समाचार
रोग र भोकको चिन्ता नगरी रथ तान्न गएकालाई गिरफ्तार गर्नु निन्दनीय छ : विश्व हिन्दु युवा संघ
२२ भाद्र काठमाडौं – विश्व हिन्दु युवा संघले रोग र भोगको चिन्ता नगरी रातो मछिन्द्र नाथको रथ तान्न पुल्चोक पुगेका युवाहरूलाई प्रहरीले गरेको गिरफ्तारी भएको भन्दै त्यसको निन्दा गरेको छ। संघका अध्यक्ष ऋषिकेश जंग शाहले आज एक बिज्ञप्ति जारी गर्दै उक्त कार्यको निन्दा गर्दै गिरफ्तार गरेका सबैलाई बिना सर्त तत्काल रिहाइ गर्न माग पनि गरिएको […]
कोशी अस्पतालमा कोरोना संक्रमित वृद्धको मृत्यु
२२ भाद्र विराटनगर – विराटनगरस्थित कोशी अस्पताल कोभिड( १९ उपचार केन्द्रमा विराटनगर वडा नं। १० घर भएका एक ७६ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको छ । यही भाद्र १० गते कोरोना पोजेटिभ भएपछि होम आइसोलेसनमा बस्दै आएका वृद्धलाई श्वास(प्रश्वासमा समस्या आएपछि २० गते कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो । कोभिड उपचार केन्द्रको आइसोलेसनमा […]
राज्यको ढुकुटीबाट चिया-नास्तामै २० अर्ब खर्च
२२ भाद्र काठमाडौं – राज्यको ढुकुटीबाट पछिल्लो ३ वर्षमा चियापान, भोजलगायतका नाममा २० अर्ब रुपैयाँ खर्च भएको छ। खर्च रकम वर्गीकरण र व्याख्याअनुसार विविध शीर्षकबाट मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि सत्कारलगायतमा खर्च बेहोर्ने व्यवस्था छ। तर, विनियोजित बजेटभन्दा ८ सय प्रतिशतसम्म बढी खर्च हुने गरेको पाइएको छ। महालेखा परीक्षक कार्यालयले अनुत्पादक खर्च नियन्त्रण गर्न […]
झापाको बीएण्डसी हस्पिटलका एक डाक्टर र ११ जना नर्समा कोरोना पुष्टि
२२ भाद्र बिर्तामोड – झापाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलका डाक्टर र नर्समा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक जना डाक्टर र ११ जना नर्सगरी १२ जनामा सङ्क्रमण देखिएको अस्पताल प्रशासनले जनाएको छ । सङ्क्रमित सबै स्वास्थ्यकर्मी आइसोलेसनमा थिए । उनीहरूको बाहिरी कुनै सम्पर्क नरहेको अस्पताल स्रोतले जनाएको छ । सबै स्वास्थ्यकर्मी आइसोलेसनमा बसेका कारण […]
निषेधाज्ञाको विकल्पबारे अनुगमन उपसमितिको छलफल, उपत्यका प्रवेश नाकामा अझै कडाई गर्न सुझाव
२२ भाद्र काठमाडौँ-कोभिड-१९ को सम्बन्धमा सरकारले गरेका काम कारबाहीको सन्दर्भमा अनुगमन गर्न गठित उपसमितिले निषेधाज्ञाको विकल्प बारेमा आइतबार सरोकारवाला पक्षसँग छलफल गरेको छ । उपसमितिको सभाकक्षमा भएको छलफलमा सांसदहरूले निषेधाज्ञाको समय बढाउनुभन्दा कोरोना परीक्षणलाई तीव्रता दिन तथा सङ्क्रमितलाई आइसोलेसनमा राख्ने उचित प्रबन्धबारेमा सरकारले ध्यान दिनुपर्ने सुझाव दिए । उपत्यका प्रवेशमा नियन्त्रण गर्न जिल्लाका प्रस्थान बिन्दुहरूमा […]
नगर प्रमुखलाई आक्रमणको धम्की दिने पक्राउ
ललितपुर – ललितपुरको पुल्चोकमा रथ तान्ने क्रममा प्रहरीमाथि आक्रमण गरी महानगरपालिका प्रमुखलाई आक्रमणको धम्की दिने एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१३ कुसुन्ती बस्ने सञ्जय शाक्य रहेको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । उनीमाथि यही भदौ १८ गते रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीमाथि आक्रमण गरेको र सोही क्रममा […]
ललितपुरका सिडिओले भने, ‘दशैँसम्म निषेधाज्ञा कायम राख्नु भन्दा अर्को उपाय छैन’
२१ भाद्र काठमाडौं – ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नारायणप्रसाद भट्टले दशैँसम्म निषेधाज्ञा जारी गर्नुपर्ने बताउएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरस सम्बन्धी कामहरूको अनुगमन र मूल्यांकनका लागि गठित उपसमितिको बैठकमा बोल्दै उहाँले निषेधाज्ञा दशैँसम्म लम्ब्याउनुपर्ने बताएका हुन् उनले जात्रा, चाड पर्व जस्ता कुरा मानिसको भावनासँग जोडिएकोले त्योसमय झनै भीडभाड हुनसक्ने भन्दै […]
परिवारको एक सदस्यमा कोरोना पुष्टि भएसँगै स्वास्थ्यमन्त्री ढकाल होम क्वारेन्टाइनमा
२१ भाद्र काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । यसरी आफ्नो परिवारको एक सदस्यमा कोरोना पुष्टि भएसँगै मन्त्री ढकाल पनि होम क्वारेन्टाइनमा बस्नुभएको छ । तीन दिन अगाडि मात्रै मन्त्री ढकालको परिवारका एक सदस्यमा कोरोना पुष्टि भएको हो ।बताइएको छ ।
चौधरी ग्रुपका ४२ जनामा कोरोना पुष्टि
२१ भाद्र काठमाडौँ । चौधरी ग्रुप (सिजी फुड्स) का ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँसगढीमा संचालित चौधरी ग्रुपका ४२ जनामा संक्रमण पुष्टि भएको हहो आइतबार बर्दियामा पहिलो पटक यति ठूलो संख्यामा संक्रमित भेटिएका हुन् । स्वास्थ्य कार्यालय बर्दियाका अनुसार आइतबार उद्योगका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये २९ पुरुष […]
पब्जीलाई टक्कर दिन भारतमा फौजी गेम ल्याउदै अक्षय कुमार
२१ भाद्र काठमाडौँ – अभिनेता अक्षय कुमारसंग सहकार्य गरी एक भारतीय कम्पनीले ुपब्जी जस्तै मोबाइल गेम बजार ल्याउने घोषणा गरेको छ । जसको उद्देश्य बजारमा उत्पन्न अनलाइन गेम सम्बन्धित रिक्ततालाई पुर्ति गर्नु हो । भारत सरकारले चीनले उत्पादन गरेको अनलाइन गेम पब्जी माथि प्रतिबन्ध लगाएपछि भारतमा अनलाइन गेम खेल्न रुचाउनेहरुको लागि यो गेम ल्याउन लागिएको […]



