Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

Author: Sawal Media

स्थानीय तहलाई ‘स्थानीय सरकार’ भन्न कुनै आपत्ति छैन, यसको लागि दलीय सहमति भने जुट्नुपर्छ : प्रधानमन्त्री देउवा

२९ फागुन, काठमाडौं – प्रधानमन्त्री शेर बहादुर देउवाले स्थानीय तहलाई स्थानीय सरकार भन्न कुनै आपत्ति नरहेको बताएका छन् । आइतबार काठमाडौंमा नेपाल नगरपालिका संघको २९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तह भन्दा आपत्ति भए स्थानीय सरकार बनाउन सकिने तर यसका लागि दलीय सहमति भने जुट्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री देउवाले स्थानीय सरकार […]

तनहुँमा बस र टाटासुमो ठोक्किँदा तीन जनाको मृत्यु

२९ फागुन, तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिकाको ऐनापहरामा बस र टाटासुमो ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका– ८ स्थित ४५ वर्षीय लक्ष्मी कुमारी शाही, ३६ वर्षीय ओमप्रकाश गुरुङर ७३ वर्षीय रुद्रबहादुर सेन रहेका छन् । मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख ३०७ नम्बरको बस र विपरित दिशाबाट जाँदै गरेको […]

चुनावमा गठबन्धन गरेर जाने वा एक्लै जाने भन्ने विषयमा अब छलफल सुरु हुन्छ : महामन्त्री थापा

२९ फागुन, सुर्खेत – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीमा चुनावमा गठबन्धन गरेर जाने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको बताउनुभएको छ । आउँदो चुनावमा गठबन्धनमा जाने वा एक्लै जाने भन्ने विषयमा अब छलफल सुरु हुने थापाले बताउनुभयो । प्रेस युनियन सुर्खेतले आज आइतवार आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा उहाँले भन्नुभयो, ‘कांग्रेस अहिले अन्य दलसँग […]

फ्रान्सले ८० वर्षमाथिका व्यक्तिलाई कोरोनाविरुद्धको चौथो मात्रा खोप दिने

२९ फागुन, एजेन्सी । फ्रान्सले ८० वर्षमाथिका व्यक्तिलाई कोरोना भाइरसविरुद्धको चौथो मात्रा खोप दिने भएको छ । फ्रान्सका प्रधानमन्त्री जीन कस्टेक्सले देशका अग्रज नागरिकको स्वास्थ्य अवस्थालाई ख्याल गरेर भोलि सोमवारदेखि कोरोना भाइरसको चौथो मात्रा खोप दिने बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ । कोरोना भाइरसको बुस्टर मात्रा लगाएको तीन महिना पुगेका वृद्धवृद्धालाई चौथो मात्रा खोप […]

हलो चुनाव चिन्ह नदिए स्थानीय चुनाव बहिष्कार गर्ने राप्रपाको घोषणा

२९ फागुन, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले हलो चुनाव चिन्ह नपाएको खण्डमा आसन्न स्थानीय चुनाव बहिष्कार गर्ने भएको छ । आज नेपालगञ्जमा आयोजित आमसभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सो घोषणा गरेका हुन् । लिङदेनलाई उद्वृत गर्दै पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले भने, ‘राष्ट्रिय पार्टी नभएको बहानामा हामीलाई चुनाव चिन्हबाट वञ्चित गर्ने षडयन्त्र भएको छ । यदि […]

युद्धग्रस्त क्षेत्रबाट भागेर आश्रय लिइरहेको स्थानमा रुसी सैनिकको आक्रमण

२९ फागुन, काठमाडौं – युक्रेनको पश्चिमी क्षेत्रमा अवस्थित एक सैन्य तालिम शिविरमा रुसी सेनाले क्षेप्यास्त्र प्रहार गरेको छ। युक्रेनको पश्चिमी सहर याभोरिभस्थित सैन्य तालिम शिविरमा आइतबार बिहान क्षेप्यास्त्र प्रहार गरिएको हो। उक्त घटनामा ३५ जनाको मृत्यु भएको लभिभ सहरको क्षेत्रीय प्रशासनले जनाएको हो। उक्त घटनामा १३४ जना घाइते भएको बताइएको छ। रुसी सैनिकले आइतबार बिहान […]

दुई दलीय व्यवस्था ल्याउन विदेशी शक्ति लागिपरे : प्रचण्ड

२९ फागुन, काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी शक्तिहरु नेपालमा दुई दलीय व्यवस्था स्थापना गर्न लागिपरेको बताएका छन्। आइतबार विराटनगरमा आयोजित पार्टीको प्रदेश–१ स्तरीय प्रशिक्षण कार्यक्रममा उनले माओवादीलाई सिध्याएर दुई दलीय व्यवस्था ल्याउन विदेशी शक्ति लागेको दाबी गरेका हुन्। तर, कुन विदेशी शक्तिले त्यस्तो गरिरहेको भन्नेबारे उनले थप खुलाएनन्। विदेशी षड्यन्त्र […]

अध्यक्ष नेपालसहित १४ सांसदको मुद्दामा चैत २० गते पूर्ण सुनुवाइ

२९ फागुन, काठमाडौं – सर्वोच्च अदालतले नेकपा ९एकीकृत समाजवादी० अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदको वैधानिकता सम्बन्धी मुद्दामा एकै पटक अन्तिम सुनुवाइ गर्ने भएको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले सो मुद्दाको लिखित जवाफ आइसकेको भन्दै अन्तिम सुनुवाइका लागि आदेश दिएको हो । अन्तरिम आदेशको माग भएपछि मुद्दाको सबै अंग पुगेकाले अन्तिम […]

चैत्र ७ गतेभित्र भाडा बढाउन यातायात व्यवसायीको अल्टिमेटम

२९ फागुन, काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आगामी चैत्र ७ गतेभित्र सवारीको भाडा बढाउन सरकारलाई अल्टिमेटम दिएका छन् । महासंघले आइतबार पत्रकार सामेलन गरी सार्वजनिक सवारीमा उक्त अवधिभित्र वैैज्ञानिक भाडादर लागू गर्न माग गरेको हो । ९ महिनाभित्र ८ पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भैसकेको तर भाडा समायोजन तर्फ भने सरकारले बेवास्ता गरेको […]

दुई वर्षदेखि बन्द मलेसियाको श्रम स्वीकृति खुला गर्ने निर्णय

२९ फागुन, काठमाडौँ – सरकारले नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक रहँदै आएको मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुनस् सुरु गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिव दुई बर्षदेखि रोकिएकोमा प्रचलित कानुन अनुसार पुनस् सुरु गर्ने मन्त्रीस्तरीय निर्णय गरेका हुन् । […]