समाचार
आफ्नै श्रीमतीलाई एसिड प्रहार गर्ने एक पक्राउ
३० जेठ, काठमाडौं– रौतहटमा आफ्नै श्रीमतीलाई एसिड प्रहार गर्ने एक जना पक्राउ परेका छन् । प्रहरीले आफ्नै ३८ वर्षीया श्रीमतीलाई एसिड प्रहार गरेको अभियोगमा चन्द्रपुर नगरपालिका–४ चपुर चोक बस्ने ४२ वर्षीय पुरुषलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरुबिच घरायसी झै–झगडा हुँदा आफ्नै श्रीमतीलाई सुन पखाल्न प्रयोग हुने एसिड प्रहार गर्दा घाइते […]
उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाएर थप्ने तयारी, केहीबेरमा सीडीओहरुको बैठक बस्दै
३० जेठ, काठमाडौं– उपत्यकामा जारी निषेधाज्ञा सकिन लाग्दा आज तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । उपत्यकाका तिन जिल्लामा जारी निषेधाज्ञा जेठ ३१ गते सकिन भएकाले त्यस पछिको समयमा निषेधाज्ञालाई कसरी अघि बढाउने भन्ने टुंगो लगाउन संयुक्त बैठक बस्न लागेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । कोरोना महामारीको संक्रमण दर घटे पनि […]
काठमाण्डौ उपत्यकामा थप एक हप्ता निषेधाज्ञा हुने
३० जेठ, काठमाडौँ – काठमाण्डौ उपत्यकामा थप एक हप्ता निषेधाज्ञा थप्न आज तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । दिउँसो दुई बजे जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा बस्ने बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार यसपालि विद्यालयका पुस्तक ढुवानी र बिक्रीका लागि पुस्तक पसल खुलाउने तयारी छ […]
गाडी तोडफोड गरेको आरोपमा २ जना पक्राउ
२९ जेठ, काठमाडौँ – दाङको लमहीमा गाडी तोडफोड गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । लमही नगरपालिका ५ का २६ वर्षका रोशन भेटवाल र वडा नम्बर ६ का २७ वर्षका सुदन केसी पक्राउ परेका वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिनुभयो । पक्राउ परेका भेटवाल र केसीले जाँड रक्सीको नसामा तोडफोड […]
छिल्लो २४ घण्टामा ३,३८४ जना कोरोना संक्रमण, ६,२९५ जना संक्रमणमुक्त
२९ जेठ, काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ३ सय ८४ जनामा कारोना संक्रमण पुष्टि भएको छ । ८ हजार ५ सय ६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ३ सय ८२ जना र ५ हजार ९ सय ८८ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा […]
प्युठानमा गाडी दुर्घटना, चालकको मृत्यु
२९ जेठ, काठमाडौँ – प्यूठानमा कार दुर्घटना हुँदा चालकको ज्यान गएको छ । प्यूठानको मल्लरानी गइरहेको ध १ झ ५ नम्बरको कार दुर्घटना हुँदा चालक दाङको तुलसीपुरका प्रकाश आचार्यको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । बिहान कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानका कर्मचारीसहित वनभोज खान मल्लरानी जाँदै गर्दा कार दुर्घटना भएको प्रहरीको […]
देशका पूर्वी भेगबाट प्रवेश गरेको मनसुन तीन प्रदेशमा फैलियो, मङ्गलबारसम्म देशव्यापी हुने
२९ जेठ, काठमाडौँ – प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा यस वर्षको मनसुन भित्रिएको छ । देशका पूर्वी भेगबाट शुक्रबार प्रवेश गरेको मनसुन तीन प्रदेशमा फैलिएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशका जिल्लामा मनसुन भित्रिएको जानकारी दिए । पौडेलका […]
भाइको हत्या आरोपमा दाजुसहित २ जना पक्राउ
२९ जेठ, काठमाडौँ – आफ्नै भाइको हत्या गरेको आरोपमा महोत्तरीमा दाजुसहित दुई जना पक्राउ परेका छन् । लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराका ४५ वर्षीय लक्ष्मण साहको हत्या आरोपमा सहोदर दाजु रामचन्द्र साह र भतिजा उमेश साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गत बुधबार घरमा कूलदेवताको स्थान र पूजा आराधना विषयमा दाजुभाइबीच भएको विवाद […]
लक्षित समूहले खोप नपाएको गुनासो
२८ जेठ, काठमाडौँ – तनहुँको भानु नगरपालिका–११ रुपाकोटमा लक्षित समूहले कोभिड विरुद्धको खोप नपाएको गुनासो आएको छ । बैसठ्ठी देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई सञ्चालन गरिएको भेरोसेल खोप लक्षित समूहले नपाएको स्थानीयवासीले गुनासो गरेका हुन् । स्थानीयवासी रमेश अधिकारीले आफ्ना बाबुलाई खोप लगाउन जाँदा स्वास्थ्यकर्मीले खोप सकियो भनेर फिर्ता पठाएको बताउनुभयो । “बुबा ६४ […]
नेपाली टिम डीआरएस गेमिङ पबजी प्रो लिज दक्षिण एसियाको शीर्षस्थानमा
२८ जेठ, काठमाडौं– नेपाली पब–जी टिम डीआरएस गेमिङ पब–जी मोबाइल प्रो लिज दक्षिण एसिया च्याम्पिएनसिप २०२१ को शीर्ष स्थानमा पुगेको छ । डीआरएस गेमिङ पहिलो दिनको खेलपछि शीर्ष स्थानमा पुगेको हो । डीआरएसले ६ वटा खेलबाट ३८ किल हासिल गर्दै १०३ पोइन्टकासाथ पहिलो स्थानमा रहेको छ । यस्तै मंगोलियाको अस्त्र एकेडेमी ९८ अंकसहित दोस्रो स्थानमा […]



