राजनीति
करको दरमा अर्थमन्त्रीको चलखेल अनैतिक : थापा
३ असार , काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपाल सकारात्मक सोच राखेर अगाडि बढेको पार्टी भएकोले चाँडै जनतामाझ स्थापित हुने बताएका छन्। विश्वको सर्वोच्च शिखर सगरमाथामा राप्रपा नेपालको झण्डा फहराउने पर्वतारोहीलाई सम्मान गर्न आयोजित कार्यक्रममा अध्यक्ष थापाले हिजो कांग्रेस र कम्युनिष्टले जस्तै राजालाई गाली गरेर राप्रपा नेपाललाई स्थापित गर्ने नभई आफ्नो विचारको […]
प्रदिप ज्ञवालीको सेनापतिलाई प्रश्न, एसपीपीका लागि कसले अथोराइज गरेको थियो?
असार ३, काठमाडौँ -नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले कुन सरकारले सेनालाई एसपीपी कार्यक्रममा सहभागी हुन पत्र लेखेको हो भन्नेबारे प्रधानसेनापति प्रभुराम शर्मालाई प्रश्न गर्नुभएको छ । प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा शुक्रबार एमाले सांसद ज्ञवालीले प्रधानसेनापतिलाई अहिले भ्रम रहेकाले स्पष्ट गर्नका लागि भनेर कुन सरकार र कुन प्रधानमन्त्रीले स्वीकार गर्न अनुमति दिएको हो भनेर सोध्नुभएको […]
एसपीपीबारे माधवको प्रतिक्रिया ‘हुस्की खुवाएर फसाउन सक्छन्’
३ असार, काठमाडौँ-नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को वास्तविकता बाहिर ल्याउनुपर्ने बताउनुभएको छ । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आज बैठकमा अध्यक्ष नेपालले सार्वजनिक भएको एसपीपी संझौतामा पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीको हस्ताक्षर भएको भन्दै यसबारे सेनाले थप प्रष्ट पार्नुपर्ने बताउनु भएको हो । कुन प्रधानमन्त्रीको […]
यो थकाई मार्ने बेला होइनः राजेन्द्र लिंदेन
१५ जेठ, काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश र संघको निर्वाचनमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ । अध्यक्ष लिङ्देनले प्रदेश र संघको निर्वाचन सम्मुखमा रहेको उल्लेख गर्दै त्यसको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भएको हो । स्थानीय तहको निर्वाचन सकियो भनेर थकाई मार्ने छुट पार्टीका कुनै पनि नेता, कार्यकर्तालाई नरहेको […]
कालो चस्माभित्र लुकेका बालेन बने काठमाडौंको मेयर
१३ जेठ, काठमाडौँ-काठमाडौं महानगरपालिकाको नयाँ मेयरका रूपमा स्वतन्त्र उम्मेदवार बालेन शाह निर्वाचित भएका छन्।निर्वाचन आयोगको आधिकारिक वेबसाइटका अनुसार बिहीबार ३२ वटै वडाको मतगणना सकिएसँगै बालेन मेयर निर्वाचित भएका हुन्। लौरो चिह्नमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदमा लडेका बालेनले ६१ हजार ७६७ मत ल्याएका छन्। त्यस्तै कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याएकी […]
जाजरकोट जिल्लाका सबै स्थानीय तहहरुको अन्तिम मत परिणम सार्वजनीक, ३ कांग्रेस, ३ एमाले र १ माओवादी केन्द्र विजयी
४ जेठ, जाजरकोट– जाजरकोट जिल्लाका सबै स्थानीय तहरुको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत जाजरकोट जिल्लामा ३ स्थानीय तहमा काग्रेसका उमेद्वारहरुले जित हाँसिल गरेका छन् । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ३ स्थानीय तह र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले १ स्थानीय तहको प्रमुखमा जित हासिल […]
नलगाड नगरपालिकाको मेयरमा माओवादी र उपमेयरमा कांग्रेस विजयी
३ जेठ, जाजरकोट– नलगाड नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका डम्बरबहादुर रावत निर्वाचित भएका छन्। रावतका प्रतिस्पर्धी नेकपा एमालेका धर्मबहादुर शाहीलाई १ हजार ९ सय ७३ मतले पराजित गर्दै निर्वाचित भएका हुन्। नेकपा माओवादी केन्द्रका रावतले ५ हजार ५ सय ९९ मत प्राप्त गरेका थिए। नेकपा एमालेका धर्मबहादुर शाहीले ३ हजार ६ सय २६ मत प्राप्त […]
दोधारमा एमाले, संसदमा निर्विरोध उपस्थिति हुने कि नहुने भन्नेमा अलमल
३ जेठ, काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसदमा अवरोध जारी राख्ने भएको छ। मंगलबार मदन–आश्रित स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय बल्खुमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग बोल्दै उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अहिलेसम्म पार्टीले कुनै नयाँ निर्णय लिइनसकेको बताएका हुन्। उनले संसदमा निर्विरोध उपस्थिति हुने कि नहुने भन्ने बारेमा पार्टीले नयाँ निर्णय नलिइसकेको तर छलफलमा […]
२० हजारभन्दा बढी जनप्रतिनिधिको अन्तिम मतपरिणाम आयो (सूचीसहित)
३ जेठ, काठमाडौं स्थानीय निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। हालसम्म २० हजार भन्दा बढी जनप्रतिनिधि चुनिएको निर्वाचन आयोगले जनाएको छ। आयोगको पछिल्लो तथ्यांक अनुसार नगरपालिका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष, वडाध्यक्ष लगायतका जनप्रतिनिधि चुनिएका छन्। स्थानीय तह निर्वाचन अन्तरगत वैशाख ३० गते भएको मतदानबाट ३२ हजार २ सय ३१ जनप्रतिनिधि चुनिने छन्। यसका लागि १ लाख […]
स्थानीय निर्वाचन २०७९ः पाँचथर जिल्लाको पछिल्लो मत परिणाम
३ जेठ, काठमाडौँ- कुम्मायक गाउँपालिका निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत कुम्मायक गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार वंमप्रसाद लावती ३,०५७ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार भीमप्रसाद सम्बाहाम्फे लिम्बुलाई १५७ मतान्तरले पराजित गरेका हुन् । पराजित भीमप्रसाद सम्बाहाम्फे लिम्बुले २,९०० मत ल्याएका छन् । तुम्वेवा […]



