Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

Author: Sawal Media

जाग युवा देश बनाउन, के बेला भएन र ?

२० फागुन काठमाडौँ – मेरो देशको राजनीतिक अवस्था एकदमै नाजुक छ । देशमा विकासका पर्वाधार अति नै संवेदनशील हुनुपर्ने ठाउँमा त्यस्तो छैन । राज्यले गरिब जनताको समस्याहरु पनि बुझ्न सकेको छैन । जताततै भ्रष्टाचार नै भ्रष्टाचार छ, चाहे त्यो आर्थिक, सामाजिक, राजनीतिक, भौगोलिकरुपमा रहेका जति पनि विकासका पूर्वाधारहरु छन् समयमा नै सम्पन्न गर्न सकेको छैन […]

नेपालगञ्जका प्रत्येक घरधुरीमा खानेपानी पुर्याइँदै

१९ फागुन काठमाडौँ –  नेपाल खानेपानी संस्थानले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रका ग्रामीण बस्तीसम्म खानेपानी पुर्याउने योजना अगाडि सारेको छ । उपमहानगरपालिकामा जोडिन आएका साविकका गाविसमा पानी ट्याङ्की निर्माण, डिपबोरिङ जडान र पाइपलाइन विस्तार गरी खानेपानीको व्यवस्था पुर्याउन लागिएको नेपाल खानेपानी संस्थान नेपालगञ्ज कार्यालयका सूचना अधिकारी बुद्धिप्रकाश केसीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्जमा जोडिन आएका कारकाँदो, […]

काठमाडौँ उपत्यकामा चुनौतीपूर्ण बन्दै फोहरपानी व्यवस्थापन

१९ फागुन काठमाडौँ – उपत्यकामा मेलम्चीको पानी आएपछि फोहरपानी व्यवस्थापन गर्न अझै चुनौतीपूर्ण हुने देखिएको छ । उपत्यकामा अहिले पनि फोहरपानी व्यवस्थापनमा समस्या आउने गरेकामा मेलम्चीको पानी आएपछि समस्या अझै बढ्ने देखिएको छ । बर्सेनि वर्षाको समयमा आकाशे पानी र धारामा आउने पानी गरी ठूलो परिमाणमा पानी हुँदा व्यवस्थापन गर्न नसकिँदा काठमाडौँ उपत्यकाका सडक जलमग्न […]

अर्थ मन्त्रालयले स्थानीय तहलाई दियो १ अर्ब

१९ फागुन काठमाडौँ – स्थानीय तहमा स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि अर्थ मन्त्रालयले रकम निकासा गरेको छ । मन्त्रालयले १ सय १३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड ५३ लाख २३ हजार रुपैयाँ सशर्त अनुदान दिएको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधिन भवनहरुको दायित्व भुक्तानीका […]

३४ किलो गाजाँसहित पक्राउ परेका दुई जना सार्वजनिक

१९ फागुन काठमाडौँ – म्याग्दीको मालिका गाउँपालिकाबाट झण्डै ३४ किलो गाजाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मालिका गाउँपालिकाका ६३ वर्षीय हर्कबहादुर रोका र सोही गाउँपालिकाका प्रेमबहादर पुनलाई प्रहरीले पक्राउ गरेको हो । रोकालाई फागुन १७ गते पक्राउ गरेको हो भने पुनलाई १३ गते पक्राउ गरेको थियो । फरक मितिमा दुबै पक्राउ परेका उनीहरुलाई […]

फागुन २३ गतेपछि सबै राजनीतिक संक्रमण क्लियर हुन्छ : अध्यक्ष दाहाल

१९ फागुन काठमाडौँ – कोरोनाविरुद्धको भ्याक्सिन लगाउन सिभिल अस्पताल पुग्नुभएका नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले यही फागुन २३ गते संसदको अधिवेशन भएकोले २३ गतेपछि सबै राजनीतिक संक्रमण क्लियर हुने दावी गर्नुभएको छ । अध्यक्ष दाहालले ऐन कानून नियम अनुसार प्रक्रिया अनुसार नै आफूहरु अघि बढ्ने धारणा राख्नुभयो । त्यस्तै उहाँले सर्वोच्चको […]

आलमलाई छुटाउन प्रयास छुः सभापति देउवा

१९ फागुन काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै उहाँलाई छुटाउन आफू प्रयासरत रहेको बताउनुभएको छ ।  गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका –६ सिंगारमनमा आयोजित विष्णुु महायज्ञको आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री   देउवाले इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा रहेका निलम्बित सांसद आलमलाई रिहा गराउन आफूले […]

बिहिबार देशभरका कुनै अदालतमा सुनुवाइ नहुने

१९ फागुन काठमाडौं – भोलि ९बिहिबार० देशभरका सबै अदालत बिदा हुने भएका छन्। सर्वोच्च अदालतका पूर्वप्रधान्यायाधिस सुरेन्द्र प्रसाद सिंहको निधनमा भोलि एक दिन शोक बिदा मनाइने भएको छ ।

ज्योतिषले देउवालाई भने, ‘चैत ३१ देखि असारसम्म सावधान हुनुस्, एकतन्त्री शासन आउन सक्छ’

१९ फगुन काठमाडौं –  नेपालमा राजनीतिक संकट र नयाँ सरकारको चर्चाकाबीच नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले ज्योतिष सँग भेट गर्नुभएको छ । औपचारिक रुपमा परामर्श नलिएपनि सभापति देउवाले अनौपचारिक रुपमा आफ्नो भावी दिनबारे बुझ्ने इच्छा देखाउनु भएको छ । बर्तमान सरकार बन्न लाग्दा (करिब ३ बर्ष अगाडि)  सभापति देउवाले सार्वजनिक कार्यक्रमा नै आफूलाई ज्योतिषले ७ […]

नेप्से बुधबार ३९ अंकले घट्यो

१९ फागुन काठमाडौ – बुधबार सेयर बजारको परिसूचक नेप्से ३९ अंकले घटेको छ । सो अंकको गिरावटपछि नेप्से २४१६ अंकमा कायम भएको हो । ६ अर्ब २५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । ब्यापार र होटल तथा पर्यटन समूह बढे भने अरु सबै समूह घटेका छन् । ब्यापार ३०६ र होटल तथा पर्यटन समूह […]