Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026

समाचार

गैंडा तस्करीमा संलग्न एक जना पक्राउ

२८ जेठ, काठमाडौँ – चितवन राष्ट्रिय निकुञ्जले गैंडा तस्करीमा संलग्न एकजनालाई पक्राउ गरेको छ । निकुञ्जको चोरी शिकार नियन्त्रण एकाइले खड्कबहादुर गुरुङलाई गैंडाकोटबाट पक्राउ गरेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार गैंडाकोट नगरपालिका वडा नं ३ ढोडेनीका ३२ वर्षीय सोमा र मिनबहादुर गुरुङ भनिने खड्कबहादुर गुरुङलाई पक्राउ गरिएको हो । चोरीशिकार नियन्त्रण विशेष […]

श्रीगजेन्द्रमोक्ष संस्कृत परिषद्द्द्वारा राहत वितरण

२७ जेठ, काठमाडौँ – मुक्तिनाथ पीठ वेद विद्याश्रम, त्रिवेणीधाम  नवलपुरका विद्यार्थीहरूद्वारा संगठित श्रीगजेन्द्रमोक्ष संस्कृत (परिषद्) ले नवलपरासी जिल्ला अन्तर्गत  विनयी त्रिवेणी गा.पा. भित्रका अति विपन्न परिवारहरुलाई खाद्यान्न,औषधि र स्वास्थ्य सुरक्षाका सामग्रीहरू वितरण गरेका छन । कोरोना भाइरसको दोश्रो लहरले नेपाल आक्रान्त र लकडाउनका कारण कैयन नेपालीहरुको दैनिक रोजिरोटीमा समेत असर परेकाले अतिविपन्न असहाय आमाबुबा  र […]

गणेश लामा पोखरामा पक्राउ, राजनीतिक चलखेल गर्न आएको आरोप

२७ जेठ, काठमाडौँ – ‘डन’ को रुपमा प्रचारित नेपाली कांग्रेसका युवा नेता गणेश लामालाई पोखरामा प्रहरीले पक्राउ गरेको छ । निषेधाज्ञा छिचोल्दै पोरखा पुगेका उनलाई क्याटवाक रेस्टुरेन्टबाट पक्राउ गरिएको हो । लामा पोखरा आएर लेकसाइडको खहरेस्थित पोखरा बुटिकमा बसेका थिए । त्यहाँबाट भागेर क्याटवाक रेस्टुरेन्ट पुगेका उनलाई प्रहरीले घेरा हालि नियन्त्रणमा लिएको हो । उनलाई […]

नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

२७ जेठ, काठमाडौं– सर्वोच्च अदालतले नेपाल नागरिकतासम्बन्धी ९पहिलो संशोधन० अध्यादेश, २०७८ तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले आज सा अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । “यस प्रकारको विषयमा संघीय संसद्बाट विधेयक […]

नागरिक एपमा समस्या आए भाइबरबाट गुनासो गर्न सकिने

२७ जेठ, काठमाडौँ – ‘सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा’ भन्ने नाराका साथ सार्वजनिक गरिएको ‘नागरिक एप’ का प्रयोगकर्ताले भाइबरबाटै समस्या र जिज्ञासाहरू टिपाउन पाउने भएका छन् । सरकारले पूर्णरूपमा सार्वजनिक गरेको उक्त एप सञ्चालनमा देखिएका समस्या समाधानका लागि भाइबर हेल्प हेस्क शुरु गरेको हो । एपका प्रयोगकर्ताले एपको अफिसियल मोबाइल नम्बर […]

नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

२७ जेठ, काठमाडौँ – सरकारले ल्याएको नागरिकता अध्यादेश तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । रिटको सुनुवाई गर्दै संवैधानिक इजलासले सो आदेश दिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको इजलासले दिएको आदेशमा भनिएको छ– ‘अध्यादेश कार्यान्वयन गर्नुको न्यायिक औचित्य देखिन आएन । सरकारको सिफारिसमा यही जेठ ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले […]

द साल्भेसन मिसन नेपालद्वारा २ सय घर धुरीलाई खाद्यान्न सामग्री बितरण

२७ जेठ, काठमाडौँ – द साल्भेसन मिसन नेपालद्वारा २ सय घर धुरीलाई खाद्यान्न सामग्री बितरण गरेको छ । विभिन्न जिल्लाबाट काठमाडौं, भक्तपुर र ललितपुरमा ज्याला मजदुरी गर्दै आएको एकल महिला, सहिद परिवार, कोभिड-१९ ले गर्दा रोजगार गुमेका श्रमिक परिवारलाई भक्तपुरमा खाद्यान्न सामग्री बितरण गरेको हो । करिव २०० घर धुरीलाई श्री काकलिङ माबि दोरम्बाको पूर्व […]

फेसबुकले आफ्नो पहिलो स्मार्टवाच सार्वजनिक गर्ने

एजेन्सी– फेसबुकले आफ्नो पहिलो स्मार्टवाच सार्वजनिक गर्ने भएको छ । फेसबुकले सार्वजनिक गर्ने स्मार्टवाचमा दुई ओटा डिट्याचेबल क्यामेरा पनि हुनेछ । यो क्यामेरा प्रयोगकर्ताले आफू खुशी लगाउन वा हटाउन सक्नेछन् । ती क्यामेराबाट खिचेको फोटो वा भिडियो फेसबुकको सेवाहरुमा सेयर गर्न पनि पाइनेछ । फेसबुक सँगै यसलाई इन्स्टाग्राममा पनि सेयर गर्न सकिन्छ । स्मार्टवाचमा भिडियो […]

बागमती नदी किनारमा असार १ देखि नजान मेलम्ची खानेपानीको आग्रह

२७ जेठ, काठमाडौँ – मेलम्ची खानेपानी विकास समितिले पानी बहाव बढ्न सक्ने भन्दै असार १ गतेबाट बागमती नदी किनारमा नजान अनुरोध गरेको छ । आयोजनाको सुरूङ परीक्षणका लागि सुरूङभित्र रहेको पानी फाल्नु पर्ने भएकोले बागमतीको बहाव बढ्ने भन्दै नदी किनारामा नजान समितिले भनेको हो। समितिले बिहीबार विज्ञप्ति जारी गर्दै बागमती नदीसँगै मेलम्ची नदी, अडिट टनेल […]

पूर्वबाट मनसुन प्रवेश गर्दै, केही दिनभित्रै वर्षा बढ्ने

२७ जेठ, काठमाडौं– नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँले केही वर्षा बढ्न थालेको र आगामी हप्ताबाट भने ठाउँठाउँमा भारी बर्षासमेत हुने बताउनुभयो । “हामी अहिले मनसुनको निगरानी […]