Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

समाचार

महोत्तरीमा वैशाख २२ गतेदेखि निषेधाज्ञा

२० वैशाख, काठमाडौँ – महोत्तरीमा वैशाख २२ गतेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले सिफारिस गरेको आधारमा वैशाख २२ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख […]

बाँकेमा थप एक हप्ता निषेधाज्ञा

२० वैशाख, काठमाडौँ – बाँकेमा थप एक हप्ता निषेधाज्ञा थप गरेको छ  । जिल्ला प्रशासन कार्यालय, बाँकेले सोमबार सूचना जारी गर्दै निषेधाज्ञालाई बढाएर २७ गते राति १२ बजेसम्म बढाएको हो । यसअघि प्रशासनले वैशाख १३ गते रातिदेखि २० गते राति १२ बजेसम्मलाई निषेधाज्ञा जारी गरेको थियो । कोरोना संक्रमण तीव्रगतिमा फैलिइरहेको भन्‍दै संक्रमण फैलावट तोड्न […]

कोरोनाका कारण राष्ट्रिय जनगणना स्थगित

२० वैशाख, काठमाडौँ – राष्ट्रिय जनगणना २०७८ स्थगित भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने तय भएको जनगणना स्थगित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । कोरोना भाइरस महामारीको समयमा घरघरमा पुगेर जनगणना गर्न सम्भव नभएको भन्दै सरकारले स्थगित गरेको हो […]

बेलौरीमा अस्थायी कोभिड अस्पताल सञ्चालन

२० वैशाख, काठमाडौँ – बेलौरी नगरपालिकाले ५० शय्याको कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । अस्पतालमा आवश्यक स्वास्थ्य सामग्रीसहित चौबिसै घण्टा कोरोना सङ्क्रमितलाई सेवा दिने व्यवस्था मिलाइएको छ । “अक्सिजन, भिटिएम किटलगायतको व्यवस्था गर्नका लागि प्रक्रिया अगाडि बढाएका छौँ”, नगरप्रमुख पोतिलाल चौधरीले भन्नुभयो, “कोरोना सङ्क्रमितको उपचारका लागि भरपर्दो सेवा दिइने छ । त्यसका लागि चौबिसै […]

दूध डेरीमाथि कारवाही

२० वैशाख, काठमाडौँ – बिनाअनुमति दूध डेरी सञ्चालन गरेको भन्दै सिरहाको नरहा गाउँपालिका–३ नयाँ चोहर्वास्थित दूधगङ्गा डेरी उद्योगमाथि कारवाही अघि बढाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय लहान र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजको संयुक्त अनुगमन टोलीले खाद्यान्न अनुज्ञापत्र नलिई डेरी सञ्चालन गरी दूध, दहीलगायतका सामग्री बजारमा बिक्री गरिरहेको पाइएपछि सञ्चालकमाथि कारवाही […]

स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल बन्द

२० वैशाख, काठमाडौँ – स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहाको धनगढीमाई नगरपालिका–९ स्थित नयनपुर अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ ।अस्पतालमा कार्यरत एक चिकित्सकमा कोरोना पोजेटिभ पाइएपछि तत्कालका लागि अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएकोे हो । ती चिकित्सकको सम्पर्कमा आएका स्वास्थ्यकर्मी तथा कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले तत्काललाई अस्पताल सिल गरी आकस्मिक सेवा मात्र […]

बाँकेमा थप पाँच सङ्क्रमितको मृत्यु

२० वैशाख, काठमाडौँ – बाँकेका अस्पतालमा भर्ना भएका थप पाँच कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुई गरी पाँच जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो । उहाँका अनुसार भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–३ […]

रामेछापको बाम्तीभन्डारमा आगलागी, २ जनाको मृत्यु

अनिता थापा मगर २० वैशाख, रामेछाप – रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं २ वाम्ती लहरेटोलमा आगलागी भएको छ । आगलागीबाट बाम्तीभन्डार लहरेटोलका  वृद्ध दम्पत्तीको मृत्यू भएको छ । गएराती करिव १२ वजे भएको आगलागीमा परी ७८ वर्षीय धनवहादुर कार्की र  ६८ वर्षीया सिता कार्कीको  ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । जिल्ला […]

झापाको कोइला फ्याक्ट्रीमा आगलागी

२० वैशाख, काठमाडौँ – झापाको मेचीनगर नगरपालिकाको वडा नम्बर १५ मिलकोटीस्थित वायु ग्यास कोइला फ्याक्ट्रीमा आगलागी भएको छ। विद्युत सर्ट भएर सोमबार बिहान ३ बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन। भद्रपुर नगरपालिकाका, मेचीनगर नगरपालिका, विर्तामोड नगरपालिका, दमक नगरपालिका र कमल गाउँपालिकाको दमकलले आगो निभाउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब […]

प्रवक्ता शर्मालाई कोरोना संक्रमण, घरमै आइसोलेशनमा बस्ने

२० बैशाख, काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । प्रवक्ता शर्मा आफैले सोसल मिडियामार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएको छ । प्रवक्ता शर्माले ज्वरो र जीउ दुखाई बढेपछि आइतबार साँझ स्टार हस्पिटल पुगेर स्वाब दिनु भएको थियो । आज विहान रिपोर्ट पोजेटिभ आएको उहाँले जानकारी दिनु […]