Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

समाचार

शुक्रबारदेखि मौसममा क्रमिक सुधार हुने

१२ माघ, काठमाडौँ -पछिल्लो केही दिनयतादेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले प्रभावित मौसम शुक्रबारदेखि क्रमिक सुधार हुने भएको छ । उक्त मौसमी प्रणाली शुक्रबारदेखि कमजोर हुने देखिएकाले मौसममा क्रमिक सुधार हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए । “बिहीबारसम्म देशभर आंशिकदेखि सामान्य बदली नै रहन्छ”, उनले भने । विभागले […]

हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव, वर्षा र हिमपातको सम्भावना

१२ माघ, काठमाडौँ -बुधबार दिउसो देशभर आंशिक देखि सामान्यतया बदली रहने छ । सुदुर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको संभावना छ । आज राति पहाडी भागमा […]

लिपुलेक र कालापानीको जनगणना गण्नकको उपस्थिति बिना नै गरिने

१२ माघ, काठमाडौँ-नेपाली भूमि लिपुलेक र कालापानीमा २०७८ को जनगणना भौतिक उपस्थिति बिना नै गर्ने बताएको छ । विभागले जनगणनामा भारतीय अतिक्रमणमा परेको भूमिमा गणकहरुको भौतिक उपस्थिति नरहेनपनि प्रारम्भिक जनसंख्या तथ्यांक समेटिएको बताएको छ । विभागले भारतीय अवरोधका कारण गणक त्यहाँ पुग्न नसकेपनि वैकल्पिक माध्यमबाट जनगणना गरिएको बताएको हो । त्यस क्षेत्रसँग जोडिएको स्थानीय तहसँगको […]

भैरहवामा भारतीय ट्रकको ठक्करबाट एक जनाको मृत्यु

१० पुष, काठमाडौँ – रुपन्देहीको भैरहवामा आज  भारतीय ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  सिद्धार्थनगरको बुद्ध चोकमा लु।१८ प ५७१६ नम्बरको मोटरसाइकललाई युपी ४२ एटी ४३५२ नम्बरको भारतीय ट्रकले ठक्कर दिँदा रुपन्देहीको ओमसतिया गाउँपालिकास्थित खुन्साका ४० वर्षीया जीवराज बस्यालको  घटनास्थलमै मृत्यु भएको हो । बाटो क्रस गर्ने बेला तीव्र गतिमा आएको ट्रकले मोटरसाइकलमा […]

पाकिस्तानद्वारा पहिलो पटक नयाँ राष्ट्रिय सुरक्षा नीति सार्वजनिक

३० पुष, एजेन्सी – पाकिस्तानले पहिलो पटक नयाँ राष्ट्रिय सुरक्षा नीति सार्वजनिक गरेको छ ।भारतसहितका छिमेकी देशसँग शान्तिपूर्ण सम्बन्धको नीति अवलम्बन गर्ने लगायतका विषय समेटेर पाकिस्तानले सुरक्षा नीति तयार पारेको हो । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आज एक सय पेजको राष्ट्रिय सुरक्षा नीति सार्वजनिक गर्नुभयो । कश्मीरको मुद्दाको टुङ्गो नलागे पनि पाकिस्तानले भारतसँग शान्तिपूर्ण सम्बन्ध […]

सात विद्यार्थी संगठनले लिए सुनील शर्मामाथि कालो मोसो दलेको जिम्मेवारी

३० पुष, काठमाडौँ – मेडिकल कलेजको मनोमानीबिरुद्ध आन्दोलनरत सात विद्यार्थी संगठनले शुक्रबार सिंहदरबार परिसरभित्रै काठमाडौँ मेडिकल कलेजका कार्यकारी प्रमुख डा. सुनील शर्मालाई कालोमोसो दलेर गरिएको दुर्व्यवहारको जिम्मा लिएका छन्। अभिभावक, विद्यार्थी र कलेज सञ्चालकहरुबीच शिक्षा मन्त्रालयमा भएको छलफलपछि बाहिर निस्कँदा विद्यार्थीहरुले डा। शर्मामाथि दुर्व्यवहार गरेका थिए। काठमाडौँ मेडिकल कलेज, नोबेल मेडिकल कलेज र मणिपाल कलेजमा […]

त्रिशूली किनारमा गाडी खस्दा चालकसहित ७ जना घाइते

३० पुष, चितवन — चितवनको ईच्छाकामना गाउँपालिका-६ तीन नम्बर पुलस्थित नारायणगढ-मुग्लिङ सडक खण्डबाट त्रिशूली नदी किनारमा गाडी खस्दा ७ जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिङतर्फ आउँदै गरको बा.१३ च.४३६५ नम्बरको स्कर्पियो शुक्रबार बेलुकी अनियन्त्रित भई दुर्घटनामा परेको हो । सडकबाट पल्टिएर उक्त गाडी करिब ६० मिटर तल त्रिशूली किनारमा पुगेको प्रहरीले जनाएको छ । […]

दाङमा आज रातिदेखि ‘स्मार्ट लकडाउन’

२९ पुष, दाङ – कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको भन्दै दाङमा ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय भएको छ । आज बिहीवार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (डीसीसीएमसी) को बैठकले आज राति १२ बजेदेखि स्मार्ट लकडाउन गर्ने निर्णय गरेको हो । यो निर्णय अर्को सूचना नभएसम्मका लागि लागू हुनेछ […]

भारतको पश्चिम बंगालमा रेल दुर्घटना

२९ पुष, काठमाडौं – भारतको पश्चिम बंगालको जलपाईगुडी जिल्लामा गुवाहाटी–बिकानेर एक्सप्रेस रेल दुर्घटना भएको छ। दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। जलपाईगुडीकी डीएम मौमिता दासले तीन जनाको मृत्यु भएको पुष्टि गरेकी छन्। दुर्घटना अन्य केही यात्रु घाइते भएको बताइएको छ । घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा भर्ना गरिएको छ। रेलवेका अनुसार १२ वटा बोगी पटरीबाट खसेका छन्। […]

माफियाहरूसँग राज्य डराउँदैन : शिक्षामन्त्री पौडेल

२९ पुष, काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले माफियाहरूसँग राज्य नडराउने बताएका छन् । चिकित्सा शिक्षाका विद्यार्थीहरूमाथि भएको अनियमितताको बारेमा विभिन्न राजनीतिक दलका विद्यार्थी सङ्गठनहरूले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले कसैको धम्की, धुर्की र दबाब सरकारलाई मान्य नहुने बताएका हुन् । उनले कानुनसम्मत काम नगरी विद्यार्थीहरूबाट जथाभाबी शुल्क लिएको पाइए कानुन बमोजिम […]