समाचार
बिहीबार राति वीणा उल्का वर्षा
८ बैशाख, काठमाडौँ – मौसमले साथ दिएमा यही वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । वैशाख ३ गतेदेखि सक्रिय रहेको वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) यही वैशाख १७ गतेसम्म सक्रिय रहने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । वैशाख ९ गते राति ११ः०० बजेदेखि […]
बुटवल उपमहानगरले परीक्षा संचालनमा समेत रोक लगायो
८ बैशाख,काठमाडौँ – कोरोनाको नयाँ भेरिएन्टको संक्रमण बढ्दै गएपछि बुटवल उपमहानगरले विद्यालयको परीक्षा संचालनमा रोक लगाएको छ । उपमहानगर क्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु बैशाख मसान्तसम्मका लागि बन्द गरिएको हो । उपमहानगरले एक सूचना जारी गर्दै पूर्व निर्धारित परीक्षाहरु समेत बैशाख मसान्तसम्मका लागि स्थगित गर्न भनेको छ । उपमहानगरको निर्णयले कक्षा ८ को पालिका स्तरीय परीक्षा […]
धरहराको २२ औं तलामा शिवलिङ्ग राखियो
८ बैशाख,काठमाडौँ – लगभग पुनर्निर्माण सकिएको २२ तले धरहरामा गजुर स्थापना गरिएको छ। पुरानै गजुर मर्मत गरी बाहिर सुनको जलप लगाएर धरहराको टुप्पोमा राखिएको हो । गत आइतबार गजुर राखिएको धरहरामा आज (बुधबार) २२ औँ तलामा शिवलिङ्ग राखिएको छ । पुरानै शिव लिंगलाई आज विशेष पूजा गरेर स्थापना गरिएको छ। २०७२ वैशाख १२ को भूकम्पमा […]
सुनको मूल्यमा तोलामा १३ सयले बढ्यो
८ वैशाख, काठमाडौं – स्थानीय बजारमा सुनको भाउ बढेको छ । मंगलबार तोलामा ३ ससय रुपैँयाले घटेको सुनको मूल्य आज एकै दिन तोलामा एक हजार ३०० रूपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि नेपालको बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रूपैयाँ तोकिएको छ। यस्तो सुन मंगलबार ९० हजार ७०० रूपैयाँ […]
आज रातिदेखि नेपालगञ्जमा लकडाउन
८ बैशाख, काठमाडौँ– स्थानीय प्रशासनले आज (बुधबार) राति १२ बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र लकडाउनको आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नेपालगञ्जमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएकाले त्यसको चेन ब्रेक गर्नका लागि आज राति १२ बजेदेखि १५ गते राति १२ बजेसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभर अत्यावश्यक सेवाबाहेक निषेध गरिएको बताउनु भयो। बाँकेमा एक हजार […]
पुरुषको तुलनामा बढी सक्रिय हुन्छ महिलाको दिमाग
८ बैशाख, काठमाडौँ – महिलाको दिमाग पुरुषको तुलनामा विशेषगरी ध्यान केन्द्रित गर्न, आवेश नियन्त्रण गर्न, भाव तथा तनावको क्षेत्रमा बढी सक्रिय हुने गर्छ । केही पहिले गरिएको एक अध्ययनअनुसार उक्त तथ्य पत्ता लागेको हो । अध्ययनमा ४६ हजार ३४ मस्तिष्कको इमेजिङ अध्ययन गरिएको थियो । जसमा महिलाको दिमाग पुरुषको तुलनामा केही क्षेत्रमा बढी सक्रिय भएको […]
भौतिक, पूर्वाधारमन्त्रीलाई काठमाडौं घोषणापत्र बुझाइयो
८ बैशाख, काठमाडौँ – नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले भौतिक, पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङलाई महासंघको हालै सम्पन्न २२औं साधारण सभाले गरेका निर्णयहरू बारे जानकारी गराउनु भएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले मंगलवार मन्त्री नेम्बाङलाई भेट गरी गत चैत २९ र ३० गते सम्पन्न साधारण सभा पश्चात् जारी काठमाडौ घोषणा पत्र […]
जनशक्ति अभावमा भेन्टिलेटर लगायत करोडौँका स्वास्थ्य उपकरण थन्किए
८ बैशाख,काठमाडौँ – करोडौँ रकम खर्च गरेर ल्याइएका महत्वपूर्ण स्वास्थ्य उपकरणहरु आवश्यक जनशक्ति अभावमा वर्ष दिनदेखि थन्किएका छन् । जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा गएको वर्ष खरिद गरिएका भेन्टिलेटर सहितका उपकरण जनशक्ति अभावमा अस्पतालमै थन्किएका हुन् । स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख विष्णु बुढाथोकीले जनशक्ति अभावमा भेन्टिलेटर सहितका उपकरण प्रयोगमा नआएको बताउनुभयो । […]
देशभर बदली, हावाहुरी तथा चट्याङ्गसहित वर्षाको सम्भावना
८ बैशाख, काठमाडौँ – देशभरको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण मौसम बदली रहने भएको हो । अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली र अन्य प्रदेशमा आंशिकदेखि सामान्य वदली बदली रहेको मौसमविदले बताएका छन् […]
पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि कोरोना संक्रमण
७ बैशाख काठमाडौँ | पूर्वराजा ज्ञानेन्द्र शाहलाई कोरोना संक्रमण भएको छ । कुम्भ मेला हरिद्वार जानु भएका पूर्वराजा आइतबार स्वदेश फर्किनु भएको हो । कुम्भमा सहभागी भएकाहरु धेरै कोरोना संक्रमित भइरहेका बेला पूर्वराजामा पनि संक्रमण देखिएको हो । कृतिका शाहले ट्वीटरमा ज्ञानेन्द्र कोरोना संक्रमित भएको भन्दै स्वास्थ्य लाभको काम गर्दै पोस्ट गरेकी छन्। ज्ञानेन्द्र हरिद्वारबाट […]



