राजनीति
भरतपुरका स्वतन्त्र उमेद्वारी फिर्ताका लागि मनाउन आएका दुई मन्त्री काठमाडौँ फर्किए
१६ वैशाख, काठमाडौँ -भरतपुर महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ताका लागि मनाउन गएका दुई मन्त्री काठमाडौं फर्किएका छन् । गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ शुक्रबार दिउँसो बुद्ध एयरको विमानबाट काठमाडौं फर्किएका हुन् । गृहमन्त्री खाँण वैशाख १४ गते र राज्यमन्त्री श्रेष्ठ १५ गते भरतपुर पुगेका थिए । उनीहरुले […]
विराटनगर महानगरको चुनाव : नागेश कोइरालाले थाले घरदैलो
१५ वैशाख, काठमाडौँ – आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसको तर्फबाट विराटनगर महानगरपालिकाको प्रमुखका उम्मेदवार नागेश कोइराला आजदेखि मतदाताको घरदैलोमा पुगी मत माग्न थालेका छन् । निर्वाचन नजिकिँदै गएपछि आफ्ना प्रचारप्रसारलाई तीव्र एवं प्रभावकारी बनाउने योजनामा रहेका उम्मेदवार कोइरालालाई कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यलेसमेत सहयोग गरिरहेका छन् । पूर्व अर्थमन्त्रीसमेत रहेका आचार्यले घरदैलोका क्रममा […]
माओवादीको चुनावी प्रचारमा कुलमान घिसिङ
३० चैत्र, काठमाडौं – नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचनमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङलाई प्रयोग गरेको छ। स्थानीय तह निर्वाचन लक्षित पोष्टरमा माओवादीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित कुलमान र जनार्दन शर्माको तस्वीर प्रयोग गरिएको छ। अध्यक्ष प्रचण्डले सार्वजनकि गरेको चुनावी प्रचार सामग्रीमा अध्याँरोबाट उज्यालोको यात्रा भनेर लेखिएको छ। माओवादीको चुनाव चिह्न सँगै बिजुली […]
आयोगको निर्णयप्रति आरजुको आपत्ति, सच्याउन माग
३० चैत्र, काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष पदमध्ये कुनै एक पदमा मात्रै उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उठाउनुपर्ने भनी यसअघि गरेको निर्णय खारेज गरेको प्रति आरजु राणा देउवाले आपत्ति जनाएकी छन् । राजनीतिक दलहरूले यस्तो व्यवस्थाको विरोध गर्दै ध्यानाकर्षण नै गराएपछि आयोगले मंगलबार सो निर्णय सच्याएको थियो […]
तालमेलको मोडालिटी टुंग्याउँदै सत्ता गठबन्धन
२९ चैत्र , काठमाडौं – सत्तारुढ पाँच दलले स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी आज टुंगो लगाउँदैछन् । आज अपरान्ह् ४ बजे बस्ने सत्ता गठबन्धनको उच्चस्तरीय बैठकबाट मोडालिटीको विषय टुंग्याइने सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन गठबन्धनमा आबद्ध नेताहरुले अपील गर्दै […]
२० देशमा राजदूत नियुक्त : १२ जना राजनीतिक भागबन्डाबाट
२५ चैत्र, काठमाण्डौ – सरकारले निर्वाचन आचारसंहिता लागू हुने पूर्व सन्ध्यामा व्यापक राजनीतिक नियुक्तिहरू गरेको छ । बिहीवार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । सिफारिस भएकामध्ये आठ जना परराष्ट्र सेवाका सहसचिव छन् भने बाँकी १२ जनालाई राजनीतिक नियुक्तिका आधारमा सिफारिस गरिएको छ । राजदूत नियुक्तिको […]
कांग्रेसको निर्वाचन घोषणापत्र तयारी समितिमा २८ जना मनोनीत
२२ चैत्र, काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ‘स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’ मा २८ सदस्य मनोनीत गरेका छन्। उनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णयअनुसार महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठन भएको समितिमा (सोमबार) सदस्य मनोनीत गरेका हुन्। घोषणापत्र तयारी समितिको सदस्यमा डा आरजु राणा देउवा, मधु […]
करिश्मा मानन्धर एमाले प्रवेश
८ चैत्र, काठमाडौं – नेपाली चलचित्रकी अभिनेत्री करिश्मा मानन्धर नेकपा ९एमाले०मा प्रवेश गर्नुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले करिश्मालाई पार्टीमा स्वागत गर्नुभएको हो । करिश्मासहित पूर्वमन्त्री प्रेमबहादुर सिंह, वीरगञ्जका केशव पटेल, वाईसीएल पर्साका अध्यक्ष पिन्टु रौनियार लगायतका व्यक्ति एमाले प्रवेश गरेका हुन् ।
जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदवार बन्न पाउने निर्णयमा सर्वोच्चको अन्तरिम आदेश
८ चैत, काठमाडौँ – स्थानीय तहको चुनावमा जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदवार बन्न पाउने निर्वाचन आयोगको आचारसंहितामा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । आयोगको निर्णयविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दिएको रिट निवेदनमाथि आज मङ्गलवार सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले आचारसंहिता तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । […]
अहिले पार्टीमा पद पाइएन भनेर रुने, कराउने र भाग्नेको जमात बढ्यो : प्रचण्ड
२ चैत्र, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीका नेता कार्यकर्तामाहिजो युद्धको समयमा शहादत दिनका लागि तँछाडमछाड गर्दै झगडा गर्नेहरू नै आज पदका लागि मरिहत्ते गर्ने अवस्थामा पुगेको बताएका छन् । काठमाडौँमा आयोजित पार्टीको आन्तरिक प्रशिक्षणमा आक्रोशित भावमा बोल्दै प्रचण्डले पद पाइएन भनेर रुने, कराउने र भाग्नेको जमात बढेको बताएका हुन् । ‘पार्टीभित्र अराजकता, […]



