राजनीति
कथित चुनाव उद्घोष सर्वसत्तावाद लाद्ने जालझेल : नेपाल
८ जेठ, काठमाडौँ – नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले मध्यावधि चुनाव गराउने घोषणा सर्वसत्तावाद लाद्ने जालझेल भएकाले डटेर प्रतिवाद गर्न आह्वान गर्नु भएको छ । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएराति १:४५ बजे प्रतिनिधिसभा विघटन घोषणा गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते हुनेगरी मध्यावधि चुनाव मिति तोक्नुभएको हो । सरकारको पछिल्लो […]
शर्माको टिप्पणी – राष्ट्रिय स्वाधीनता र जनअधिकारलाई समाप्त पार्ने अपराधपूर्ण कार्य
८ जेठ, काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता जनार्दशन शर्माले संसद विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गर्नुलाई राष्ट्रिय स्वाधीनता र जन अधिकारलाई समाप्त पार्ने अपराधपूर्ण कार्य भएको टिप्पणी गर्नुभएको छ । उहाँले आज बिहान समाजिक सञ्जालमार्फत त्यस विरुद्ध एकजुट हुन आग्रह गर्नुभएको हो । “राज्य असफल पारेर राष्ट्रिय स्वाधीनता र जन अधिकारलाई समाप्त पार्ने अपराधपूर्ण […]
संसद विघटनपछि देउवाले डाके आकस्मिक बैठक
८ जेठ, काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएका छन् । संसद विघटन भएपछि प्रमूख प्रतिपक्षी दलका सभापति देउवाले शनिवार विहान साढे ९ बजे देउवा निवास बूढानीलकण्ठमा बैठक बस्नेगरी आकस्मिक बैठक डाकेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति १ बजे प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक […]
एमाले टकरावले संकट
८ जेठ, काठमाडौँ – नेकपा एमालेमा देखिएको विवाद सरकार बन्ने र भत्कने खेलको कारण बनेको छ। एमालेमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहमा देखिएको टकरावले सरकारको स्थिरतामा समस्या आएको हो। एमालेभित्रकै विवादका कारण पुर्नस्थापित प्रतिनिधिसभाले समेत राम्रोसँग काम गर्न नसकेपछि यो संस्थासहित ओली नेतृत्वको सरकार पनि धरापमा परेको छ। एमालेमा विवाद […]
राजतन्त्रात्मक शैलीमा मध्यरातमा डकैती गरियो : वर्षमान पुन
८ जेठ, काठमाडौँ – माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनले मध्यरातमा संसद विघटन गरेर डकैती गरिएको बताएका छन् । राष्ट्रपति भण्डारीले सरकार गठनका लागि गरिएका दुबै दाबी खारेज गर्ने निर्णय लगत्तै नेता पुनले सो प्रतिक्रिया दिएका हुन् । सामाजिक सञ्जालमा लेख्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहले पनि यस्ता असंवैधानिक र निरंकुश कदम चाल्न मध्यरातको समय […]
मध्यरातमा अर्को ‘ट्विस्ट’: प्रतिनिधिसभा भंग, दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा
८ जेठ, काठमाडौं– राष्ट्रपति विद्या भण्डारीले मध्यरातमा प्रतिनिधिसभा भंग गरेर निर्वाचनको मिति घोषणा गरेकी छन्। मध्यरातमा बसेको मन्त्रिपरिषद बैठकको सिफारिस सदर गर्दै राष्ट्रपति भण्डारीले दुई चरणमा प्रतिनिको सभाको मध्यावधि चुनावको मिति घोषणा गरेकी हुन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६(७) बमोजिम प्रतिनिधिसभा विघटन गरी पहिलो चरमा कार्तिक २६ र दोस्रो चरणमा मंसिर ३ गतेका लागि […]
उपेन्द्र यादव पक्षका १२ जना सांसदलाई कारवाही गरिने पत्र राष्ट्रपति कार्यालयमा
७ जेठ, काठमाडौँ – जनता समाजवादी पार्टी नेपाल महन्थ ठाकुर पक्षले काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १२ जनालाई मान्यता नदिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र पठाएको छ । जसपा नेपालका संसदीय दलका नेता राजेन्द्र महतोले लेखेको पत्रमा काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफ्नो दलबाट १२ जनाले गरेको हस्ताक्षर गर्ने सांसद्लाई पार्टीले कारवाहीको […]
योगेश भट्टराईले भने- ‘मेरो राजनीतिक जीवनकै सबैभन्दा कठिन दिन आज’
७ जेठ, काठमाडौँ – नेकपा एमालेका नेता योगेश भट्टराईले आफ्नो राजनीतिक जीवनकै कठिन दिन आज भएको बताएका छन् । एमालेको माधव पक्षका २६ सांसदले विपक्षी गठबन्धन नेता शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेपनि भट्टराईले भने गरेका थिएनन् । उनले एमाले एकता जोगाउन देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको बताएका थिए । सोही प्रसंगलाई लिएर भट्टराईले सामाजिक सञ्जाल […]
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
६,जेठ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ ७ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। संविधानको धारा ७६ को उपधारा (५) अनुसार नयाँ सरकार बन्ने प्रक्रिया चलिरहेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाइएको बैठकका अजेन्डा भने मन्त्रीहरुलाई भनिएको छैन। शुक्रबार प्रधानमन्त्री ओली र प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले नयाँ सरकार […]
जसपाको समर्थन प्रधानमन्त्री ओलीलाई
७ जेठ, काठमाडौं– जनता समाजवादी पार्टी नेपाल (जसपा) संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज जसपाका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतो पक्षका सांसदको बैठकले अहिलेका परिस्थितिमा प्रधानमन्त्री ओलीका पक्षमा उभिने निर्णय गरेको हो । नेता महतोले वर्तमान सरकारका प्रधानमन्त्री ओलीले मधेशका माग पूरा […]



