Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

राजनीति

आवश्यक पर्दा जनताले दिएको सार्वभौम अधिकार प्रयोेग गर्नुपर्छः सभामुख सापकोटा

१३ जेठ, काठमाडौं– सभामुख अग्नि सापकोटाले संविधानको मर्म र भावनालाई केन्द्रमा राखेर असाधारण निर्णय लिनसक्ने बताएका छन् । संविधान र कानुनविद्हरुसँग प्रतिनिधिसभा विघटन भएको सन्दर्भमा परामर्शपछि सभामुख सापकोटाले संविधान, देश र जनताको रक्षार्थ सार्वभौम अधिकार प्रयोग गर्न सक्ने बताउनुभएको हो । संसद विघटन असंवैधानिक भएको बताउँदै आउनुभएका सभामुख सापकोटाले संविधानको अवमूल्याङ्कन स्वीकार्य नहुने बताउनुभयो। ‘आवश्यक […]

निर्वाचन आयोगले बुझायो राष्ट्रियसभा उपनिर्वाचनको परिणाम

१३ जेठ, काठमाडौँ – निर्वाचन आयोगले बागमती प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको छ । राष्ट्रियसभा निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम आयोगले जेठ ६ गते सम्पन्न उपनिर्वाचनको परिणामसहितको विवरण बिहीबार राष्ट्रपति भण्डारी समक्ष पेश गरेको हो । उक्त निर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापालाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार […]

महामारीबाट मानवलाई सुरक्षित बनाउन प्रयासरत छौँः प्रम ओली

१३ जेठ, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीबाट मानवलाई सुरक्षित बनाउन सरकार प्रयासरत भएको बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ स्थापना दिवसका अवसरमा आज आयोजित भर्चुअल कार्यक्रममा उहाँले सरकारले नागरिकको जीवन बचाउनका लागि निरन्तर प्रयास गरिरहेको बताउनुभयो । “महामारीलाई ध्यानमा राखेर मानिसको बाँच्न पाउने र स्वास्थ्य अधिकारको रक्षा कसरी गर्ने भन्ने विषयमा […]

पार्टीले इमान्दार नेता गुमायो ः प्रम

१३ जेठ, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसांसदद्वय रत्नप्रसाद शर्मा न्यौपाने र योगनारायण यादवको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ । उहाँले आज शोक वक्तव्य जारी गरी उहाँहरुको निधनमा दुःख व्यक्त गर्दै नेकपा ९एमाले०ले निष्ठावान् र इमान्दार नेता गुमाएको बताउनुभएको छ । एमालेका अध्यक्ष ओलीले जाजरकोटका जनताबीच जनप्रिय न्यौपानेको निधनबाट एमालेले निष्ठावान नेता तथा जाजरकोटी […]

प्रतिनिधिसभा विघटनविरुद्धका सबै रिट संवैधानिक इजलासमा

१३ जेठ, काठमाडौं– संसद विघटनविरुद्ध परेका सबै रिट संवैधानिक इजलासमा पठाइने भएको छ। प्रधानन्यायाधीश जबराको एकल इजलासले प्रतिनिधिसभा विघटन सम्बन्धी सबै रिट संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो । बजेट आउँछ आउँदैन थाहा नभएको अवस्थामा आन्तरिम आदेश दिन नपरेको बताउँदै उनले सबै रिट अब संवैधानिक इजलासमा सुनुवाइ हुने बताए। प्रतिनिधिसभा विघटनसम्बन्धी आज सुनुवाइ भएका सबै […]

संसद विघटनविरुद्ध परेका रिटमा सुनुवाइ जारी

१३ जेठ, काठमाडौं– संसद विघटनविरुद्ध परेका रिटको सुनुवाइ गर्न इजलास सुरु भएको छ। प्रधानन्याधीश चोलेन्द्र शमशेरको एकल इजलासमा रिटहरु सुनुवाइ सुरु भएको हो । प्रधानन्यायाधीश शमशेरको बेञ्चमा संसद विघटनसँग सम्बन्धित १९ वटा रिट आजको इजलासमा रहेका छन् । १२ बजे इजलास बसेको रिटमा अहिले प्रधानन्याधीश जबराले अध्ययन गर्दैछन् । ५ जना बाहेक सबै कानून व्यवसायीहरूलाई […]

सभामुख सापकोटाले आज संविधानविदहरुसँग परामर्श गर्दै

१३ जेठ, काठमाडौं– सभामुख अग्नि सापकोटाले आज संविधानविद्हरूसँग परामर्श गर्नुहुने भएको छ । सभामुख सापकोटाले आज दिउँसो १ बजे संसद भवनमा संविधानविद्हरुसँग परामर्शको कार्यक्रम रहेको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सिफारिसमा संसद विघटन भएयता सभामुख सापकोटाले सो कदम असंवैधानिक भएको बताउँदै आउनुभएको छ । आजको छलफलमा सभामुख सापकोटाले कानुन र न्यायिक क्षेत्रका विज्ञहरुलाई छलफलका लागि […]

संसद विघटनविरुद्ध परेका रिट प्रधानन्याधीशको बेन्चमा

१३ जेठ, काठमाडौं – संसद विघटनको विरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बेन्चमा हुने भएको छ । बिहीबार पेशी तोक्दा प्रधानन्यायाधीश जबराले १९ रिटको सुनुवाइ आफ्नो एकल बेन्चमा हुने गरी तोकेका हुन् । सर्वोच्च अदालतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ विहीबार (आज) हुँदैछ । संवैधानिक इजलासमा सुनुवाइको […]

जसपा आज औपचारिक रुपमा विभाजन हुँदै

१३ जेठ, काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले नयां पार्टी दर्ता गर्ने भएका छन् । ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आज निर्वाचन आयोगमा गएर राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) दर्ता गर्ने भएका हुन । जसपाको कार्यकारिणी समितीमा उपेन्द्र यादव पक्षको बहुमत भएपछि ठाकुरले पुरानै पार्टीलाई ब्युउताउने भएका छन् । जसपाको […]

एमालेको एकता जोगाउन अन्तिम क्षणसम्म प्रयत्न रहनेछ : गोकर्ण विष्ट

१३ जेठ, काठमाडौँ – नेकपा एमालेका नेता गोकर्ण विष्टले नेकपा एमालेको एकता जोगाउन अन्ति क्षणसम्म पनि इमान्दार प्रयत्न गरिरहने बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा बिहीबार विष्टले भन्नुभएको छ,‘नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ को पूर्ववत् अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ ।’ उहाँले राष्ट्र, […]