राजनीति
प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिकः सभामुख सापकोटा
८ जेठ, काठमाडौं– प्रतिनिधि सभाका सभामुख अग्नीप्रसाद सापकोटाले पछिल्लो विकसित मुलुकमा भएको राजनीतिक घटनाक्रम र राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको बताउनुभएको छ । सभामुख सापकोटाले आज एक वक्तव्य जारी गर्दै, ‘यो कदम २०७७ पुस ५ को प्रतिनिधि सभा विघटन विरुद्ध ६७ दिनसम्म गरिएको संवैधानिक, कानुनी र राजनैतिक संघर्षको भावना एवं सर्वोच्च […]
यस्तो छ माओवादी केन्द्रको प्रेस वक्तव्य (पूर्णपाठ)
८ जेठ, काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रतिनिधिसभा विघटनको घोषणालाई असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम ठहर गर्दै भर्त्सना गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले यस्तो ठहर गरेको हो ।
फेरि संसद पुनर्स्थापना भएर लोकतन्त्र ट्रयाकमा जाने प्रचण्डको विश्वास
७ जेठ, काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि संसद पुनर्स्थापना हुने विश्वास ब्यक्त गर्नुभएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने अवस्था हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्रीसँग मिलेर असंवैधानिक रुपमा संसद विघटन गरेको उहाँले बताउनु भयो । शनिबार विपक्षी गठबन्धनको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भन्नुभयो, ‘‘फेरि संसद पुनर्स्थापना भएर […]
माओवादी केन्द्रको आकस्मिक स्थायी कमिटी बैठक बस्दै
८ जेठ, काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटीको बैठक बोलाएको छ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न माओवादी केन्द्रले काकस्मिक स्थायी कमिटी बैठक बोलाएको हो । बैठक दिउँसो ३ बजे पेरिसडाँडामा बस्दै छ । संसद विघटन भएको अवस्थामा कसरी अगाडि बढ्ने रणनीति तय गर्न बैठक बस्न लागेको एक नेताले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा विघटनविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने विपक्षी गठबन्धनको निर्णय
८ जेठ, काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनका नेताहरुले राजनीतिक र कानुनी लडाइँ लड्ने भएका छन् । शनिबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको विपक्षी दलहरुको बैठकले राष्ट्रपति– प्रधानमन्त्रीको कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेको हो । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका वरिष्ठ नेता माधव […]
सरकारले चुनाव गर्न तोकेको समय पर्याप्त : निर्वाचन आयोगक
८ जेठ, काठमाडौँ – निर्वाचन आयोगका पदाधिकारीले निर्वाचनका लागि सरकारले तोकेको समय पर्याप्त रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार बिहान छलफलमा सहभागी प्रमुख आयुक्त र आयुक्तहरुले सरकारले तोकेको मितिभित्रै निर्वाचन गराउन सकिने जानकारी गराउनु भएको हो । आयोगका पदाधिकारीलाई शनिबार बिहान बालुवाटारस्थित निवासमा बोलाएर प्रधानमन्त्री ओलीले परामर्श गर्नुभएको थियो । परामर्शमा सहभागी […]
संसदीय व्यवस्था असफल, जनमतसंग्रह भए सरकारमा जान्छौं : विप्लव
८ जेठ, काठमाडौँ – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले झण्डै दुईतिहाइ जनमतसहित बनेको नेकपा र केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएकै कारण संसद विघटन भएको बताएको छ । यो कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएरै संसदीय व्यवस्थाकै समस्या भएको विप्लव नेकपाको ठहर छ । शनिबार महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै वर्तमान राजनीतिक […]
एमालेको स्थायी कमिटी बैठक बस्दै
८ जेठ, काठमाडौं– प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन पश्चात आज पार्टी स्थायी कमिटी बैठक बोलाएका छन् । उनले आज अपराह्न ४ बजेका लागि बालुवाटारमा बैठक बोलाएका हुन् । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफ हुने जनाइएको छ । यसअघि सरकारको सिफारिसमा हिजो राति संसद विघटन गरी दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन घोषणा […]
चुनावको मिति तोक्नु गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च : भट्टराई
८ जेठ, काठमाडौँ – पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मध्यावधि चुनावको मिति तोक्नु संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च रहेको दाबी गर्नुभएको छ । शुक्रबार राति मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन घोषणा गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते हुनेगरी मध्यावधि चुनाव मिति तोक्नुभएको छ। भट्टराईले […]
संसद विघटनबारे आगामी रणनीति तय गर्न विपक्षीले बोलायो संयुक्त बैठक
८ जेठ, काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि विपक्षी गठबन्धनको संयुक्त बैठक बस्दै छ । शनिबार विहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको काँग्रेसको एक नेताले जानकारी दिनु भएको हो उक्त नेताको अनुसार बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र […]



