समाचार
जाजरकोटको छेडाबजारमा सीसीटीभी क्यामेरा जडान
८ फागुन, जाजरकोट – भेरी करिडोरअन्तरर्गत जाजरकोटको छेडाबजारमा सीसीटीभी क्यामेरा जडान गरिएको छ । सुर्खेत र जाजरकोट जिल्लाको सिमाना शिवालय गाउँपालिका –१ को छेडाबजारमा क्यामेरा जडान गरिएको हो । शिवालय गाउँपालिकाको पाँच लाख लागतमा क्यामेरा जडान गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार शाहीले बताएका छन् । जिल्लाको प्रमुख प्रवेशद्वारको रुपमा रहेको छेडा बजारमा विभिन्न अपराधिक घटनाहरू घटाइ […]
प्रतिनिधि सभाको अर्को बैठक फागुन १२ गते
८ फागुन, काठमाडौं – प्रतिनिधिसभाको अर्को बैठक फागुन १२ गते बस्ने भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक फागुन १२ गते बस्ने जानकारी दिएका हुन्। आजको बैठकमा सरकारको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबल गरेका छन्।
प्रतिनिधि सभामा टेबल भयो एमसीसी
८ फागुन, काठमाडौं – प्रतिनिधि सभाको आइतबारको बैठकमा एमसीसी टेबल भएको छ। अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता २०७६ असार ३० गते प्रतिनिधि सभामा दर्ता भएको थियो। अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल गरेका हुन्। कार्कीले एमसीसी टेबल गरिरहँदा माओवादी, एकीकृत […]
राष्ट्रिय स्वाधीनता र भावना विपरीत एमसीसी संसदमा टेबल हुनु आपत्तिजन : भीम रावल
८ फागुन, काठमाडौं – नेकपा एमालेका नेता एवम् प्रतिनिधि सभा सदस्य भीम रावलले राष्ट्रिय स्वाधीनता र भावना विपरीत एमसीसी संसद्मा टेबल गर्न लागिएको भन्दै आपत्ति प्रकट गरेका छन्। आइतबार संसद् बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो आपत्ति प्रकट गरेका हुन्। ‘स्वतन्त्र स्वाभिमानी नेपाली जनताको अपमान भएको छ,’उनले भने। पृथ्वीनारायण शाहको पालादेखि नेपाल कसैको अधिनमा […]
एमसीसी विरुद्ध प्रर्दशन : काठमाडौँका ठाउँ–ठाउँमा सडक अस्तव्यस्त
८ फागुन, काठमाडौँ – काठमाण्डौ उपत्यकाका ठाउँ–ठाउँमा सडक अस्तव्यस्त भएको छ । नयाँ बानेश्वरको संसद् भवन अगाडि अमेरिकी सहयोग एमसीसीको विरोधमा प्रदर्शन भएपछि बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । नयाँ बानेश्वरको सडकमै मानिसहरू भेला भएर प्रदर्शन गरिरहेका छन् । साथै यातायात आवतजावत अस्तव्यस्त भएको हो । अहिले नयाँ बानेश्वर, कोटेश्वर, माइतीघर मण्डलालगायतका ठाउँमा सडक अस्तब्यस्त […]
प्रतिनिधिसभाको कार्यसूची : अर्थमन्त्री शर्माले एमसीसी टेबल गर्ने
८ फागुन, काठमाडौं – प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता टेबल हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले एमसीसी अनुमोदनका लागि टेबल गर्ने संघीय संसदबाट जारी कार्यसूचीमा उल्लेख छ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने निर्णय गरेको संघीय संसद सचिवालयका प्रवक्ता […]
चीनको टिप्पणीपछि अमेरिकाले भन्यो : एमसीसी अनुमोदन नेपालको सार्वभौम निर्णय
७ फागुन, काठमाडौँ-अमेरिकाले एमसीसी अनुमोदन नेपालको सार्वभौम निर्णय भएको बताएको छ । नेपालका लागि अमरिकी राजदूतावासले यसलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने नेपालको निर्णय भएको बताएको छ । एमसीसी अनुमोदनका लागि अमेरिकाले नेपालमाथि धम्कीपूर्ण कूटनीति प्रयोग गरिरहेको आरोप उत्तरी छिमेकी चीनले लगाएको भोलिपल्ट शनिबार काठमाडौंस्थित अमरिकी दूतावासले एमसीसीको सामाग्री वेवसाइटमा राखेको छ । यो वर्ष […]
मधेशमा प्रदेशमा ७ हजार भन्दा बढी मावनअधिकार हननका घटना
फागुन ७ काठमाडौँ-मधेश प्रदेशमा सन् २०२१ मा मानवअधिकार उल्लंघन तथा ज्यादतीका ७ हजारभन्दा बढी घटना भएको सार्वजनिक गरिएको छ । मानव अधिकारको क्षेत्रमा काम गर्ने अनौपारिक क्षेत्र सेवा केन्द्र९ईन्सेक०ले शनिबार जनकपुरका एक कार्यक्रमबीच सार्वजनिक गरेको मानव अधिकार वर्ष पुस्तक २०२२ मा सन् २०२१ मा मधेश प्रदेशमा ७ हजार ५८ वटा घटना मानवअधिकार उल्लंघनसँग जोडिएको उल्लेख […]
अमेरिकाले भन्यो-एमसीसीलाई लिएर हिंसा भड्काउने विचारहरू स्वीकार्य हुँदैन
६ फागुन, काठमाडौँ – अमेरिकाले एमसीसीलाई लिएर हिंसा भड्काउने विचार स्वीकार्य नहुने बताएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजमार्फत शुक्रबार अपरान्ह आफ्नो धारणा सार्वजनिक गर्दै अमेरिकाले एमसीसीका विषयलाई लिएर हिंसा वा हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य नहुने बताएको हो । एमसीसीलाई लिएर नेपालभर सडक प्रदर्शन भइरहेका बेला अमेरिकाले सो धारणा सार्वजनिक गरेको हो […]
टी–ट्वान्टी विश्वकप छनोट : ओमान माथि नेपालको सानदार जीत
६ फागुन, काठमाडौं – आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले आयोजक ओमानमाथि ३९ रनको जित हात पारेको छ । टस हारेको नेपालले पहिला ब्याटिङको निम्तोलाई सदुपयोग गर्दै १ सय १७ रन जोडेको थियो । १ सय १८ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको ओमान १७ ओभरमा नै सबै विकेट गुमाएर जम्मा ७८ रनमा […]



