समाचार
बिहार बीजेपीले निकालेकाे सुशांत सिंह राजपूतकाे स्टिकरमाथि यस्ताे प्रश्न उठ्याे
काठमाडौँ – भारतीय जनता पार्टी, बिहारको कला र संस्कृति सेलले स्वर्गीय चलचित्र अभिनेता सुशांत सिंह राजपूतको बारेमा एउटा स्टिकर जारी गरेको छ, जसले राजनीतिक आरोप लगायो। स्टीकरमा सुशांत मुस्कुराएको तस्विर छ, जसमा हशट्याग जस्टिस सुशांतले लेखेर, ‘ना भूल्गा है ! ना डेंग देन्गे।’ बिहार भाजपाको कला र संस्कृति सेलले सुशांतको अनुहारको तस्बिर सहित ३० हजार […]
नेपालमा थप ९८० मा कोरोना संक्रमण
२१ भाद्र काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा थप ९८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ४६ हजार २५७ पुगेको छ । नौ दिनअघि कोरोना सङ्क्रमितको सङ्ख्या ३६ हजार ४५६ रहेको थियो । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १० हजार ३८२ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा […]
स्वास्थ्य पूर्वाधारमा सुधारउन्मुख हुँदै कर्णाली प्रदेश
कोरोना भाइरसको महामारी शुरु हुनुअघि कर्णाली प्रदेशका जुम्ला र सुर्खेतमा गरी सघन उपचार कक्ष (आइसियू) १७ शय्या र भेन्टिलेटर छ वटा मात्रै थिए । प्रदेश मातहतको एक मात्र ठूलो अस्पताल प्रदेश अस्पतालमै पर्याप्त आइसियू र भेन्टिलेटर सेवा थिएन । अहिले प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका साथै विभिन्न जिल्ला अस्पतालहरुमा गरी ६२ शय्या […]
नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार नाघ्यो
२० भाद्र काठमाडौं – मुलुकमा थप १ हजार ४१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ४१ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ४५ हजार २ सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ सय ४९ महिला र […]
काठमाडौं उपत्यकामा थप ४ सय ८ जनामा संक्रमण
२० भाद्र काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ८ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय ८ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ३ सय २६ संक्रमित थपिएका छन् भने ललितपुरमा ३७ संक्रमित थपिएका छन् । यस्तै […]
कक्षा १२ को परीक्षा सञ्चालनको विकल्प खोजिँदै
२०, भाद्र काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम तह कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प समेटेर नेपाल सरकारलाई सुझाव दिने तयारी गरेको छ । शिक्षा पत्रकार समाज (सेज) ले आज आयोजना गरेको भर्चुअल बहसमा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले विद्यार्थीले संसारभरि लिएर जान सक्ने विधिवत् लब्धाङ्कपत्र प्राप्तिको सवाललाई गम्भीरताका […]
अल्का अस्पतालकी कर्मचारीको शव मूलडोलस्थित लेले जंगलमा फेला
२०, भाद्र काठमाडौं – ललितपुरस्थित अल्का अस्पतालकी कर्मचारीको शव मूलडोलस्थित लेले जंगलमा फेला परेको छ । शुक्रबार राति अल्का अस्पतालकी कर्मचारी गीता केसीको शव फेला परेको हो । उनको हत्याको आशंमा एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त, चापागाउँका डिएसपी कृष्ण ओझाका अनुसार उनको हत्या आशंकामा भतिजा निर्मल केसी पक्राउ परेका छन् । […]
मौसम पूर्वानुमान : चट्याङ्गसहित भारी वर्षाको सम्भावना
काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा केहि पर दक्षिण तर्फ अवस्थित छ । जारी पूर्वानुमानमा महाशाखाले हाल देशभरका प्रदेश नं १ र सुदुर पश्चिम प्रदेशमा पूर्णतया बलदी भइरहेको र बांकी प्रदेशहरुमा आंशिकदेखि सामान्यतया बदलीको आवस्था रहेको छ। प्रदेश नं १, बाग्मती […]
विराटनगरको कोशी कोभिड अस्पतालमा थप एक संक्रमितको मृत्यु
काठमाडौं – मोरङको विराटनगरस्थित कोशी अस्पतालको कोभिड अस्पतालमा ६४ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–४ की ती महिलाको शुक्रबार राति साढे ९ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । संक्रमित महिला शुक्रबार अस्पताल भर्ना भएको थिइन्। उनमा श्वासप्रश्वासका समस्या र ज्वरोको समस्या रहेको अस्पतालले जनाएको छ। मृतकको शनिबार बिहान कोरोना पोजिटिभ […]
अमेरिकामा जनवरीसम्म कोरोनाबाट अहिलेभन्दा २ गुणा बढी मानिस मर्न सक्ने अनुमान
काठमाडौँ – अमेरिकाको वासिङटन विश्वविद्यालयको युएस इन्स्टिच्युट अफ हेल्थले आउने जनवरीसम्म अमेरिकामा ४ लाख भन्दा बढी मानिसको कोरोनाका कारण ज्यान जानसक्ने अनुमान गरेको छ। यो संख्या अमेरिकामा अहिलेको मृत्यु हुने संख्याभन्दा दोब्बर छ। यस अनुमानमा यो भनिएको छ कि डिसेम्बर महिनामा प्रत्येक दिन तीन हजार भन्दा बढी मृत्यु हुने गर्दछ। समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकीहरूले मास्क […]



