Date
मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026

समाचार

पोखरामा आन्तरिक पर्यटकलाई सहुलियत दिँदै प्याराग्लाइडिङ सञ्चालन

१५ असोज पोखरा – कोरोना महामारीका कारण झण्डै छ महिनासम्म बन्द रहेको प्याराग्लाइडिङ सञ्चालनमा आएको छ । असोज ५ गतेबाट परीक्षण उडान भइरहेको प्याराग्लाइडिङ कम्पनीले असोज १५ गतेबाट नियमित सञ्चालनमा आउने भएको हो । नेपाल हवाई खेलकुद संस्था ९ना० का अध्यक्ष कृष्ण भण्डारीले कोरोनाको जोखिमका कारण बन्द भएका कम्पनीहरुलाई पुनः बुकिङ सुरु गर्न लागेको जानकारी […]

कोरोना परीक्षणका नाममा मनपरी शुल्क

१५ असोज  काठमाडौं – कोरोना भाइरस परीक्षणका नाममा निजी अस्पतालहरूले ठगी धन्दालाई निरन्तरता दिइरहेका छन् । सरकारले तोकेको शुल्कविपरीत निजी अस्पतालले प्रतिपरीक्षण चार हजार रुपैयाँसम्म शुल्क असुल्दै आएका छन् । सरकारले पीसीआर परीक्षणमा अधिकतम दुई हजार रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो । केही प्रयोगशालासँग बुझ्दा सरकारले तोकेको शुल्कभन्दा दोब्बर रुपैयाँसम्म शुल्क लिएको […]

आईपीएल : कोलकोत्ता ३७ रनले विजयी

१५ असोज  काठमाडौँ –  युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति भएको खेलमा  कोलकत्ता नाइट राइडर्सले राजस्थान रोयल्समाथि ३७ रन प्रहा गर्दै विजयी भएको छ । टस हारेर पहिलो ब्याटिङ गरेको कोलकत्ताले ६ विकेटको क्षतिमा १७४ रन बनाएको थियो । १७५ रनको लक्ष्य पछ्याएको राजस्थानले पूरै २० ओभर खेल्दा ९ विकेटको क्षतिमा १३७ […]

द्रुतमार्गमा सुरुङमार्ग र पुल बनाउन ४३ कम्पनीको आवेदन

१५ असोज काठमाडौं – काठमाडौं तराई द्रुततमार्ग (फास्ट ट्र्याक) आयोजनामा जटिल मानिएका सुरुङमार्ग र पुललगायत संरचना बनाउन ४३ ओटा कम्पनीले बोलपत्र हालेका छन् । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रुतमार्गका ११ क्लस्टरमध्ये टनेल प्याकेज १ र २ का लागि आ≈वान गरिएको पूर्वयोग्यता ९पीक्यू०मा परेको बोलपत्र बुधवार खोल्दै सेनाले ती कम्पनीले बोलपत्र हालेको जानकारी दिएको हो । […]

कोरोना भाइरस सङ्क्रमण : पत्ता लगाउन कुकुरको प्रयोग

१४ असाेज  काठमाडौँ – कोरोना भाइरसको संर्घषमा कुकुरहरु पनि सहभागी बनेका छन् । फिलिपिन्समा कुकुरहरु समाविष्ट एक परियोजना सञ्चालित छ । हेल्सिन्की भान्टा विमानस्थलमा स्वयमसेवी यात्रुहरु कपडाले आफ्नो घाँटी पुस्छन् । जसलाई कुकुरलाई सुघ्न दिइन्छ । कुकुर भुक्नुको अर्थ कोरोनाभाइरस भएको पत्ता लाग्नु हो । जसको परिणाम केही मिनेटमा नै आउछ । अनुसन्धानकर्ताहरुको अनुसार कुकुरहरु […]

युएईका लगानीकर्ता जलविद्युत्, पर्यटन तथा कृषि उद्योगमा लगानी गर्न इच्छुक

१४ असोज  काठमाडौँ – उपप्रधानमन्त्री  ईश्वर पोखरेलले नेपाल र संयुक्त अरब इमिरेट्स ९युएई० बीचको घनिष्ठ एवं  मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ फराकिलो र गहिरो बन्दै जाने विश्वास व्यक्त गर्नुभएको छ । रक्षामन्त्री पोखरेलले नेपालका लागि युएईका राजदूत साइद अम्दन अल नाक्बीसँग आज सिंहदरबारमा भएको शिष्टाचार भेटमा उहाँले युएईमा धेरै नेपाली कामदार रहेको जनाउँदै कोरोना महामारीमा […]

रोकिएन नेपाल डुबाउने भारतीय बाँधको निमार्ण कार्य

रौतहट – रौतहटको ईशनाथ नगरपालिका -१ स्थित बन्जरहामा दशगजा क्षेत्रमा भारतले बाँध अग्लो बनाउने कार्यलाई झन तिव्रता दिएको छ । सो बाँध निमार्ण र त्यसको कारणले नेपाली भूभाग डुबानमा पर्ने बारेमा विभिन्न संचारमाध्यममा समाचार प्रशारण/प्रकाशन भएपछि प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरुले सो क्षेत्रको अवलोकन गर्नुभएको थियो । सो क्रममा दुबै देशका अधिकारी बीचमा […]

बनेपामा एकैदिन दुईजनाले गरे ‘आत्महत्या’

१४ असोज काठमाडौँ – काभ्रेको बनेपामा दुईजनाले झुन्डिएर ‘आत्महत्या’ गरेका छन् । इलाका प्रहरी कार्यालय बनेपाकाअनुसार बनेपा नगरपालिका–११ का ५५ वर्षीय खोलप्रसाद दाहाल र बनेपा–८ का ३५ वर्षीय मञ्जिल पोटेले बुधबार आत्महत्या गरेका हुन् । दाहालले बनेपा–६ को चण्डेश्वरी जंगलमा काफलको रुखमा जुटको डोरी पासो लगाएर तथा पोटेले कोठाको पंखामा खादाको पासो लगाइ आत्महत्या गरेका इलाका […]

घाँटी रेटेर आत्महत्या प्रयास गरेका बुटवलका कोरोना संक्रमित पुरुषको मृत्यु

१४ असोज बुटवल – आफैंले घाँटी रेटेर आत्महत्याको प्रयास गरेका बुटवलका एक कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका-१० का ७६ वर्षीय पुरुष रहेका छन् । असोज १२ गते घरमा आफैंले घाँटीमा हसियाले रेटेर आत्महत्याको प्रयास गर्दा उनी घाइते भएका थिए । घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार हुन […]

नमोबुद्धका विपन्नलाई तेस्रो चरणको राहत

१४ असोज  काठमाडौँ – नमोबुद्ध नगरपालिकामा विपन्न परिवारलाई राहत वितरणको तेस्रो चरणको राहत प्याकेज शुरु गरिएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण समस्यामा परेका ३६३ विपन्न परिवारलाई दाताको सहयोगमा नगरमार्फत राहत वितरण शुरु गरिएको नगरपालिकाले जनाएको छ । कोरोना सङ्क्रमण शुरु भएयता तेस्रो चरणको राहत वितरण भइरहेको नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले बताउनुभयो । “कोरोना सङ्क्रमण […]