Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026

समाचार

खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

२३ असार, काठमाडौं– खुकुरी प्रहार गरी हत्या गरेका अभियोगमा इलामबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाम नगरपालिका–१२ साङरुम्बा पिप्ले भञ्ज्याङ बस्ने ५८ वर्षीय धन बहादुर राईको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ वर्षीय यम बहादुर सावालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । सावाले रिसिबीको कारण धारिलो हतियार खुकुरी […]

थपिए २९७९ नयाँ संक्रमित, १३३३ निको

२३ असार, काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार मुलुकभरमा ७ हजार ८ सय ३५ जनाको पिसिआर परीक्षणगर्दा २ हजार ७७ जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९०२ जनामा पुष्टि भएको छ। यस्तै मन्त्रालयले पछिल्लो २४ घन्टामा १ […]

रेडपान्डाको छालासहित दुई पक्राउ

२३ असार, काठमाडौं– रेड पान्डाको छाला सहित प्रहरीले कैलालीबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले धनगढी उपमहानगरपलिका–४ बोराडाँडीस्थित पण्डित मोटर्स वर्कशपबाट दुर्लभ वन्यजन्तु रेडपाण्डाको १ थान छाला सहित २ जनालाई मंगलबार दिउँसो पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–३ बस्ने ३८ वर्षीय मुकेश भट्ट र पण्डित मोटर्स वर्कशपका संचालक भारत मोतिहारी केशरीया […]

अझै तीन दिन देशभर मौसम बदली हुने

२२ असार, काठमाडौं– मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ । हाल प्रदेश नं २ र वाग्मतीमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा बिहानपख मौसम खुले पनि अहिले आंशिक रुपमा […]

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

२२ असार, काठमाडौं– बैंकिङ कसूर मुद्दाका फरार एक प्रतिवादी प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बुढानिलकण्ठ नगरपालिका–७ बस्ने ५९ वर्षीय प्रतिवादी लाक्पा लामालाई मंगलबार पक्राउ गरेको हो । उनी बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७७ माघ ९ गतेको फैसलाले ७ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भएको र उक्त सजाय वेरुजु रही […]

अवैध लागूऔषधसहित दुई पक्राउ, दुई जना फरार

२२ असार, काठमाडौं– प्रहरीले अवैध लागूऔषध गाँजासहित सुनसरीबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले बराहक्षेत्र नगरपालिका–८ सुक्रबारेबाट करिब १ सय ५० किलो अवैध लागूऔषध गाँजा र १ थान नक्कली पेस्तोल सहित २ जनालाई सोमबार राति पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २२ वर्षीय भुपेन राय र सुनसरी रामधुनि नगरपालिका–७ बस्ने २५ […]

जर्मनीले हटायो नेपालसहितका पाँच मुलुकबाट आउने पर्यटकमाथि लगाएको प्रतिबन्ध

एजेन्सी– जर्मनीले नेपालसहित कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमणबाट प्रभावित पाँच मुलुकबाट आउने पर्यटकमाथि लगाएको प्रतिबन्ध हटाएको छ । जर्मनीले यही बुधबारदेखि लागू हुने गरी नेपालसहित बेलायत, रुस, पोर्चुगल र भारतबाट आउने पर्यटकमाथि लगाएको प्रतिबन्ध हटाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रतिबन्ध हटाएसँगै अब नेपालसहितका मुलुकबाट कोरोना भाइरसको खोपको पूरा मात्रा लगाएर जर्मनी पुगेर क्वारेन्टिनमा पनि […]

एक्सपाएर डेविट कार्ड प्रयोग गरी एटिएमबाट पैसा निकाल्ने २ जना पक्राउ

२१ असार, काठमाडौं– एक्सपाएर डेविट कार्ड प्रयोग गरी एटिएमबाट पैसा निकालेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं भत्केको पुल बस्ने सोलुखुम्बु घर भएका ५७ वर्षीय जगत बहादुर गुरुङ र पर्सा घर भएका ३० वर्षीया सावित्री गुरुङ रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुले सिद्धार्थ बैंकको विभिन्न स्थानमा […]

थपिए २६२२ नयाँ संक्रमित, थप २३ को मृत्यु

२१ असार, काठमाडौं– पछिल्लो २४ घण्टामा थप नेपालमा थप २ हजार ६२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिमार्फत परीक्षण गर्दा कुल २ हजार ६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोना १ हजार २११ जना कोरोना संक्रमणबाट मुक्त भएका […]

मध्यावधि निर्वाचनका लागि साउन १५ गतेसम्म दल दर्ता गर्ने समय तोकियो

२१ असार, काठमाडौं– मध्यावधि निर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न समय तोकेको छ । सोमबार आयोगले एक विज्ञप्ति जारी गर्दै मध्यावधि निर्वाचनका लागि समय तोकेको हो । आयोगले दल दर्ताका लागि असार ३१ देखि साउन १५ गतेसम्‍म दल दर्ताको समय दिएको छ । सरकारले संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि […]