Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026

समाचार

एक फरार अभियुक्त पक्राउ

५ साउन, काठमाडौँ – सुर्खेत प्रहरीले जबरजस्ती करणी मुद्दामा १० बर्ष कैद फैसला भएका एक फरार अभियुक्त पक्राउ गरेको छ । सुर्खेत वीरेन्द्रनगर नगरपालिका –१  बस्ने ३७ बर्षीय मदन विकलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सुर्खेतले  कार्तिक १८ गते १० बर्ष कैद फैसला गरेको थियो ,’ जिल्ला प्रहरी कार्यालय […]

ओली सरकारले गरेको ११ राजदूत नियुक्त गर्ने निर्णय खारेज

४ साउन, काठमाडौं– सरकारले केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारको पालामा नियुक्त भएका ११ देशका राजदूतको पद खारेज गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकपछि पत्रकारहरूसँग बोल्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले ११ राजदूत नियुक्ति खारेज गरिएको बताए। पत्रकारहरुसँग बोल्दै प्रवक्ता कार्कीले भने, ‘११ जना राजदूतहरु नियुक्त भएका थिए । त्यो निर्णय खारेज गरिएको […]

साउनको पहिलो सोमबारः पशुपति परिसरमा जे देखियो (तस्वीरसहित)

४ साउन, काठमाडौं– प्रत्येक वर्ष साउन महिनामा पशुपति क्षेत्रमा लाखौ भक्तजनको भिड लाग्ने गर्दछ । यद्यपि यस वर्ष कोभिड–१९ संक्रमणले गर्दा जारी निषेधाज्ञाका कारण मन्दिरको मुल ढोकामा ताला लगाइएको छ । मन्दिरमा प्रवेश गर्न नदिएपनि भक्तजनहरु बाहिरबाटै दर्शन गरेर फर्किएका छन् । यस वर्ष पशुपति क्षेत्रमा शिवका भजन र आराधनाका स्तोत्र घन्किएका छैनन् । कोरोना […]

थपिए २४४५ संक्रमित, थप ३२ को मृत्यु

४ साउन, काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको ७ हजार ८३३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६४२ जना र ३ हजार ८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी २ हजार ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य […]

एसइईको नतिजाअगावै भर्ना नलिन आग्रह

४ साउन, काठमाडौं– काठमाडौँ महानगरपालिकाले एसइईको परीक्षा नतिजा प्रकाशन हुनुभन्दा पहिले नै कक्षा ११ को भर्ना नलिन सम्बन्धित सबैलार्ई आग्रह गरेको छ । महानगरपालिका शिक्षा विभागले सूचना जारी गर्दै विद्यालय शिक्षा व्यवस्थापन निमावाली २०७४ को नियम ४८(६) मा भएको व्यवस्थाविपरीत कतिपय माध्यमिक विद्यालय र कलेजले शैक्षिकसत्र २०७७ को एसइईको परीक्षा नतिजा प्रकाशन नहुँदै कक्षा ११ […]

प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत बेरीद्वारा कुपण्डोलको खोप केन्द्र अनुगमन

४ साउन, काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले आज ललितपुर महानगरपालिका–१ कुपण्डोलमा रहेको खोप केन्द्रको अनुगमन गर्नुभएको छ । मुलुकमा फैलिइरहेको कोरोना महामारीको नियन्त्रण तथा रोकथामका लागि प्रधानमन्त्री देउवाका साथै राजदूत बेरीले उक्त खोप केन्द्रको निरीक्षण एवं अनुगमन गर्नुभएको हो । सो क्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले प्रधानमन्त्री देउवालाई […]

‘जोन्सन एण्ड जोन्सन’ का लागि २८ केन्द्र

४ साउन, काठमाडौं– काठमाडौँ महानगरपालिकाले आजदेखि शुरु गरेको ‘जोन्सन एण्ड जोन्सन’ खोपका लागि २८ अस्पतालमा केन्द्र तोकेको छ । आजदेखि यही साउन ६ गतेसम्म ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, पूर्ण र अति अशक्त अपाङ्गता भएर ‘क’ र ‘ख’ वर्गको कार्ड प्राप्त गरेका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघि छुटेका स्वास्थ्यकर्मी तथा सफाइकर्मीलाई […]

रौतहटबाट सिक्सर पेस्तोलसहित तीन पक्राउ

४ साउन, काठमाडौं– प्रहरीले सिक्सर पेस्तोलसहित रौतहटबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत मोतिहारीग्राम बिजबनी बिहार घर बताउने २४ वर्षीय देवेन्द्र यादव लगायत ३ जनालाई रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई आइतबार दिउँसो मौलापुर नगरपालिका–५ देखि कलैया जाने सडकबाट १ थान सिक्सर पेस्तोल सहित प्रहरीले पक्राउ गरेको हो । बिशेष सूचनाको आधारमा […]

अवैध लागूऔषधसहित पक्राउ

४ साउन, काठमाडौं– प्रहरीले अवैध लागूऔषध खैरो हेरोईनसहित पर्साबाट तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगंज महानगरपालिका–१९ बर्वाबाट ७९ ग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित ३ जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई आइतबार राति पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पकाहामैनपुर गाउँपालिका–१ धोरे बस्ने ५५ वर्षीय अमेरिका सहनी, सोही ठाउँ बस्ने ४० वर्षीय बरिष्टर […]

जोन्सन एण्ड जोन्सनको खोप अभियान शुभारम्भ, प्रधानमन्त्री देउवाद्वारा उद्घाटन

४ साउन, काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज जोरपाटीस्थित अर्थोपेडिक अस्पताल पुगेर अमेरिकाबाट अुदानमा ल्याइएको जोन्सन एण्ड जोन्सन कम्पनीको खोप लाउने कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । उहाँले उक्त खोप केन्द्रको निरीक्षण समेत गर्नुभएको थियो । निरिक्षणका क्रममा उहाँले भीडभाड नगरी खोप लगाउन निर्देशन दिनुभएको थियो । […]