समाचार
नेपालका तीन खेलाडीले युएईमा टी–१० लिग खेल्ने
९ पुष काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले युनाइटेड अरब इमिरेट्स् (युएई) मा टी–१० क्रिकेट लिग खेल्ने भएका छन् । सोमपाल कामी, करण केसी र कुशल मल्लले युएईमा लिग खेल्न लाग्नुभएको हो । बुधबार राति भएको ड्राफ्टबाट तीनै जनालाई अनुबन्ध गरिएको छ । कामीले मराठा अरबियन्स, केसीले पुने डेभिल्स मल्लले टिम अबुधाबीबाट खेल्ने […]
वडाध्यक्षका हत्यारालाई जन्मकैद
९ पुष अछाम – अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्यामा संलग्न रहेका चार जनालाई जन्मकैदको फैसला गरिएको छ । जिल्ला न्यायाधीश नवीनकुमार जोशीको बुधबार बसेको एकल इजलासले हत्यामा संलग्न भएका पञ्चदेवल विनायक नगरपालिका–२ का स्थानीयवासी प्रेमबहादुर धामी, जीवन धामी, रमेशबहादुर धामी र धर्मबहादुर धामीलाई जन्मकैदको फैसला सुनाएको अदालतका स्रेस्तेदार नारायण पौडेलले जानकारी […]
बल्खुमा भ्यानको ठक्करबाट पैदलयात्रुको मृत्यु
९ पुष काठमाडौँ – काठमाडौँको बल्खुमा भ्यानको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । मंगलबार साँझ बल्खुमा भ्यानले ठक्कर दिँदा एकजना पैदलयात्रुको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौंको बल्लुस्थित सीता पेट्रोल पम्प नजिकै भ्यानले पैदल यात्रुलाई ठक्कर दिएको हो । प्रहरीका अनुसार भ्यानको ठक्करबाट नवलपरासीको देवचुली नगरपालिका १४ का २७ वर्षीय ज्ञानु […]
बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाउने सीसीएमसीको निर्णय
७ पुष काठमाडौं – कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति सीसीसएमसीले बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गठन गरेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति सीसीसएमसीको बैठकले बेलायतमा कोरोनाको नयाँ स्वरुपको संक्रमण देखिएको भन्दै बेलायतबाट नेपाल आउन रोक लगाउने […]
चालकले नैतिक धर्मलाई पनि नबिर्सौं, पैदल यात्रीले जिम्मेवार भएर हिडौं : प्रहरी निरीक्षक कार्की
काठमाडौँ उपत्यकामा सवारी साधनका चापका आधारमा सडक र चोकको उचित व्यवस्थापन जटिल बनिरहेको छ । सवारीसाधन दैनिक थपिने तर भएका सडक विस्तार, व्यवस्थापन र नयाँ सडक निर्माणको गतिमा आएको ढिलाइले अवस्था झन् कमजोर बन्दै गएको उपत्यकाको ट्राफिक व्यवस्थापन थप असहज बन्दै गइरहेका छन् । मापदण्डविपरीत रहेका ग्यारेज, पेट्रोलपम्प, वर्कशप, उचित पार्किङस्थलको अभाव, सचेतनाको अभाव, प्रविधिको […]
अध्यात्म ज्ञान ओलम्पियाड सम्पन्न
६ पुष काठमाडौँ– युवाहरूमा आध्यात्मिक सचेतना बढाउने उद्देश्यले अध्यातम ज्ञान ओलम्पियाडको नाममा राष्ट्रिय स्तरको निबन्ध प्रतियोगिता सम्पन्न भएको छ। फेमेली पीस एसोसियस (एफ.पी.ए) को आयोजनामा सो प्रतियोगिता सम्पन्न भएको हो। मुलुक लकडाउनमा भएको बेला एफ.पी.ए नेपालले उक्त निबन्ध प्रतियोगिताको आयोजना गरेको थियो। अनलाइन मार्फत दुई चरणमा आयोजना गरिएको सो निबन्ध प्रतियोगितामा मुलुक भरका युवाहरूले सहभागिता […]
देशभर चिसो बढ्यो, काठमाडौँको तापक्रम १.६ डिग्री
३ पुष काठमाडौं – पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौँमा आज वर्षकै न्यूनतम तापक्रम एक दशमलव छ डिग्री मापन गरिएको छ । बिहीबार काठमाडौँको न्यूनतम तापक्रम दुई दशमलव दुई डिग्री सेल्सियस थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गत […]
उखु किसान ठग्ने ‘साहु’ खोज्न सर्कुलर, प्रहरीले भेटेन
३ पुष काठमाडौं– नेपाल प्रहरीले उखु किसानबाट उखु लगेर सोबापतको रकम भुक्तानी नदिने चिनी मिलका ‘साहु’ खोज्न प्रहरी परिचालन गरेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले किसानबाट उखु लगेर ठगी गरी रकम नदिने ‘साहु’ खोज्न सर्कुलर जारी गरे पनि प्रहरीले भने उनीहरूलाई बुधबार र बिहीबार दुई दिन बित्दासमेत भेटेको छैन । विभिन्न […]
आज यस वर्षकै चिसो दिन : तराईमा शितलहर र बाक्लो हुस्सु
२ पुष काठमाडौं हाल नेपालको पूर्वी तथा पश्चिमी नेपालको तराई भू(भागमा हुस्सु तथा कुहिरो लागिरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कुनै उल्लेखनिय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान साढे ६ बजेको मापन अनुसार काठमाडौँ उपत्यकाको तापक्रम २.३ डिग्री सेल्सियसमा झरेको छ । जसका कारण वर्षकै अत्याधिक चिसो महसुस […]
डब्लुएचओले चीनको वुहान शहरमा अनुसन्धान गर्ने
२ पुष एजेन्सी – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना महामारी शुरु भएको चीनको वुहानको अनुसन्धान गर्ने भएको छ । डब्लुएचओले गत वर्ष चीनको वुहानबाट शुरु भएको कोरोना महामारीको उद्गमस्थल वुहान शहरमा अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको टोली पठाएर अनुसन्धान गर्न लागेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । तर चीनले डब्लुएचओलाई कोरोना महामारीबारे स्वतन्त्र रुपमा छानविन गर्नका लागि […]



