Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026

समाचार

के जग्गा नामसारीकै विषयमा प्रधानन्यायाधीशलाई भेट्न गएका हुन् त प्रधानसेनापति

१० फागुन  काठमाडौं –  सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ । सोमबार दिउँसो जबरा र थापाबीच भेटघाट भएको जनाइएको छ । भेटवार्तामा दुईबीचमा सर्वोच्च अदालत पछाडि सेनाको नाममा भएको जग्गा सर्वोच्चका नाममा नामसारी गर्ने विषयमा छलफलका लागि भेटवार्ता भएको भनिए पनि उक्त भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ । […]

ओली समूहका नेताको गाडी तोडफोड, कार्यक्रम नगर्न प्रचण्ड–माधव समूहको धम्की

१० फागुन काभ्रे – काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–५ मा नेकपाको ओली समूहका केन्द्रीय नेता चढेको गाडी आइतबार राति तोडफोड गरी आगजनीको प्रयास भएको छ। गाउँपालिकाको ५ नम्बर वडा कमिटी विस्तार गर्ने कार्यक्रमका लागि त्यहाँ पुगेका नेता बास बसेको घर नजिकै रोकि राखिएको बा १५ च ७८२१ नम्बरको गाडी तोडफोड भएको हो। करिब एक दर्जन मोटरसाइकलमा आएको […]

प्रचण्ड–नेपाल समुहले गर्‍यो ६८ जिल्लाको नेतृत्व चयन x

१० फागुन काठमाडौं –  पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले रिक्त रहेका विभिन्न जिल्लाको नेतृत्व चयन गरेका छन ।फागुन पहिलो हप्ता बसेको नेकपाको स्थायी समितिको बैठकले बनाएको मापदण्डका आधारमा सबै रिक्त जिल्लाको पदाधिकारी चयन गरेका हुन । जसमा प्रचण्ड र नेपाल पक्षबीचमा भागवण्डा नै भएको छ। सहमतिको आधारमा भागवण्डा गरेर संख्या टुंगो लगाइएको […]

२४ वर्षअघि मृत्यु भएका एक गायकको स्वरमा नयाँ गीत रेकर्ड

१० फागुन एजेन्सी– दक्षिण कोरियामा गायकको मृत्यु भएको २४ वर्षपछि उनकै स्वरमा गीत रेकर्ड भएको छ ।२४ वर्षअघि मृत्यु भएका एक गायकको स्वरमा दक्षिण कोरियाको एउटा प्रविधि कम्पनीले नयाँ गीत रेकर्ड गराएको हो । त्यसका लागि एआई अर्थात् आर्टिफिशल इन्टेलिजन्सबाट सञ्चालित हुने एउटा सफ्टवेअरलाई सन् १९९६ मा मृत्यु भएको गायक किम ख्वाङ सियोकको गायकका पुराना […]

तान्जानियाका राष्ट्रपति मागुफुलीले मुलुकमा कोरोना संक्रमण फैलिएको स्वीकार

१० फागुन  काठमाडौं – विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुखले तान्जानियालाई कोरोना भाइरस कोभिड–१९ को महामारी नियन्त्रणका लागि आवश्यक कदम चाल्न आग्रह गरेका छन् । पछिल्लो समय तान्जानियामा उल्लेख्य संख्यामा कोरोना संक्रमण फैलिरहेको अवस्थामा डब्ल्यूएचओले यस्तो आग्रह गरेका हुन ।   तान्जानियाका राष्ट्रपति जोन मागुफुलीले लामो समयदेखि कोरोना महामारीको बेवास्ता गर्दै आएका छन् । उनले बारम्बार […]

महानिरीक्षक लामाद्वारा ट्राफिक प्रहरी कार्यालय सिन्धुलीमा नवनिर्मित भवन उद्‍घाटन

१० फागुन काठमाडौं – जिल्ला ट्राफिक प्रहरी कार्यालय खुर्कोट सिन्धुलीको नवनिर्मित भवन उद्‍घाटन गरिएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले गोलान्जोर गाउँपालिका-७ खुर्कोटस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय खुर्कोट सिन्धुलीको नवनिर्मित कार्यालय, ब्यारेक तथा भान्सा घरको आइतबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गरेका हुन्। साथै उनले नवनिर्मित भवनको निरीक्षण समेत गरे। बागमती प्रदेश प्रहरी कार्यालय […]

गोरखामा राति सुतेका एकै परिवारका तीनजना मृत भेटिए

१० फगुन काठमाडौं  – गोरखामा एकै परिवारका तीनजना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार बारपाक सुलिकोट गाउँपालिका १, बारपाकमा तीनजना मृत फेला परेका हुन् ।   गण्डकी प्रदेश प्रहरी कार्यालयका डीएसपी राजकुमार थिङका अनुसार मृत फेला पर्नेमा ८४ वर्षीय डिलबहादुर गुरुङ, २१ वर्षीया आइतकुमारी गुरुङ र १४ वर्षीया उषा गुरुङ छन् । गएराति […]

१० वर्षीय बालिका बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

१० फागुन काठमाडौं – १० वर्षीय बालिकामाथि बलात्कार गरेको आरोपमा डडेल्धुरामा एक जना शिक्षक पक्राउ परेका छन् । प्रहरीले बलात्कार गरेको आरोपमा जिल्लाको गन्यापधुरा गाउँपालिका–४ को भुवनेश्वरी माध्यमिक विद्यालयका ४७ वर्षीय शिक्षकलाई आइतबार पक्राउ गरेका हुन । विद्यालयले कक्षा २ मा पढ्ने बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीसमक्ष उजुरी दिएको थियो । जिल्ला प्रहरी कार्यालय […]

मेलम्ची खानेपानीको सुरुङ आज परीक्षण गरिँदै

१० फागुन काठमाडौं – बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ आज परीक्षण गरिँदै छ। साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भरेर परीक्षण गर्न लागिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले सुरुङ निर्माणको सम्पूर्ण काम पूरा गरेपछि पानी हालेर परीक्षण गरिन लागिएको छ । आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम गरेर आजदेखि […]

चितवनमा बिना अनुमति औषधि ओसारपसार गर्ने तीन जना पक्राउ

१०फागुन रासस – जिल्ला प्रहरी कार्यालय चितवनले बिना अनुमति औषधि ओसारपोसार गर्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–३ का ३० वर्षीय दिनेश तामाङ, २२ वर्षीय प्रदीप विश्वकर्मा र वडा नम्बर २ का १८ वर्षीय समीर तामाङ रहेका छन् । प्रहरीले भरतपुर–३ मा कोठा गरी बस्ने दिनेश तामाङको कोठाबाट लागुऔषध बिक्री वितरण […]