समाचार
प्रधानमन्त्री ओली र विप्लवको आज एकैदिन जन्मदिन
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव समूहका नेत्रविक्रम चन्द विप्लवको जन्मदिन आज एकैदिन परेको छ । तेह्रथुमको ईवा गाविसमा २००८ साल फागुन ११ गते जन्मिएका प्रधानमन्त्री ओली आजबाट ७० बर्षमा प्रबेश गरेका छन् भने विप्लव ५३ वर्षमा प्रवेश गरेका छन् । विप्लव रोल्पाको केवरीमा २०२४ साल फागुन ११ गते जन्मिएका थिए । आज […]
सुनको भाउ आज तोलामा ११ सयले बढ्यो
११ फागुन काठमाडौं – सुनको भाउ आज सोमबार तोलामा ११ सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलाको ९० हजार एक सय रुपैयाँमा पुगेको छ । सुनको मूल्य हिजो भने स्थिर थियो । तर, आज फेरि तोलामा ११ सय रुपैयाँले बढेको छ। त्यस्तै, आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर […]
रवि लामिछानेले नयाँ टिभीमा ‘सिधाकुरा’ चलाउने
११ फागुन काठमाडौँ-सञ्चारकर्मी रवि लामिछानेले सिधा कुरा लिएर आउने बताउनु भएको छ । मंगलबार राजधानीमा नयाँ टेलिभिजन च्यानल ‘ग्यालेक्सी ४ के’ सार्वजनिक गर्दै लामिछानेले नयाँ कार्यक्रम सार्वजनिक गर्नुभएको छ । उहाँले यसअघि न्यूज २४ मा सिधा कुरा जनतासँग सञ्चालन गर्नुभएको थियो । अब नयाँ टेलिभिजनमा सिधा कुरा‘ सार्वजनिक गर्नुभएको छ । आफूले सिधा कुरा प्रधानमन्त्रीसँगबाट […]
रवि लामिछानेको नेतृत्वमा ग्यालेक्सी टिभी
११ फागुन काठमाडौं – केही समयअघि न्युज २४ छोडेका रवि लामिछाने लगायतको टिमले नयाँ टेलिभिजन च्यानल ल्याएका छन् । ग्यालेक्सी फोर के नामको टेलिभिजनमा लामिछाने म्यानेजिङ डाइरेक्टर हुन् । नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताए।
शैलुङ सिमा सधै विवाद नापी विभागको टोली खटाउन माग
११ फगुन काठमाडौं – दोलखा र रामेछापको सगंम स्थलमा रहेको शैलुङमा देखिएको सिमा विवाद समाधानका लागि दुवै जिल्लाले नापी विभागको टोली खटाउन माग गर्नु भएका छन् । दुई जिल्लामा पटक पटक भएका समाधानको प्रयासले नपुगेपछि नापी टोली बाट विवादको निरुपण गर्नु पर्ने टुंगोमा दुवै जिल्ला पुगेका अहिले छन । स्थानीय स्तरमा दुवैले आफ्नो आफ्नो दावि […]
सिरहाको बस्तिपुरमा बस दुर्घटना हुँदा १३ जना घाईते
११ फागुन काठमाडौं – सिरहाको कर्जन्हा नगरपालिका-४ बस्तिपुरमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । फुलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा घाइतेहरुको उपचार भइरहेको छ । बिग्रिएर सडकमा रोकीराखेको ना ६ ख ११ १० नम्बरको ट्रकमा लहानबाट ढल्केबरतर्फ आउँदै गरेको ना ५ ख ८९८ नम्बरको बस गएराति […]
आज प्रधानमन्त्रीले सुरक्षा परिषदको बैठक बोलाएका छन्
आज प्रधानमन्त्रीले सुरक्षा परिषदको बैठक बोलाएका छन् ११ फगुन काठमाडौं – मंगलबार बिहान बैठक बस्न लागेको रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले जानकारी दिनु भएको छ । सिंहदरबारस्थित परिषद कार्यालयमा बैठक बस्न लागेको हो। बैठकलाई नियमित भनिएको छ। सुरक्षा परिषदमा प्रधानमन्त्रीसहित रक्षा, गृह, परराष्ट्र, अर्थ, मुख्यसचिव र प्रधानसेनापति सदस्य हुन्छन्। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार […]
छात्रा माथी कुटपिट आरोपमा प्रधानाध्यापक पक्राउ
११ फगुन काठमाडौैैं – कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९ मटैनास्थित बैजनाथ सिद्धनाथ माध्यमिक विद्यालयकी एक छात्रा शिक्षकको कुटाइले घाइते भएको छ । प्रधानाध्यापक खड्कसिंह विष्टले कक्षा ९ मा पढ्ने छात्रा मनिका नाथलाई सोमबार कुटपिट गरेको आरोप छ। कुटपिटपछि उनी बेहोश भएकी थिइन् । मनिकाको टाउकोमा चोट लागेको छ।
प्रतिनिधिसभा विघटनको मुद्दामा आज पेसी, छिट्टै फैसला हुने
११ फागुन काठमाडौं – प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाइको सम्पूर्ण प्रक्रिया सकेको सर्वोच्च अदालतले आज मंगलवारका लागि ‘ पेसी तोक्नु भएको छ । सोमवारसम्म दुवै पक्ष र एमिकस क्युरीका कानुन व्यवसायीहरूलाई बहसनोट पेस गर्ने समय सीमा तोकेको सर्वोच्चले आजका लागि पेसी तोकेको हो । संसद विघटनविरुद्ध परेका रिटमाथि गत पुस ८ गतेदेखि सुनुवाइ शुरु भएको थियो । […]
टेलिभिजन प्रस्तोता लामिछानेले भोलिदेखि नयाँ कार्यक्रम सुरु गर्दै
१० फागनु काठमाडौँ– टेलिभिजन प्रस्तोता रवि लामिछानेले मंगलबारबाट नयाँ कार्यक्रम सुरु जानकारी दिएका छन् । सोमबार लामिछानेले सामाजिक सञ्जालमार्फत नयाँ कार्यक्रमबारे जानकारी दिएका हुन् । उनले ‘हाम्रो नयाँ यात्राको सुरुवात’ लेखेर एउटा तस्वीर फेसबुकमा पोस्ट गरेका छन् ।



