Date
मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026

समाचार

भारतीय सेनाध्यक्षलाई ‘कालो झण्डा देखाउँछु’ भनेकाे आरोपमा पुण्य गौतम पक्राउ

१९ कात्तिक  काठमाडौं – युट्युब च्यानलमा विभिन्न विषयमा आफ्ना अभिव्यक्ति दिएर चर्चामा आइरहने पुण्य गौतम पक्राउ परेका छन् । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई कालो झण्डा देखाउँछु भन्ने अभिव्यक्ति दिएका कारण उनी पक्राउ परेका हुन् ।   भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभाने आज तीन दिने भ्रमणका लागि नेपाल आउँदै छन् । भारतीय सेनाध्यक्षको भ्रमणबारे आफ्नो […]

जुवाको खालबाट गोरु व्यापारीसहित छ जुवाडे पक्राउ

सर्लाही, १९ कात्तिक । जिल्लाको बरथवाबाट छ जना जुवाडेलाई प्रहरीले जुवाको खालबाट पक्राउ गरेको छ । बरथवा नगरपालिका–६ का शम्भु सिंहको घरमा जुवा खेल भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले सिंहसहित छ जनालाई पक्राउ गरेको  इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो । प्रसिद्ध गोरु व्यापारी सिंह, बरथवा […]

कोरोना संक्रमणबाट पूर्वसभामुख महराको श्रीमती सीता महराको निधन

१९ कात्तिक काठमाडौँ – पूर्व सभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएको छ । कोरोनाको कारण उहाको निधन भएको हो । केही दिन पहिले एकाएक गम्भीर विरामी भएपछि उपचारका लागि हेलिकोप्टर मार्फत महराकी धर्मपत्नि सितालाई काठमाडौं ल्याइएको थियो । एभरेष्ट एरलान्सको हेलिकोप्टर मार्फत घोराहीवाट महरा पत्नि ५९ बर्षीया महरालाई शुक्रवार विहान ९ बजेतिर उपचारका […]

भारतीय सेना प्रमुखको भ्रमणले दुई देशबीचको तिक्तता हट्न सक्ने

१९ कात्तिक काठमाडौं– भारतीय स्थल सेना प्रमुख मनोजमुकुन्द नरवणेको तीन दिने नेपाल भ्रमणले दुई देशबीचको तिक्तता हट्न सक्ने सम्भावना रहेको छ । दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन सेना प्रमुख नरवणेको भ्रमणले सहज स्थिति सिर्जना हुन सक्ने संकेत देखिएको छ । यसअघि परम्परागत रूपमा भारतीय सेना नेपाली सेनाको निमन्त्रणामा आउने गरेको भए पनि यस पटकको भ्रमणलाई […]

कोरोना बीमा ७ दिनभित्रै भुक्तानी गर्न सरकारको निर्देशन

१९ कात्तिक  काठमाडौं – कोरोना बीमाको दाबीमा ढिलाइ भएपछि सरकारले ७ दिनभित्रै दाबी भुक्तानीको व्यवस्था गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । कोरोना बीमा मापदण्डअनुसार नै रहेर ७ दिनभित्र दाबी भुक्तानी दिन सरकारले निर्देशन दिएको हो । यस सम्बन्धमा अर्थ मन्त्रालयले मंगलवार बीमा समितिलाई निर्देशन दिएको थियो । सोही निर्देशनको आधारमा बीमा समितिले मंगलवार नै […]

सुनको मूल्य प्रतितोला ४सयले बढ्यो

१८ कात्तिक काठमाडौँ – स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ ।   महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ९०० तोकेको छ । आइतबार र […]

सडक किनारामा पार्किङ गरिराखेको ट्रक हरायो

१८ कात्तिक  काठमाडौँ – ललितपुरको खरिबोट चोकमा पार्किङ गरिराखेको मिनि ट्रक चोरी भएको छ । युनाइटेट फाइनान्स लिमिटेड र टेकराम भण्डारी र लक्ष्मण श्रेष्ठको नाममा दर्ता रहेको ट्रक ललितपुर ८ खरिबोट चोकबाट हराएको हो । रातिको समयमा सडक किनारामा पार्किङ गरिररहेको निलाे रङ्गको बा३ख ९१९४ नम्बरको मिनी ट्रक हराएको र खोजी कार्यका लागि सहयोग गर्न […]

दोरम्बाबाट काठमाडौँ आउदै गरेको जीप गोगनपानीमा दुर्घटना, ३ घाइते

सिंहराज योञ्जन  १८ कात्तिक, काठमाडौँ – रामेछापको दोरम्बाबाट बिरामी बोकेर काठमाडौँ आउदै गरेको जीप गोगनपानीमा दुर्घटना भएको छ । बिहान करिब २ बजे दोरम्बा गाउँपालिका २ बाट बिरामी लिएर काठमाडौ आउदै गरेको जीप रामेछापकाे गोगनपानीमा दुर्घटना हुँदा तीन  जना घाइते भएका छन् । घाइते हुनेमा चालक वीर बहादुर तामाङ, दिब बहादुर तामाङ सजल योन्जन रहेका […]

रंगेलीमा पुजाको प्रसाद खाँदा एकै गाउँका ४० बढी बिरामी

१७ कात्तिक काठमाडौँ – मोरङको रंगेलीमा पुजाको प्रसाद खाँदा ४० जना स्थानीय बिरामी भएका छन् । रंगेली नगरपालिका ७ का पिन्टु दत्तको घरमा शनिबार लगाएको लक्ष्मी पूजाको प्रसाद खाँदा एकै गाउँका ४० जना बिरामी भएका हुन् । कोजाग्रत पूर्णिमाको दिन बङ्गाली समुदायले लक्ष्मी पूजा गर्ने र सो रात जागरम समेत बस्ने भएकाले त्यसदिन छरछिमेक भेला […]

काठमाडौं उपत्यकामा थप १६ सय २२ जनामा संक्रमण

१६ कात्तिक काठमाडौं काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय २२ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय २२ संक्रमित थपिएका हुन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ७८ हजार ६ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार […]