समाचार
वायु-प्रदूषण : भिजिबिलिटी नपुग्दा हुम्लाको हवाई सेवा दुई दिनदेखि अवरुद्ध
१७ चैत्र हुम्ला – हुम्लामा मुख्य यातायातको साधनका रूपमा रहेको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको छ । बाक्लो तुवाँलोका कारण सिमकोट विमानस्थलको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको हो । आइतबार बिहानदेखि देखिएको धुवाँजस्तो देखिने तुवाँलोका कारण दुई दिनदेखि नेपालगञ्ज तथा सुर्खेतबाट हुने सम्पूर्ण हवाई सेवा बन्द भएको छ । तुवाँलोको कारण दई दिनमा […]
भोलिदेखि चार दिन देशभरका विद्यालय बन्द हुने
१६ चैत्र काठमाडौं – सरकारले केही दिनयता फैलिएको वायु प्रदूषणलाई मध्यनजर गरेर देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै भोलि (मंगलबार) देखि शुक्रबार (चैत १७ देखि २० गते) सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो। शुक्रबारयता काठमाडौं उपत्यकासहित देशका […]
तुँवालोले शुक्रबारदेखि सोमबारसम्म २४० हवाइ उडान प्रभावित
१५ चैत्र काठमाडौँ – शुक्रबारदेखि काठमाडौँ उपत्यका र देशका विभिन्न भागमा फैलिएको तुँवालोका कारण भिजिबिलिटी कम भएपछि हवाइ उडानहरू प्रभावित भएका छन् । शुक्रबारदेखि सोमबार २ बजेसम्म बुद्ध एयरका ६५, सौर्य एयरलाइन्सका २०, श्री एयरलाइन्सका २२, यति एयरलाइन्सका ४७ र अन्य वायु सेवाका ३५ उडान प्रभावित भएका छन् । अहिले हेलिकप्टरको गोसाइकुण्ड उडानको सिजन भएपनि […]
वडाध्यक्षद्धारा प्रधानाध्यापकमाथि कुटपिट : नेपाल राष्ट्रिय शिक्षक संगठनले जनायो आपत्ति
अनिता थापामगर १५ चैत, रामेछाप – वडाध्यक्षद्वारा रामेछाप मन्दरमेल माविका प्रधानाध्यापकलाई कुट्पिट गरेको प्रतिको घटनालाई नेपाल राष्ट्रिय शिक्षक संगठनको आपत्ति जनाएको छ । रामेछापको सुनापति गाउँपालिका २ दिमिपोखरीमा रहेको श्री मन्दरमेल माविका प्रधानाध्यापकलाई कुट्पिट गरेको प्रति नेपाल राष्ट्रिय शिक्षक संगठनले आपत्ति जनाएको छ । शनिबार संगठनले जारी गरेको प्रेस विज्ञप्तिमा ‘विद्लायका प्रधानध्यापक बहादुर थापा मगर […]
वसन्तपुरमा होली खेल्दा दुई समूहबीच झगडा, दुई युवक घाइते
१५ चैत्र काठमाडौं – वसन्तपुरमा होली खेल्ने क्रममा दुई समूहबीच कुटाकुट भएको छ। कुटपिटमा दुई युवक घाइते भएका छन्। शनिबार दिनभर वसन्तपुरमा होली मनाइको छ। होली खेल्ने क्रममा दुई समूहबीच झडप भएको हो। वसन्तपुर नजिकै छ्वासपाखा गल्लीमा भएको कुटपिटमा दुई जना घाइते भएका छन्। उनीहरुमाथि धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ। घाइते दुवै जनाको […]
झा दम्पती हत्या प्रकरण : पक्राउ परेका तीनै जना एकै परिवारका
१५ चैत्र काठमाडौँ – महोत्तरीको पिपरा गाउँपालिकाका झा दम्पतीको बेपत्ता तथा हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ। तारादेवी झा र उनका दुई छोरा कैलास र विकास झालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरू शुक्रबार पक्राउ परेका हुन्। पक्राउ परेका कैलासको घरमा झा दम्पतीको जलेको कपडा, शव लुकाएको र जलाएको […]
गुडीरहेको अटोमाथि बाघको आक्रमण
१५ चैत्र काठमाडौं – वीरगञ्जमा गुडीरहेको अटोमाथि बाघले आक्रमण गरेको छ ।ठोरी गाउँपालिका २ चोकबजारबाट बिजयबस्तीतर्फ जाँदै गरेको ना २ ह ६२९० नम्बरको अटोमाथि शनिबार साँझ बाघले आक्रमण गरेको जनाइएको छ । प्रहरीका अनुसार बाघले आक्रमण गरेको अटोमा चालकसहित तीन जना सवार थिए । अटोमाथि एक्कासी बाघले आक्रमण गरेपछि अटो अनियन्त्रित भई पल्टिए पनि कुनै […]
सिसडोलमा फोहोर विसर्जन गर्न पुन: अवरोध
१५ चैत्र काठमाडौं – नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयले काठमाडौं उपत्यकाको फोहोर मैला विसर्जन गर्न अवरोध गरेका छन्। काठमाडौं महानगरपालिकालगायत उपत्यका १८ वटा नगरपालिकासँग यसअघि भएको सबै सम्झौता पूर्णरुपमा कार्यान्वयनमा नआएसम्म फोहोर विसर्जन गर्न नदिने स्थानीयहरुले बताएका छन्। फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीय बसिन्दाहरुले चैत १३ गतेयता सडकमा […]
तीन राउण्ड गोलीसहित युवक पक्राउ
१५ चैत्र चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले तीन राउण्ड गोलीसहित एक युवालाई पक्राउ गरेको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार आज भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडबाट उनलाई पक्राउ गरिएको हो । होलीको समयमा अस्थायी प्रहरी पोष्ट नजिक जाँचका क्रममा गोलीसहित १८ वर्षीय युवा पक्राउ परेको उहाँले बताउनुभयो । उनलाई जिल्ला प्रहरी कार्यालय […]
काठमाडौंका विभिन्न क्षेत्रमा मेलम्चीको पानी वितरण सुरु
१५ चैत्र काठमाडौँ — मेलम्चीको खानेपानी उपत्यकाका विभिन्न क्षेत्रमा वितरण गर्न थालिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले मेलम्चीको खानेपानी विभिन्न ठाउँका ट्यांकीहरु भर्दै पानी वितरण गर्ने काम आइतबारदेखि सुरु गरेको हो । केयूकेएलले आइतबार दुई बजेदेखि काठमाडौंका विभिन्न क्षेत्रमा पानी वितरण सुरु गरिएको जानकारी दिएको छ । केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले चाबहिलको […]



