राजनीति
एमाले संसदीय दलको प्रमुख सचेतकमा खड्का नियुक्त
१४ जेठ, काठमाडौं- सुदूरपश्चिम प्रदेशसभा, नेपाल कम्युनिष्ट पार्टी(एमाले) संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रमुख सचेतकमा लालबहादुर खड्कालाई नियुक्त गर्नुभएको छ । पार्टीमा उत्पन्न आन्तरिक किचलोका बीच संसदीय दलका नेता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री शाहले संसदीय दलको विधान, २०७७ बमोजिम आज प्रमुख सचेतक र सचेतक नियुक्त गर्नुभएको हो । संसदीय दलको सचेतकमा दुर्गाकुमारी कामीलाई नियुक्त […]
स्वास्थ्यकर्मीलाई आक्रमण गर्नेलाई कारबाही गर्न उपप्रमको निर्देशन
१४ जेठ, काठमाडौँ – उपप्रधानमन्त्री ईश्वर पोखरेलले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई आज टेलिफोन गरी नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहारको घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिनुभएको छ । कोरोना महामारीको बेला जनताको जीवनरक्षामा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण ‘गम्भीर अपराध र अमानवीय’ भएको बताउँदै उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिनुभएको […]
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनको (पूर्णपाठ)
१४ जेठ २०७८ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, १. गएको बैशाख २० गते कोभिड महामारीको दोस्रो लहरका सम्बन्धमा यहाँहरूसँग सम्वाद गरेको थिएँ। कोभिडको यो लहर निकै सङ्क्रामक र बढी घातक रहेको एवं यसको रोकथाम तथा नियन्त्रणका लागि राज्यका सबै संयन्त्र परिचालित गरिएको बताएको थिएँ। सङ्क्रमणको साङ्लो चुँडाउन निषेध आदेशको पालना गर्न र महामारी नियन्त्रणका लागि सरकारले […]
पहिलो डोज खोप लगाएकालाई जसरी पनि दोस्रो डोज उपलब्ध गराइन्छः प्रधानमन्त्री ओली
१४ जेठ, काठमाडौं– पहिलो डोज खोप लगाएका नागरिकलाई जसरी पनि दोस्रो डोज खोप उपलब्ध गराउने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ । शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पहिलो मात्रा खोप लगाएका ज्येष्ठ नागरिकलाई जसरी पनि खोप व्यवस्था गर्ने बताउनुभएको हो । उहाँले सबै वयस्क नागरिकलाई खोप व्यवस्था गर्ने पनि बताउनुभयो । उहाँँले नेपालमा […]
चिनियाँ राष्ट्रपतिले घोषणा गरेकोमध्ये दुई लाख डोज खोप पर्सि नेपाल आइपुग्ने
१४ जेठ, काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनका राष्ट्रपति सी चिनफिङले घोषणा गरेको १० लाख डोजमध्ये २ लाख खोप आइतबार नेपाल आइपुग्ने बताउनुभएको छ। मन्त्री ज्ञवालीले स्वास्थ्य पत्रकारसँग जुम मार्फत गरेको छलफलमा उक्त जानकारी दिनुभएको हो । खोप मे ३० तारिख अर्थात् पर्सि तिब्बतबाट २ लाख डोज आउने उहाँले बताउनुभयो । त्यसपछि जुन १ वा २ […]
गएराती भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति राष्ट्रपति भण्डारीद्वारा खेद प्रकट
१४ जेठ, काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरूमाथि भएको दुव्र्यवहारप्रति खेद व्यक्त गर्नुभएको छ । सञ्जाल ट्वीटरमा राष्ट्रपति भण्डारीले, ‘आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक भएको’ लेख्नुभएको छ । ‘दुःख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ।’ […]
बजेटको पूर्वसन्ध्यामा सम्बोधन गर्दै प्रधानमन्त्री ओली
१४ जेठ, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दै हुनुहुन्छ । शुक्रबार ९आज० अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट उहाँले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सरकारका प्राथमिकता, नीति तथा कार्यक्रम र आगामी बजेटका विषयमाथि प्रधानमन्त्रीको सम्बोधन केन्द्रित हुनेछ । अध्यादेशमार्फत बजेट ल्याउन लागेको बेला […]
संसद विघटनविरुद्धका मुद्दामा प्रधानन्यायाधीश जबराको नेतृत्वमा संवैधानिक इजलास गठन
१४ जेठ, काठमाडौं– संसद विघटन विरुद्धका रिटहरुमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन भएको छ । इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन् । संवैधानिक इजलासमा परेका रिटहरुमा आज (शुक्रबार) देखि नै सुनुवाइको तयारी रहेको सर्वोच्च अदालत स्रोतले जनाएको छ । सर्वोच्चमा संसद विघटन विरुद्धका ११ वटा […]
सभापति देउवाद्वारा कोभिड रोकथाममा केन्द्रित हुन आग्रह
१३ जेठ, काठमाडौं– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकभर कोभिड–१९ को महामारी भयाावह भएको वर्तमान अवस्थामा सरकारलाई सम्पूर्ण ध्यान यसको रोकथाम र उपचारमा केन्द्रित गर्न माग गर्नुभएको छ । साथै उहाँले निषेधाज्ञाका कारण निम्न आय भएका आम नागरिक, साना व्यवसायी, श्रमजीवीहरुको राहत र सहयोगका लागि विशेष आर्थिक प्याकेज घोषणा गर्न समेत सरकारसँग आग्रह गर्नुभएको छ […]
सरकारले कोरोना सङ्क्रमणलाई सत्ता सुरक्षा कवच बनायो : कांग्रेस
१३ जेठ, काठमाडौँ – नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार संविधानको मूल मर्म र भावना विपरीत सत्तामा आसिन रहेको बताएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली संविधानको मूल मर्म र भावना विपरीत सत्तामा आसिन रहेको बताउनुभएको हो । सरकारले संसदीय प्रक्रियालाई छलेर दुरगामी प्रकृतिका […]



