समाचार
विदेशमा अलपत्र परेका १४ सय भन्दा बढी नेपाली आज स्वदेश फर्किँदै
२१, श्रावन काठमाडौं – आज विहान युएई र कतारबाट ४ सय ५९ जना नेपाली स्वदेश आएका छन् । युएईबाट हिमालय एयरको दुइ वटा उडानमार्फत् ३ सय ८ जना नेपाली स्वदेश फर्किका छन् । कतारको दोहाबाट नेपाल एयरको एउटा उडानमार्फत १५१ जना नेपाली आइपुगेका नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ। युएई, कतार र साउदी अरबबाट गरी […]
पर्सामा कोरोनाबाट १८ वर्षीया युवतीको मृत्यु
२१, श्रावन, काठमाडौँ – पर्साकी एक युवतीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका(९ मा बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो । बान्ता भएपछि उपचारका लागि वीरगञ्जस्थित नेसनल मेडिकल कलेज ल्याउँदै गर्दा बाटोमै युवतीको गत सोमबार मृत्यु भएको थियो । मृत्युपछि शंकामा स्वाब संकलन गरी कोरोना परीक्षण गरिएको […]
देशभर कोभिड संक्रमितको संख्या २१ हजार नाघ्यो
२०, श्रावन काठमाडौं – थप २५९ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। मंगलवारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २५९ थपिएको बताए। योसँगै नेपालमा २१ हजार ९ जनालाई कोभिड १९ संक्रमण पुष्टि भएको छ। मन्त्रालयले थप एक जना संक्रमितको मृत्यु भएको जनाएको छ। मृतकको संख्या ५८ पुगेको छ। २४ […]
संकटका बेला आफ्नै पार्टीका नेता गैरजिम्मेवार भए’: प्रधानमन्त्री ओली
श्रावन, २० काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संकटको बेलामा आफ्नै पार्टीका नेता तथा कार्यकर्ता गैरजिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै उनीहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित विज्ञहरुसहितको सर्वपक्षीय भेलामा बोल्दै प्रधानमन्त्री ओलीले त्यस्तो असन्तुष्टि राखेका हुन् । बैठकमा प्रधानमन्त्री ओलीले नेकपाकै नेताहरुले कोरोना भाइरस संक्रमणको जोखिमलाई गम्भीर ढंगले लिन नसकेको […]
डब्ल्यूएचओ भन्यो कोरोनाको औषधी नबन्न पनि सक्छ, हात धुन नछाडौं
श्रावन एजेन्सी – विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ) ले कोरोना (कोभिड-१९) भाइरस निर्मुल पार्ने औषधी तत्कालै बन्ने सम्भावना नरहेकाले हात धुने र मास्क लगाउनेजस्ता स्वास्थ्य सजगता जारी राख्न आग्रह गरेको छ। डब्ल्युएओका प्रमुख डा। टेड्रोस अधानोमले कोरोना भाइरसविरुद्धको खोप पत्ता लाग्ने आशा रहेको, तर तत्कालका लागि यसको अचुक औषधी नरहेको बताएका हुन्। अहिलेकै अवस्था हेर्दा कोरोनालाई पूर्ण […]
वीरगञ्जमा नेपाली सेना, डाक्टर, पत्रकारसहित ३४ जनामा कोरोना पुष्टि
श्रावन , २० वीरगञ्ज । पछिलो २४ घण्टामा पर्सामा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमा नेपाली सेना, डाक्टर, थुनुवा र पत्रकारसमेत रहेका छन् । नारायणी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमितहरु बालकदेखि युवाअवस्था सम्मका रहेको नारायणी अस्पतालले जनाएको छ । अस्पतालका अनुसार संक्रमितहरु वीरगञ्जस्थित चण्डीप्रसाद गणमा कार्यरत नेपाली […]
रोजगारीका लागि युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ
१९ श्रावन, काठमाडौँ युवालाई रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । चितवन गर्दीकी ४० वर्षीया कमला कुमारी थापालाई प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो । थापाले पोल्याण्ड पठाइदिन्छु भन्दै पीडितलाई विभिन्न प्रलोभनमा पारी १७ लाख रुपैयाँ ठगी फरार भएको पाइएको माहाशाखाका प्रवक्ता एसपी इश्वर कार्की बताउनुभयो […]
विराटनगर कोशी अस्पतालमा एक संक्रमितको मृत्यु
श्रावन, १९ काठमाडौं – विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा उपचारार्थ एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। विराटनगर महानगरपालिका-५ का कोरोना संक्रमित एक पुरुषको सोमबार उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका चिकित्सक दीपक सिग्देलले जानकारी दिएका हुन्। यससँगै प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ। यसअघि मोरङ जिल्लाकै सुनवर्षी नगरपालिकाका एक संक्रमितको उपचारकै क्रममा […]
जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण, नेपालगञ्ज उपमहानगरपालिका सिल
१९ श्रावन, काठमाडौं जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालय सिल गरिएको छ । सोमबार कर्मचारी र जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएपछि अर्को सूचना जारी नहुँदासम्म कार्यालय पूर्ण रुपमा सिल गरिएको छ । सोमबार भेरी अस्पताल प्रयोगशालामा परीक्षण गर्दा केही कर्मचारी र वडाध्यक्ष गरी ९ जनामा कोरोना संक्रमण भएको उपमहानगरपालिका स्रोतले जानकारी दिएको […]
नेपालमा थप ४१८ जनामा कोरोना संक्रमण
श्रावन, १९ काठमाडौँ – पछिल्लो २४ घन्टामा नेपालमा थप ४१८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । नियमित मिडिया ब्रिफिङमा सोमबार मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले हाल मुलुकभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ३२ […]



