Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

Author: Sawal Media

इजरायलले कोरोना भाइरसविरुद्धको खोपको परीक्षण सुरु गर्यो

१६ कात्तिक एजेन्सी – इजरायलले आइतबार एउटा कोरोनाभाइरस खोपको क्लिनिकल परीक्षण सुरु गरेको अधिकारीहरूले बताएका छन् । साथै इजरायल सरकारले कोभिड–१९ सङ्क्रमण रोक्न लिएका नियन्त्रणका उपायलाई पनि खुकुलो पार्ने बताएको छ । “हामी सुरुङ्को अन्त्यमा प्रकाश देख्न सक्छौं,” प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले तेल अवीव नजिकै शेबा मेडिकल सेन्टरमा पत्रकारहरूसँग भन्नुभयो । महामारीको सुरुमै नेतान्याहूले इजरायल इन्स्टिच्युट […]

श्रीलंकाले सपनामा पनि एमसीसीमा हस्ताक्षर नगर्ने

१६ कात्तिक एजेन्सी – श्रीलंकाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)मा कहिल्यै हस्ताक्षर नगर्ने भएको छ ।श्रीलंकाका राष्ट्रपति गोताबाय राजापाक्षेले अमेरिकासँगको एमसीसीमा कहिल्यै हस्ताक्षर नगर्ने बताएका छन् । उनले सपनामा पनि एमसीसीमा हस्ताक्षर नगर्ने बताएको त्यहाँका एक स्थानीय पत्रिकाले जनाएको छ । राजापाक्षेले हालै भ्रमणमा आएका अमेरिकी विदेशमन्त्री माइक पम्पेओसँग यस विषयमा वार्ता भएको भन्दै आफ्नो भूमि […]

प्रधानमन्त्री ओलीले पार्टी विभाजनको प्रस्ताव राख्नु भयो : पुष्पकमल दाहाल

१६ कात्तिक काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी विभाजनको संघारमा पुगेको छ । अध्यक्ष पुष्पकमल दाहालले यस्को खुलासा गर्दै प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीले अब अलग अलग भएर जानु पर्ने प्रस्ताव राख्नु भएको बताउनु भएको छ । आइतबार आफ्नो निवास खुमलटारमा सचिवालयका सदस्यहरुलाई बोलाएर उहाँले प्रधानमन्त्री ओलीको प्रस्ताव बारे जानकारी दिनुभएको हो । […]

काठमाडौं उपत्यकामा थप १६ सय २२ जनामा संक्रमण

१६ कात्तिक काठमाडौं काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय २२ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय २२ संक्रमित थपिएका हुन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ७८ हजार ६ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार […]

मुलुकमा २ हजार ८ सय २४ संक्रमित थपिए

१६ कात्तिक काठमाडौं– मुलुकमा थप २ हजार ८ सय २४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ८ सय २४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ ।

गम्भीर अवस्थामा संक्रमित टेकुमा भर्ना हुनुपरे ५० हजार धरौटी अनिवार्य

१६ कात्तिक काठमाडौं– सरकारले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा कोरोना संक्रमण भई गम्भीर अवस्थामा अस्पताल भर्ना हुनु पूर्व ५० हजार धरौटी राख्नुपर्ने निर्णय लागू गराएको छ । त्यस्तै कोरोना संक्रमण भई सामान्य देखि मध्यम अवस्थामा रहेका बिरामीहरुका लागि पनि उपचारका लागि भर्ना हुनुअघि अस्पतालमा राख्नुपर्ने धरौटी तोकिदिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले […]

कोरोना संक्रमणबाट अमेरिकामा २ लाख ३० हजार बढीको मृत्यु

१६ कात्तिक   एजेन्सी – कोरोनाभाइरस महामारीबाट सबैभन्दा बढी असर परेको संयुक्तराज्य अमेरिकामा दुई लाख ३० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्याँकमा अमेरिकामा कोरोना संक्रमितको संख्या ९० लाख ९१ हजार पुगेको उल्लेख छ । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा कोरोनाभाइरसलाई विश्वव्यापी महामारीका रुपमा घोषणा गरेको थियो […]

सञ्चारकर्मीको उपचारको व्यवस्था गर्न माग

१६ कात्तिक काठमाडौँ– नेपाल पत्रकार महासङ्घले कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण भएका सञ्चारकर्मीसहित सबै नागरिकको उपचार उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गर्दै सङ्क्रमणको उच्च जोखिमबीच कार्यक्षेत्रमा खटिने सञ्चारकर्मी र नागरिकको निःशुल्क पिसिआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै सङ्क्रमित सञ्चारकर्मीसहित सबै नागरिकको उपचारको उचित व्यवस्था गर्न […]

खुट्टाको घाउ निकाे नहुँदा छोराले आमालाई बोक्सीको आरोप लगाउदै गरे हत्या

१६ कात्तिक काठमाडौं बोक्सीको आरोपमा सिरहामा एक बृद्धाको ह’त्या भएको छ । बोक्सीको आरोप लगाउदै आफ्नै छोराले ती बृद्धाको हत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार जिल्लाको कर्जन्हा नगरपालिका ३ का एक युवकले आफ्नो ९० वर्षीया अमा सुदामा देवी साहलाई कुटपीट गरेर हत्या गरेका हुन् । बुहारीको खुट्टामा निस्किएको घाउ लामो समयसम्म पनि निको […]

अध्यक्षको निर्देशनपछि रोकिए मुख्यमन्त्री शाही

१६ कार्तिक काठमाडौं- कर्णाली प्रदेशमा आज हुने भनिएको मन्त्रिमण्डल हेरफेर कार्य स्थगित भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आजै मन्त्रिमण्ड हेरफेर गरी आफू अनुकुल मन्त्री राख्ने तयारी गरेको बताइएको थियो । नेकपामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल मन्त्रिमण्डल हेरफेर नगर्न भनेपछि मुख्यमन्त्रीले कार्य स्थगन गर्नुभएको बुझिएको छ । स्रोतका अनुसार मुख्यमन्त्री शाहीले प्रधानमन्त्री एवं नेकपा […]