Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026

समाचार

मकवानपुरमा एक साता निषेधाज्ञा थपियो

३० जेठ, काठमाडौँ – मकवानपुरमा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । मकवानपुरमा जेठ ३१ गतेसम्म जारी निषेधाज्ञा असार ७ गतेसम्मका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डेले जानकारी दिनुभयो । खाद्यान्न तथा तरकारीसहित केही सहजताका साथ अन्य आवश्यक पसल व्यवसाय सञ्चालन हुने गरी निषेधाज्ञा लम्बाइएको जनाइएको छ ।

डा. श्रीकृष्ण गिरीलाई प्रधानमन्त्री ओली समेतले दबाब दिएको नागरिक आन्दोलनको आरोप

३० जेठ, काठमाडौं– बृहत् नगारिक आन्दोलन र सोलिडारिटी फर डा. केसी अलायन्सले प्रधानमन्त्री केपी ओली समेतले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई बालुवाटारमै बोलाई प्रक्रिया मिचेर बीएण्डसीलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न नाजायज दबाब दिएको भन्दै आपत्ति जनाएको छ । अलायन्सले आज एक विज्ञप्ती जारी गर्दै उपाध्यक्ष गिरीलाई प्रधानमन्त्री ओली, शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ […]

उद्योगमा विष्फोट हुँदा १ मजदूरको मृत्यु

३० जेठ, काठमाडौँ – बाँकेको पार्वतीपुर औद्योगिक करिडोरमा रहेको एक प्लाइउड उद्योगमा विष्फोट हुँदा १ मजदूरको मृत्यु भएको छ । कोहलपुर नगरपालिका-१४ स्थित पार्वतीपुरमा रहेको गणपति डोर एण्ड प्लाई बोर्ड इन्डस्ट्रिज प्रालिमा रहेको स्टिम बोइलर मेसिन अचानक विष्फोट हुँदा बारबर्दिया नगरपालिका वडा नं। ९ बर्दिया निवासी खुशीराम थारुको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय […]

जबरजस्ती करणी अभियोगमा एक पक्राउ

३० जेठ, काठमाडौं– प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट एक पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले चौबीस वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका–२८ धापाखेल डेरा गरी बस्ने रामेछाप खांडादेबी गाउँपालिका–१ घर भएका २३ वर्षीय अनुष माझीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । माझीले ती महिलालाई शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने खबर […]

कारोवार रकममा नयाँ रेकर्ड बनाउँदै नेप्से ३ हजार विन्दु नजिक

३० जेठ, काठमाडौं– सेयर कारोबार परिसूचक नेप्सेले आज फेरी कारोवार रकममा नयाँ रेकर्ड बनाएको छ । आज नेप्सेमा कुल १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६ सय ३६ रुपैयाँको कारोवार हुँदै नयाँ रेकर्ड कायम भएको हो । धितोपत्र कारोवार हुने सातको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३८ दशमलव ३२ अंकले […]

उपत्यकाको निषेधाज्ञा एक हप्ता थपियो, खाद्यान्न र किराना पसलहरु ११ बजेसम्म खोल्न पाइने

३० जेठ, काठमाडौं– काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । थपिएको निषेधाज्ञा भने केही क्षेत्रलाई सहज बनाइएको छ । थपिएको अवधिमा खाद्यान्न पसलहरु ११ बजेसम्म खोल्न पाइने, अनलाइन डेलिभरी गर्न दिइने, पुस्तक पसललाई बिहान ११ बजेसम्म अनुमति दिइएको छ । यस्तै हार्डवेयर […]

काठमाडौं महानगरमा रोकिएको खोप अभियान भोलीदेखि पुनः सञ्चालनमा आउने

३० जेठ, काठमाडौं– काठमाडौं महानगरमा ६० र ६१ वर्ष उमेर समूहका नागरिकलाई कोभिड–१९ विरुद्धको भेरोसेल खोप दिइने भएको छ । खोप अभावमा स्थगित कार्यक्रम खोपको व्यवस्था भएपछि आगामी सोमबार र मंगलबार यो उमेर समुहका नागरिकलाई खोप दिन लागिएको हो । काठमाडौं महानगरपालिकाले आज एक विज्ञप्ती जारी गर्दै जेठ ३१ गते सोमबार र असार १ गते […]

गाई काटेको अभियोगमा दुईजना पक्राउ

३० जेठ, काठमाडौं– प्रहरीले गाई काटेको अभियोगमा भोजपुरबाट दुई जनालाई पक्राउ गरेको छ । प्रक्राउ पर्नेमा भोजपुर नगरपालिका–४ एक्लेटोल बस्ने २६ वर्षीय पेम्बा तामाङ र सोही ठाउँ बस्ने ६० वर्षीय पुर्ण बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । पूर्णको गुवाली घरमा गाई काटेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र जिल्ला भेटनरी अस्पताल तथा पशु […]

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाले लगायो ह्वीप

३० जेठ, काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेश सरकारमा प्रस्तुत भएको नीति तथा कार्यक्रमको विपक्षमा उभिन ह्वीप लगाएको छ । जसपाले सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न सांसदलाई ह्वीप जारी गरेको हो । जसपा प्रमुख सचेतक पुर्मती ढेंगा मगरले आज एक विज्ञप्ती जारी गर्दै सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न […]

खोपको सुनिश्चितता नगरेसम्म ट्याङ्कर चालकले इन्धन ढुवानी नगर्ने

३० जेठ, काठमाडौं– खोपको सुनिश्चितता नभएसम्म पेट्रोलियम पदार्थको ढुवानी नगर्ने नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले संघले जनाएको छ । कोरोना भाइरसविरुद्धको खोपको व्यवस्था मिलाउन सरकारसँग माग गर्दै संघले ढुवानी नगर्ने जनाएको हो । संघले आइतबार नेपाल आयल निगमलाई पत्र पठाउँदै खोपको व्यवस्था नभएसम्म अतिआवश्यक सेवाभित्र राखिएको पेट्रोलियम पदार्थको ढुवानी रोक्ने जनाएको हो । संघले दोस्रो […]