Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026

राजनीति

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा बिहीबारेदेखि सुनुवाइ हुने

११ जेठ, काठमाडौँ – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा बिहीबारदेखि सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभा विघटनकै विषयलाई लिएर हालसम्म ३० रिट निवेदन दर्ता भएका छन् । त्यसको सुनुवाइ बिहीबारदेखि नियमित इजलासमा र  संवैधानिक इजलासका लागि तोकिएको मुद्दा  शुक्रबारदेखि सुनुवाइ हुनेछ । अन्तरिम आदेश माग गरिएका १९  रिट निवेदनको पेशी बिहीबार र संवैधानिक […]

प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको पूर्वसभामुखहरुको निष्कर्ष

११ जेठ, काठमाडौं– पूर्वसभामुखहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको निष्कर्ष निकालेका छन् । वर्तमान सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको पूर्वसभामुखहरुको छलफलले संविधानअनुसार सरकार गठनका सबै विकल्प प्रयोग नभई संसद विघटन गरिएकोकोके संसद विघटन असंवैधानिक भएको ठहर गरेको हो । छलफल सकिएपश्चात पूर्व सभामुख ओनसरी घर्ती मगरले, ‘जनताको प्रतिनिधि संस्थामाथि दुई–दुई पटक आक्रमण भयो, यो असंवैधानिक छ । […]

‘कार्वाही औचित्यहीन, अनाधिकारिक र अर्थहीन’ः माधवकुमार नेपाल

११ जेठ, काठमाडौं– नेकपा एमाले नेता माधवकुमार नेपालले आफूसहित ११ नेतालाई गरिएको कारवाही औचित्यहिन र अर्थहीन भएको बताएका छन् । सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै नेता नेपालले लेखेका छन्, कार्बाही औचित्यहीन, अनाधिकारिक र अर्थहीन रहेको कुरा स्पष्ट पार्दछु । कानुनी, राजनीतिक तथा सडक आन्दोलनबाट प्रतिगामी ओली सरकारलाई बढार्दै मुलुकमा कानुनको राज स्थापना गर्ने दायित्व आइपरेको छ […]

सभामुख सापकोटाले बोलाएको पूर्वसभामुखहरुसँगको परामर्श बैठकमा नेम्वाङ नजाने

११ जेठ, काठमाडौं– सभामुख अग्नीप्रसाद सापकोटाले राखेको पूर्वसभामुखहरुसँगको बैठकमा सुवास नेम्वाङ नजाने हुनुभएको छ । उक्त बैठकमा नेम्वाङलाई बोलाइए पनि पूर्वनिर्धारित कार्यक्रममा जानुपर्ने भएकाले छलफलमा नजाने उहाँले सवाल मिडियासँग बताउनुभयो । प्रधानमन्त्रीको सिफरिसमा राष्ट्रपतिले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि सभामुख सापकोटाले आज पूर्वसभामुखहरुसँग परामर्श गर्न लाग्नुभएको हो । प्रतिनिधि सभाको ल्होत्से हलमा पूर्वसभामुखहरुले छलफल […]

“बगाएर लाने भो माया तिमीलाई बालै फरर…” : रामकुमारी झाँक्री

११ जेठ, काठमाडौँ – एमालेबाट कारबाहीमा परेकी नेत्री रामकुमारी झाँक्रीले यसखालको निर्णयले आफूलाई केही फरक नपर्ने बताएकी छिन् । उनले कारबाहीलाई हल्का रुपमा लिँदै सामाजिक सञ्जालमा व्यंग्यात्मक रुपमा भनेकी  छिन्, ‘देउरालीको चौतारीमा हावा सरर, बगाएर लाने भो माया तिमीलाई बालै फरर…’ सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले वरिष्ठ नेता झलनाथ खनाल, माधव […]

माधव नेपाल र झलनाथ खनालसहित ११ जना पार्टीबाट निष्कासित

१० जेठ,काठमाडौँ – नेकपा एमालेले खनाल–नेपाल समूहका ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । सोमवार (आज) बसेको नेकपा स्थायी कमिटी बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायत ११ जना प्रतिनिधि सभा सदस्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरेर निष्कासन गरेको हो । गएको शनिवार स्पष्टीकरण मागिएकाहरूले स्पष्टीकरण नबुझाएपछि उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत […]

ओलीको कारबाहीले रौं पनि हल्लिँदैन : झलनाथ खनाल

१० जेठ, काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफूहरुलाई गरेको कारबाहीले केही फरक नपर्ने टिप्पणी गरेका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गद्दारको संज्ञा दिएका छन् । आज बसेको एमालेको स्थायी कमिटी बैठकले नेता खनालसहित ११ जना नेतालाई पार्टीबाट निश्काषन गरेको थियो । सो निर्णय लगत्तै प्रतिक्रिया दिँदै नेता खनालले यस्तो बताएका हुन् । […]

माओवादीको निर्णय : सातै प्रदेशमा अक्सिजन प्लान्ट, खोपका लागि कूटनीतिक पहल

१० जेठ, काठमाडौँ – नेकपा(माओवादी केन्द्र)ले सात वटै प्रदेशका सरकारी र सामुदायिक अस्पतालहरुको वरिपरि सातवटा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । कोरोना महामारीमा अक्सिजन नपाएर स्वास्थ्य जोखिममा परेका नागरिकका लागि सहज रुपमा अक्सिजन उपलब्ध गराउन त्यस्ता प्लान्ट स्थापना गर्न लागिएको हो । कोरोना नियन्त्रणको लागि माओवादी केन्द्रको स्थायी समितिले पारित गरेको नीति, कार्यक्रम र […]

एमालेले थप १२ जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय

१० जेठ, काठमाडौँ – नेकपा एमालेले थप १२ जना नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।  सोमबार बालुवाटारमा बसेको स्थायी समिति बैठकले नेता सुरेन्द्र पाण्डेसहित १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । थप स्पष्टीकरण सोधिएका नेताहरूमा सुरेन्द्र पाण्डे, विरोध खतिवडा,जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ,यज्ञ सुनुवार, […]

प्रधानमन्त्रीले सत्तासङ्कट टार्न नागरिकता अध्यादेश ल्यायो : विप्लव

१० जेठ, काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गरेकोप्रति आपत्ति जनाउनु भएको छ  । सोमबार विज्ञप्ति जारी गर्दै पार्टी महासचिव विप्लवले ओली सरकारले आफ्नो सत्तासङ्कट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्नका लागि नागरिकता अध्यादेश ल्याएको आरोप लगाउनु भएको छ […]