Author: Sawal Media
बेपत्ता विमानका पाइलटको मोबाइलमा घण्टी गयो, लेते आसपासमा लोकेसन
१५ जेठ, काठमाडौं -पोखराबाट जोमसोम उडेको तारा एअरको नाइन एन–एइटी सम्पर्कविहीन जहाजको पाइलटको मोबाइलमा घण्टी गइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए। उनले मुस्ताङको टिटी लेक वरपर जहाजको पाइलटको मोबाइलको लोकेशन देखाएको बताएका हुन्। उनले भने, ‘हामीले सम्पर्क गर्दा जहाजका पाइलट प्रभाकर घिमिरेको फोनमा घण्टी गइरहेको छ। टिटी लेक लेते आसपासमा लोकेसन पनि पत्ता […]
को हुन् नव निर्वाचित काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह?
१३ जेठ, काठमाडौँ-बालेन शाहको वास्तविक नाम बालेन्द्र शाह भए पनि उनी बालेन शाहको नामले परिचित छन्। १४ वैशाख २०४७ मा काठमाडौंको नरदेवीमा जन्मिएका उनी हाल गैरिगाउँ, तिनकुनेका स्थायी बासिन्दा हुन्। आयुर्वेदिक चिकित्सक डा.राम नारायण शाह र धुव्रा देवी शाहका सन्तानका रुपमा जन्मिएका उनीको पुर्खाली थालो भने मधेश प्रदेशमा रहेको महोत्तरी जिल्ला हो। शाहको प्रारम्भिक अध्धयन […]
कालो चस्माभित्र लुकेका बालेन बने काठमाडौंको मेयर
१३ जेठ, काठमाडौँ-काठमाडौं महानगरपालिकाको नयाँ मेयरका रूपमा स्वतन्त्र उम्मेदवार बालेन शाह निर्वाचित भएका छन्।निर्वाचन आयोगको आधिकारिक वेबसाइटका अनुसार बिहीबार ३२ वटै वडाको मतगणना सकिएसँगै बालेन मेयर निर्वाचित भएका हुन्। लौरो चिह्नमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदमा लडेका बालेनले ६१ हजार ७६७ मत ल्याएका छन्। त्यस्तै कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याएकी […]
जाजरकोट जिल्लाका सबै स्थानीय तहहरुको अन्तिम मत परिणम सार्वजनीक, ३ कांग्रेस, ३ एमाले र १ माओवादी केन्द्र विजयी
४ जेठ, जाजरकोट– जाजरकोट जिल्लाका सबै स्थानीय तहरुको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत जाजरकोट जिल्लामा ३ स्थानीय तहमा काग्रेसका उमेद्वारहरुले जित हाँसिल गरेका छन् । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ३ स्थानीय तह र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले १ स्थानीय तहको प्रमुखमा जित हासिल […]
महिला टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा नेपालको दोस्रो हार
३ जेठ, काठमाडौं -महिला टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा नेपालले नेपालले युगान्डाविरुद्ध गातार दोस्रो हार व्यहोरेको छ । टियु क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो खेलमा युगान्डासँग १ विकेटले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो । नेपालले दिएको १ सय २ रनको लक्ष्य युगान्डाले १९ ओभर ५ बलमा ९ विकेट गुमाएर १ सय २ रन पूरा […]
नलगाड नगरपालिकाको मेयरमा माओवादी र उपमेयरमा कांग्रेस विजयी
३ जेठ, जाजरकोट– नलगाड नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका डम्बरबहादुर रावत निर्वाचित भएका छन्। रावतका प्रतिस्पर्धी नेकपा एमालेका धर्मबहादुर शाहीलाई १ हजार ९ सय ७३ मतले पराजित गर्दै निर्वाचित भएका हुन्। नेकपा माओवादी केन्द्रका रावतले ५ हजार ५ सय ९९ मत प्राप्त गरेका थिए। नेकपा एमालेका धर्मबहादुर शाहीले ३ हजार ६ सय २६ मत प्राप्त […]
दोधारमा एमाले, संसदमा निर्विरोध उपस्थिति हुने कि नहुने भन्नेमा अलमल
३ जेठ, काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसदमा अवरोध जारी राख्ने भएको छ। मंगलबार मदन–आश्रित स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय बल्खुमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग बोल्दै उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अहिलेसम्म पार्टीले कुनै नयाँ निर्णय लिइनसकेको बताएका हुन्। उनले संसदमा निर्विरोध उपस्थिति हुने कि नहुने भन्ने बारेमा पार्टीले नयाँ निर्णय नलिइसकेको तर छलफलमा […]
२० हजारभन्दा बढी जनप्रतिनिधिको अन्तिम मतपरिणाम आयो (सूचीसहित)
३ जेठ, काठमाडौं स्थानीय निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। हालसम्म २० हजार भन्दा बढी जनप्रतिनिधि चुनिएको निर्वाचन आयोगले जनाएको छ। आयोगको पछिल्लो तथ्यांक अनुसार नगरपालिका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष, वडाध्यक्ष लगायतका जनप्रतिनिधि चुनिएका छन्। स्थानीय तह निर्वाचन अन्तरगत वैशाख ३० गते भएको मतदानबाट ३२ हजार २ सय ३१ जनप्रतिनिधि चुनिने छन्। यसका लागि १ लाख […]
स्थानीय निर्वाचन २०७९ः पाँचथर जिल्लाको पछिल्लो मत परिणाम
३ जेठ, काठमाडौँ- कुम्मायक गाउँपालिका निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत कुम्मायक गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार वंमप्रसाद लावती ३,०५७ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार भीमप्रसाद सम्बाहाम्फे लिम्बुलाई १५७ मतान्तरले पराजित गरेका हुन् । पराजित भीमप्रसाद सम्बाहाम्फे लिम्बुले २,९०० मत ल्याएका छन् । तुम्वेवा […]
स्थानीय निर्वाचन २०७९ः काठमाडौँ जिल्लाको पछिल्लो मत परिणाम
२ जेठ, काठमाडौं- काठमाडौं महानगरपालिका काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह ७,५३४ मतका साथ अग्रस्थानमा छन् । साहलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केशव स्थापितले ३,९८२ मत ल्याएका छन् । कागेश्वरी मनोहरा नगरपालिका कागेश्वरी मनोहरा नगरपालिकामा नेपाली कांग्रेसका उपेन्द्र कार्की ३,६९९ मत सहित अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का राम शरण ढुंगानाले […]



