राजनीति
नेता भट्टराई नेपाल समूहमा फर्किए, ओलीविरुद निर्णायक संघर्ष गर्ने
१२ जेठ काठमाडौँ – आज नेकपा एमालेका सचिव योगेश भट्टराई र गोकर्ण विष्टले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरूसँग मिलेर वक्तव्य निकालेका छन्। केही दिनअघि प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने नेपाल समूहको निर्णयमा भट्टराई र विष्टले सहमति जनाएका थिएनन्। तर विष्टले राष्ट्रपतिलाई राष्ट्रपतिलाई बुझाएको १४९ जनाको सूचीमा हस्ताक्षर भने गरेका थिए। खनाल(नेपाल […]
खोप उपलब्ध गराइदिन भारतीय समकक्षीलाई राष्ट्रपतिको आग्रह
१२ जेठ, काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिन भारतसँग आग्रह गर्नुभएको छ । उहाँले भारतीय समकक्षी रामनाथ कोविन्दलाई पत्र पठाउँदै कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिन आग्रह गर्नुभएको स्रोतले जनाएको छ । उहाँले परराष्ट्र मन्त्रालयमार्फत भारतीय समकक्षीलाई कुटनीतिक पठाउनुभएको स्रोतले जनाएको छ । पत्रमा भारतमा फैलिएको कोरोना महामारीप्रति राष्ट्रपतिले दुःख व्यक्त गर्नुभएको छ ।
केन्द्रको निर्देशन लत्याउँदै सूदूरपश्चिम सरकारको समर्थन फिर्ता नलिने एमाले प्रदेश संसदीय दलको निर्णय
१२ जेठ, काठमाडौं– नेकपा एमालेको स्थायी कमिटीको निर्णय लत्याउँदै एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सरकारको समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको छ । बुधबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारको समर्थन कायमै राख्ने निर्णय गरेको हो । उक्त निर्णयपछि सुदूरपश्चिम प्रदेश सभाको एमाले संसदीय दलको बैठक आज बसेको थियो । उक्त बैठकले […]
जसपामा अध्यक्ष–अध्यक्षबीच नै जुहारीः स्पष्टीकरणको बदलामा स्पष्टिकरण माग
१२ जेठ, काठमाडौं– जनता समाजवादी पार्टीमा स्पष्टीकरणको बदला स्पष्टीकरणकै जुहारी सुरु भएको छ । जसपामा एक पक्षले अर्को पक्षलाई स्पष्टीकरण सोध्ने क्रम सुरु भएसँगै जसपामा स्पष्टीकरणको जुहारी सुरु भएको हो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा नेपालका अर्का अध्यक्ष महन्थ ठाकुरलाई नौ बुँदेस्पष्टीकरण सोधेका हुन्। व्यक्तिगत मेल तथा ह्वाट्स एपमार्फत सो स्पष्टीकरण सोधिएको जसपा […]
एमालेले थप १२ नेतालाई स्पष्टीकरण पत्र पठाउने
१२ जेठ, काठमाडौँ – नेकपा एमालेले आज थप १२ जना नेताहरुलाई स्पष्टीकरण पत्र पठाउने भएको छ । अस्ति बसेको नेकपा स्थायी कमिटी बैठकले ११ जनालाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गर्ने र अरु १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । विपक्षी गठबन्धनलाई सघाएका २३ जना विघटित प्रतिनिधिसभाका सदस्यमध्ये १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय भए […]
थप रणनीति बनाउँदै विपक्षी गठबन्धन
१२ जेठ, काठमाडौँ – नेपाली कांग्रेससहित विपक्षी गठबन्धनका नेता प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता गराएको मुद्दाका सन्दर्भमा अवलम्बन गर्ने रणनीति बनाउन छलफलमा जुटेका छन्। प्रतिनिधिसभाका १ सय ४६ सदस्यले विघटित प्रतिनिधिसभा पुर्नस्थापना तथा शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग राखी सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए। त्यसको भोलिपल्ट मंगलबार विपक्षी गठबन्धनका शीर्ष नेता छलफलमा […]
गौतम बुद्धले जस्तै प्रतिगामी प्रवृत्तिविरुद्ध संघर्ष आज एक मात्र विकल्प : प्रचण्ड
१२ जेठ, काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरातनवादी विचार र चेतनाका विरुद्ध गौतम बुद्धले गरेको विद्रोह जसरी प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिकाविरुद्ध संघर्षमा उत्रिनु परिवर्तनगामी शक्तिका सामु आज एक मात्र विकल्प रहेको बताउनुभएको छ । गौतम बुद्धको २५६५ औं जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै प्रचण्डले यसका लागि संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर […]
सभामुखद्वारा पूर्वसभामुखसँग राय परामर्श
११ जेठ, काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र निकासका सम्बन्धमा पूर्वसभामुखसँग आज परामर्श गर्नुभएको छ । नयाँ वानेश्वरस्थित सङ्घीय संसद भवनमा उहाँले प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थितिबारे राय परामर्श लिनुभएको हो । छलफलपछि पूर्वसभामुख रामचन्द्र पौडेलले जनप्रतिनिधिको थलो सदनबाटै सबै समस्याको समाधान खोज्नुपर्नेमा सदनभन्दा बाहिर गएर निकास खोज्नुपर्ने परिस्थितिप्रति गम्भीर चिन्ता […]
लुम्बिनी प्रदेश राष्ट्रिय सभा सदस्य उपचुनाव : मतदाता नामावलीमा जसपाका ४ सांसदको नाम छैन
११ जेठ, काठमाडौँ – यही जेठ १७ गते लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्यको उपचुनावमा जनता सामाजवादी पार्टीका चार सांसद मतदान गर्नबाट वञ्चित हुने भएका छन् । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका चार प्रदेश सभा सदस्यमाथिको कारबाही यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरे पनि निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा ती सांसदको नाम छैन । निर्वाचन […]
संसद विघटनविरुद्धको रिटमा बिहिबार र शुक्रबारका लागि पेशी
११ जेठ, काठमाडौं– संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट माथि जेठ १३ गतेदेखि सुनुवाइ सुरु हुने भएको छ । सर्वोच्चमा परेका संसद विघटन विरुद्धमा परेका ३० रिट मध्ये १९ रिटको सुनुवाइ १३ गतेदेखि सुरु हुने भएको हो । त्यस्तै बाँकी ११ वटा रिट भने संवैधानिक इजलासमा सुनुवाइको माग गरिएको छ । संवैधानिक इजलासमा […]



