Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026

समाचार

पशुपतिमा सुनको जलहरी राख्ने निर्णयमा सर्वोच्चले दिएन अन्तरिम आदेश

२ चैत काठमाडौं-पशुपतिनाथको मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णय बिरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ । बागमती प्रदेश सभाका सदस्य नरोत्तम वैद्य र अधिवक्ता नितिका ढुंगानाले सुनको जलहरी राख्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । सोमबार प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले ‘अन्तरिम आदेश […]

सिद्धबाबालाई सफाइ दिने जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन दर्ता

२ चैत काठमाडौं – सिद्धबाबा भनेर चिनिने कृष्णबहादुर गिरीलाई बलात्कार मुद्दामा सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको छ । सुनसरीको चतरा बस्दै आएका सिद्धबाबाले आफ्नै महिला अनुयायीमाथि बलात्कार गरेको आरोप लागेको थियो । बलात्कार आरोपमा जिल्ला अदालत सुनसरीले मंसिर २२ मा उनलाई सफाइ दिएको थियो । जिल्ला अदालतको फैसलामा असन्तुष्टि […]

नयाँ फिल्मका लागि अभिनेत्री केकी अधिकारीले गरिन् कपाल मुण्डन

२ चैत काठमाडौं – अभिनेत्री केकी अधिकारीले कपाल मुण्डन गरेकी छिन् ।अधिकारीले नयाँ फिल्मका लागि कपाल मुण्डन गरेकी हुन् । उनले सोमबार आफ्नो कपाल मुण्डन गरेकी छिन्। तर फिल्मको नाम भने खुलाइएको छैन । केकीले तस्वीर इन्स्टाग्रामको स्टोरीमार्फत सार्वजनिक गरेकी छन् । उनले अभिनय गरिरहेको ‘बोक्सीको घर’को छायांकन अन्तिम चरणमा पुगेको छ ।

सुनको भाउ आज स्थिर

२ चैत काठमाडौँ – सुनको भाउ आज स्थिर रहेको छ । आइतबार सुन तोलाको ८६ हजार ६ सय रुपैयाँमा नै कारोबार भइरहेको सुनको मूल्य स्थिर रहेर सोही भाउमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेर ८६ हजार ६ सय रुपैयाँ तोकिएको थियो । आज चाँदीको […]

सुनसरीको बराहक्षेत्रस्थित कृषि फर्ममा आगलागी, २ जना घाईते

१ चैत काठमाडौँ – सुनसरीको वराहक्षेत्र नगरपालिका–५ तीनकुनेस्थित एक कृषि फार्ममा आगलागी हुँदा नौ लाख बराबरको क्षति भएको छ । स्थानीय बराह कृषि फार्ममा आज एक्कासि बिजुलीबाट तार सर्ट भएर आगलागी हुँदा रु नौ लाख बराबरको क्षति भएको जनाइएको छ । आगलागीमा परेर कृषि फार्मको सम्पूर्ण सामग्री जलेर नष्ट हुनुका साथै फार्मभित्र रहेको चारवटा भैँसी […]

बम विस्फोटमा तराई मुक्ति मोर्चाको पर्चा, ३ जना घाईते

१ चैत काठमाडौं – सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विष्फोट तराई मुक्ति मोर्चाले गराएको खुलेको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवका अनुसार बम विस्फोट भएको ठाउँमा तराई मुक्ति मोर्चाको पर्चा फेला परेको र त्यसको बारेमा थप अनुसन्धान भइरहेको छ । मालपोत कार्यालयको दोस्रो तलामा अज्ञात समूहले बम विष्फोट […]

२ सय ८३ स्थानीय तहलाई ५ वर्षभित्र सडक सञ्जालले जोडिन्छ : प्रधानमन्त्री ओली

१ चैत काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रादेशिक राजधानीसँग सडक सञ्जालले नजोडिएका स्थानीय तहको केन्द्रसम्म पुग्ने २ सय १० सडक निर्माणको शुभारम्भ गर्नु भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आयोजना गरेको कार्यक्रममा प्रादेशिक तथा स्थानीय सडक तथा सुधार कार्यक्रमको आइतवार काठमाडौंबाट शुभारम्भ गर्दै ओलीले आज एउटा नयाँ उचाइको काम भएको बताउनु […]

साँझपख मेघगर्जन र हावाहुरी पानी पर्ने

१ चैत काठमाडौँ – आइतबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही साँझपख मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा हुनेछ। स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले देशका पहाडी भूभागमा साँझपख मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताउनु भयो । प्रि–मनसुनको अवधिमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझपख पहाडी भूभागमा […]

सबै स्थानीय तहमा कालोपत्रे सडक, प्रधानमन्त्रीले उद्घाटन गर्दै

१ चैत काठमाडौँ – देशका सबै स्थानीय तहमा सरकारले जतिसक्दो छिटो कालोपत्रे सडक सञ्जाल विस्तार गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बालुवाटारबाट यससम्बन्धी कार्यक्रम उद्‌घाटन गर्दै हुनुहुन्छ‌ । देशका सबै स्थानीय तहमा कालोपत्रे सडक पुर्‍याउने उद्देश्यसाथ प्रधानमन्त्री ओलीले सडकहरूको एकैचोटी उद्घाटन गर्न लाग्नु भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा विहान ११ बजे […]

अवैध हतियारसहित एक पक्राउ

१ चैत काठमाडौँ – जिल्ला प्रहरी कार्यालय बाँकेले राप्तीसोनारी गाउँपालिकाबाट अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ । राप्ती सोनारी गाउँपालिका–५ स्थित जबरपुरमा खोजतलासका क्रममा अत्याधुनिक हतियारसहित सोही गाउँ निवासी ६८ वर्षीय ऋषिराम थारूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धामपुरका प्रमुख प्रहरी सहायक निरीक्षक फत्तेसिंह थारूले जानकारी दिए । उनका अनुसार विशेष सूचनाका आधारमा खटिएको […]