Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

Author: Sawal Media

स्थानीय निर्वाचन २०७९ः ताप्लेजुङ जिल्लाको पछिल्लो मत परिणाम

२ जेठ, काठमाडौँ -ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दिपेन्द्र पोमु १,७९० मतका साथ अग्रस्थानमा छन् । पोमुलाई पछ्याइरहेका नेपाली कांग्रेसका विश्‍वनाथ सिटौलाले १,६१९ मत ल्याएका छन् । पाथीभरा याङवरक गाउँपालिका पाथीभरा याङवरक गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार केशरकुमार सुब्बा २,१८२ मतका साथ अग्रस्थानमा छन् । सुब्बालाई पछ्याइरहेका नेपाली कांग्रेसका रामकुमार […]

स्थानीय तह निर्वाचन २०७९: को-को कहाँ-कहाँ विजयी भए

२ जेठ, काठमाडौँ बझाङको दुर्गाथलीमा माओवादी केन्द्रका थापा विजयी बझाङको दुर्गाथली गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका दिलबहादुर थापा विजयी भएका छन् । उनी २ हजार ८२३ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका दलबहादुर धामी १ हजार ८८३ मत प्राप्त गरेका छन् । रसुवाको कालिका गाउँपालिकामा कांग्रेसका हरिकृष्ण देवकोटा विजयी कालिका गाउँपालिकाको […]

गाउँपालिका अध्यक्ष जित्ने पहिलो महिला बनिन् अरुणादेवी

१ जेठ, काठमाडौँ– खोटाङको जन्तेढुंगा गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)की अरुणादेवी राई विजयी भएकी छन् । उनले एमालेबाट निर्वाचित निवर्तमान अध्यक्ष शंकरबहादुर राईलाई पराजित गरेकी हुन । अरुणादेवीले २ हजार ८ सय ८१ मत ल्याउँदा एमालेका राईले २ हजार ५ सय ७५ मत ल्याए । हालसम्म निर्वाचित जनप्रतिनिधिमा अरुणादेवी गाउँपालिका प्रमुख जित्ने पहिलो महिलासमेत हुन् […]

जन्तेढुंगा गाउँपालिकामा गठबन्धनका उम्मेदवार अरुणादेवी र खेमबहादुर विजयी

१ जेठ, काठमाडौँ खोटाङको जन्तेढुंगा गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रकी अरुणादेवी राई र उपाध्यक्षमा नेपाली कांग्रेसका खेमबहादुर खड्का विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवार एवं निवर्तमान अध्यक्ष र उपाध्यक्ष शंखरबहादुर राई र विमला राई पराजित भएका छन्। अध्यक्षमा निर्वाचित माओवादीकी अरुणादेवी राईले २ हजार ८८१ मत ल्याई विजयी भइन् […]

भरतपुर महानगरपालिकाको मतगणना फेरि शुरु

१ जेठ, काठमाडौँ – रोकिएको भरतपुर महानगरपालिकामा मतगणना पुनः शुरु भएको छ। सूर्यको छाप राम्रोसँग नलागेकोमा कर्मचारीले बदर र मुख्य निर्वाचन अधिकृतले सदर भनेपछि विवाद हुँदा रोकिएको मतगणना शुरु भएको हो। मतगणनास्थल अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि मतगणना शुरु भएको हो। सूर्य छाप राम्रोसँग नलागेको विषयमा विवाद हुँदा स्थगित मतगणना उक्त मत […]

वीरसहित आठ अस्पतालले आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्ने

१ जेठ, काठमाडौं सरकारको निर्णय अनुसार आजदेखि सरकारी स्वास्थ्य संस्थामा हप्तामा दुई दिन शनिबार र आइतबार आकस्मिक बाहेकका ओपीडी सेवा बन्द भएका छन् । देशका अधिकांश अस्पताल र स्वास्थ्य संस्थाले सोही अनुसार आजबाट बिदा कार्यन्वयनमा ल्याएका छन् । तर केही ठूला अस्पतालले दुई दिन बन्द हुँदा नागरिकलाई स्वास्थ्य सेवा लिन असुविधा हुने विषयलाई मध्यनजर गर्दै […]

मनाङमा कांग्रेस-एमालेको बारबर जित

१ जेठ, काठमाडौँ- चारवटा स्थानीय तह रहेको मनाङमा नेकपा एमालेले र नेपाली काँग्रेसले चार प्रमुख पदमा बराबर जित हात पारेका छन्। निर्वाचन आयोगका अनुसार नार्पाभूमि गाउँपालिकामा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका कोन्जो तेन्जिङ लामाले स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामालाई ४७ मतान्तरले पराजित गरेका छन्। नेकपा एमालेका तर्फबाट गाउँपालिकाका अध्यक्षमा उम्मेदवारी नरहेको उक्त गाउँपालिकामा कोन्जोले १५८ मत […]

काठमाडौँ महानगरः बालेन स्थापित र सिंहको भन्दा दोब्बर मतले अघि

१ जेठ, काठमाडौं – यतिखेर काठमाडौं महानगरको मतपरिणम आकलन गरे भन्दा फरक बनिरहेको छ । सबैको चासोको विषय बनेको काठमाडाँै महानगरपालिकाको मतगणना रोचक बनिरहेको छ। शनिबार बिहान ८ बजेबाट सुरु भएको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता लिएका छन्। हालसम्म करिब ८ हजार मतगणना भइसकेको छ। अहिलेसम्मको ताजा अवस्था हेर्दा साहले ३ हजार १ सय […]

सुनसरीको बराहक्षेत्र नगरपालिकामा मतगणना अवरुद्ध

१ जेठ, काठमाडौं – सुनसरीको बराहक्षेत्र नगरपालिकामा मतगणना रोकिएको छ । निर्वाचन अधिकृत रमेश श्रेष्ठका अनुसार मतगणनाका क्रममा केही असमझदारी भएपछि मतगणना स्थगित भएको हो । उम्मेदवार नै नरहेको हसियाँ हथौडा चुनाव चिन्हमा मतदाताले स्वस्तिक छाप लगाएको मतलाई कांग्रेस उम्मेदवारले पाएको मतका रुपमा गणना गर्न माग भएपछि विवाद भएको हो । निर्वाचन अधिकृत श्रेष्ठका अनुसार […]

मोरङका ८ स्थानीय तहमा एमाले–कांग्रेस बराबर

१ जेठ, मोरङ– पछिल्लो समयको स्थानीय तहको निर्वाचनको मत परिणामअनुसार मोरङमा नेपाली कांग्रेस र एमालेले बराबरी वडा जितेका छन्। प्रदेश निर्वाचन कार्यालय विराटनगरको पछिल्लो प्राप्त मत गणनाअनुसार कांग्रेसले आठवटा वडामा जितेको छ भने नेकपा माओवादी केन्द्रले एक ठाउँमा जितेको छ। नेपाली कांग्रेसले कानेपोखरी गाउँपालिका वडा नम्बर १ रतनबहादुर कार्की, जहदा गाउँपालिका वडा नम्बर ७ मा […]