Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

राजनीति

दुई दलीय व्यवस्था ल्याउन विदेशी शक्ति लागिपरे : प्रचण्ड

२९ फागुन, काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी शक्तिहरु नेपालमा दुई दलीय व्यवस्था स्थापना गर्न लागिपरेको बताएका छन्। आइतबार विराटनगरमा आयोजित पार्टीको प्रदेश–१ स्तरीय प्रशिक्षण कार्यक्रममा उनले माओवादीलाई सिध्याएर दुई दलीय व्यवस्था ल्याउन विदेशी शक्ति लागेको दाबी गरेका हुन्। तर, कुन विदेशी शक्तिले त्यस्तो गरिरहेको भन्नेबारे उनले थप खुलाएनन्। विदेशी षड्यन्त्र […]

प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग प्रस्ताव संसदमा पेस

२९ फागुन, काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगको प्रस्ताव प्रतिनिधि सभामा पेस भएको छ । आज आइतवारको बैठकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले महाअभियोग प्रस्ताव पेस गर्नुभएको हो । प्रस्तावमाथि आउँदो चैत २ गतेदेखि संसदमा छलफल सुरु हुनेछ । महाअभियोग प्रस्ताव पेस गर्दै गुरुङले कात्तिकदेखि माघसम्म प्रधानन्यायाधीशकै कारण सर्वोच्च अदालत ठप्पजस्तै भएको, भ्रष्टाचार […]

निर्वाचन केन्द्रित पार्टी प्रवेशः वीरगंज महानगरपालिकाका मेयर एमालेमा

२९ फागुन, काठमाडौँ – स्थानीय तहको निर्वाचन नजिकीदै गर्दा शिर्ष दलहरु आफ्नो पार्टीलाई बलियो बनाउन हरेकदाउ खोजिरहेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी (केन्द्र), नेकपा एकीकृत समाजवादी लागायतका दहरु निर्वाचन केद्रित कार्यक्रमहरुमा व्यवस्त देखिन्छन् । शनीबार नेकपा एमालेले आयोजना गरेको एक कार्यक्रमा वीरगंज महानगरपालिकाको नगर प्रमुख विजयकुमार सरावगी नेकपा एमालेमा प्रवेश गरे । […]

संसद् बैठक फागुन १८ सम्म स्थगित

१५ फागुन, काठमाडौँ – प्रतिनिधि सभाको बैठक फागुन १८ गतेसम्म स्थगित भएको छ। एमसीसी सम्झौता अनुमोदन भएसँगै सभामुख अग्नि सापकोटाले बैठक फागुन १८ गतेसम्म स्थगित गरेका हुन् । आइतबार दुईवटा बैठक बसेको थियो । दोस्रो बैठकले अमेरिकी सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र त्यसमाथिको व्याख्यात्मक घोषणा अनुमोदन गरेको थियो ।

संसदबाट एमसीसी सम्झौता अनुमोदन

१५ फागुन, काठमाडौं – संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए, जसलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको छ ।

हामी कुनै सरकार परिवर्तन गरेर अर्को सरकार बनाइहाल्ने पक्षमा छैनौँ : पोखरेल

१३ फागुन, काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकार परिवर्तन गर्ने पक्षमा आफ्नो पार्टी नरहेको स्पष्ट पारेका छन्। महासचिव पोखरेलले सभामुख अग्निप्रसाद सापकोटाले पदीय दुरुपयोग गरेर आफ्नो पार्टी विभाजनमा सामेल भएको उल्लेख गर्दै उनी नहटेसम्म संसद सुचारु गराउन नसकिने पार्टीको अडान पनि दोहोर्‍याए। शुक्रबार स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता […]

काँग्रेस–माओवादी बैठक, सत्तागठबन्धन जोगाउने दुबै पक्ष सकारात्मक

१३ फागुन, काठमाडौँ – सत्ता गठबन्धनभित्र खटपट रहेको भनिएकै बेला शुक्रबार काँग्रेस र माओवादी केन्द्रका नेताहरुबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा गठबन्धनलाई जोगाएरै अघि बढ्ने विषयमा दुबै पक्ष सकारात्मक भएको दावी गरिएको छ। अघिल्लो दिन काँग्रेस सभापति शेरबहादुर देउवा गठबन्धन अघि बढ्न नसक्ने निष्कर्षका साथ प्रतिपक्षी दल एमालेसँगको छलफलमा थिए । […]

एमसीसी अनुमोदनको लागि बहुमत जुटाउने गृहकार्यमा प्रधानमन्त्री देउवा

९ फागुन, काठमाडौँ – प्रतिनिधि सभामा एमसीसी टेबल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा अनुमोदनका लागि बहुमत जुटाउने गृहकार्यमा जुट्नुभएको छ । सत्ता साझेदार दलसँगै विपक्षी एमालेसँगको छलफललाई उहाँले निरन्तरता दिनुभएको छ । गठबन्धन भत्किने डरले संसदमा एमसीसी टेबल गर्न सहमति जनाएका माओवादी केन्द्र र एकीकृत समाजवादीले यथास्थितिमा पास हुन नदिने अडान छाडेका छैनन् । कांग्रेसले तत्काल […]

नेपाल बाह्य शक्तिहरूको रणनीतिक प्रतिस्पर्धास्थल बन्नसक्ने खतरा : राप्रपा नेपाल

८ फागुन, काठमाडौँ – नेपाल बाह्य शक्तिहरूको रणनीतिक प्रतिस्पर्धास्थल बन्नसक्ने खतरा बढेको राप्रपा नेपालले जिकिर गरेको छ । राप्रपा नेपालको आइतबार बसेको केन्द्रीय समिति बैठकले नेपालमा बाह्य शक्तिहरूको चलखेल र प्रभाव तीब्र रुपले बढेको समेत ठहर गरेको छ । ‘विगत केही वर्षयता नेपालमा वाह्य शक्तिहरूको चलखेल र प्रभाव तीब्र रुपले बढ्दै गएको छ । नेपाल […]

एमसीसीबारे नबुझी प्रदर्शन नगरौँ : महामन्त्री शर्मा

८ फाल्गुन, काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बारे नबुझी विरोधमा नउत्रन आग्रह गरेका छन् । झापाको विर्तामोडमा सिके प्रसाईंको २८औँ स्मृति दिवसमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले सरकारमा हुँदा होस् वा नहुँदा पनि एमसिसीबारे स्पस्ट धारणा राख्दै आएको बताए। सिके चिन्तन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा एमसिसीलाई अहिले […]