेथुको हो । कसैले पनि एउटा खोलाको ढुंगाबाट पनि सहरको मोहकमा परिवर्तन आउछ भन्नेमा विश्वास […]
सर्पले डसेका बिरामीको सङ्ख्या बढ्दै
१६ साउन, काठमाडौँ – प्रचण्ड घाम र गर्मीका कारण महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा सर्पले डसेको बिरामीको सङ्ख्या बढ्दै गएको छ । महोत्तरी जिल्ला अस्पताल जलेश्वरका मेडिकल सुपरिटेन्डेन्ट एवं निमित्त कार्यालय प्रमुख डा सतिश साहका अनुसार एक/दुई जना कहिलेकाहीँ आउने गरेको अस्पतालमा अहिले दैनिक आठदेखि १० जनासम्म सर्पले डसेको बिरामी उपचारका लागि आउँछन् । केही दिनदेखि […]
दार्चुला घटनाको छानबिन गर्न गृहमन्त्रीको निर्देशन
१६ साउन, काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँडले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा बेपत्ता भएको घटनाको आवश्यक छानबिन गरी सत्यतथ्य पत्ता लगाउन प्रहरी र स्थानीय प्रशासनलाई निर्देशन दिनु भएको छ। गृहमन्त्री खाँडले गृह सचिवसहित प्रहरी महानिरीक्षक तथा स्थानीय प्रशासनलाई तत्काल घटना छानबिन गरी वास्तविकता पत्ता लगाउन निर्देशन दिनु भएको उहाँको निजी सचिवालयले जनाएको छ । […]
भारतका विभिन्न स्थानबाट ५ बालकको उद्धार
१६ साउन, काठमाडौँ – भारतको विभिन्न स्थानबाट दुई वर्षदेखि अभिभावकसँग सम्पर्कविहीन रहेका पाँच बालकको उद्धार गरिएको छ । विश्व सेवा विस्तार संस्थाले भारतको कलकत्तास्थित नेपाली महावाणिज्य दूतावाससँगको सहकार्यमा उद्धार गरेका पाँचमध्ये चार जना मेचीनगर नगरपालिका र एक जना दमकको रहेको जनाएको छ । शुक्रबार उद्धार गरिएका बालकमा मेचीनगर–१ गाडागल्लीका १६ वर्षीय अनिश विश्वकर्मा र १४ […]
कर्णालीमा जीप खस्दा दम्पती बेपत्ता, ३ जना गम्भीर घाइते
१५ साउन, काठमाडौँ – शुक्रवार दिउँसो कर्णाली नदीमा नम्बर नखुलेको एक जीप खस्दा दम्पती बेपत्ता भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार बेपत्ता हुनेमा डोटीको आदर्श गाउँपालिका काडीस्याउले बस्ने जीप चालक चन्द्रप्रकाश जोशी र उहाँकी श्रीमती रुपी जोशी रहेका छन् । नेपालगञ्जबाट चिसापानी क्षेत्र घुम्न जाने क्रममा उनीहरू सवार जीप कर्णाली नदीमा खसेको हो […]
सेलाएको ३३ किलो सुन काण्ड : फरार प्रतिवादी भोजे मामा गौशालाबाट पक्राउ
१५ साउन, काठमाडौँ – सेलाउँदै गएको ३३ किलो सुन काण्डका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । गौरादह नगरपालिका वडा नम्बर ८ स्थायीबासी भोजे मामा भनेर चिनिने प्रतिवादी भोजराज भण्डारीलाई प्रहरीले काठमाडौंको गौशलाबाट शुक्रबार पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले ३३ किलो सुन काण्डका प्रतिवादीहरुलई अझैँ पनि खोजिरहेको बताएका छन् । यहीँ शिलशिलामा शुक्रबार भण्डारीलाई […]
स्मार्ट लकडाउन’ गर्न सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको सिफारिस
१५ साउन, कामठाडौँ – खुकुलो निषेधाज्ञाले कोरोना संक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले पुनः स्मार्ट लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको छ । प्रधानमन्त्री अध्यक्ष रहने सीसीएमसीको आज बसेको सिंहदरबारको बैठकमा मन्त्रालयले कोरोना संक्रमण बढेको रिपोर्टसँगै स्मार्ट लकडाउनको प्रस्ताव पेश गरेको हो । सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले बैठकपछि बैठकमा मन्त्रालयले स्मार्ट लकडाउनको […]
अवैध रुपमा मदिरा उत्पादन गरी विक्री गर्ने चिनियाँ नागरिक पक्राउ
१५ साउन, काठमाडौं– अवैध रुपमा मदिरा उत्पादन गरी विक्री गरेको अभियोगमा काठमाडौंको ठमेलबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने चिनियाँ नागरिक ५६ वर्षीय सी हिवेईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । चिनियाँ नागरिकले अवैध रुपमा मदिरा उत्पादन गरी विक्री गरिरहेको भन्ने सूचना पाएपछि महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनलाई […]
म्याग्दीमा जीप दुर्घटना दुर्घटना हुँदा एक जनाको मृत्यु
१५ साउन, काठमाडौं– म्याग्दीमा आज बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ७ ताकमदेखि बेनी आउने क्रममा सोही वडाको बारिका सडकमा ग १ ज ६८०५ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा ताकमका २७ वर्षीय विकास सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक सुनारको शव करिब तीन सय […]
महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक नेपाली युवक बेपत्ता
१५ साउन, काठमाडौं– दार्चुलाको ब्यास गाउँपालिका–२ मालघाटमा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक जना बेपत्ता भएका छन् । शुक्रबार बिहान साढे ८ बजेतिर महकाली नदी तर्ने क्रममा तुइनबाट खसेर ब्यास गाउँपालिका–२ मालका अन्दाजी ३० वर्षीय जयसिंह धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए । उक्त स्थानबाट बिहान ५÷६ जना […]



