Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

समाचार

सुवेदीको संयोजकत्वमा १९ सदस्यीय वडा समिति गठन

चितवन – गण्डकी प्रदेश अन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्वर १६ अमरापुरीमा सुरज सुवेदीको संयोजकत्वमा १९ सदस्यीय वडा समिति गठन भएको छ। विवेकशील साझा पार्टीका जिल्ला नेताहरू भीमप्रसाद आचार्य, रोहित क्षेत्री र गोविन्द तिवारीको उपस्थितिमा  आयोजित भेलाले सो समिति गठन गरेको हो। हामी देशव्यापी संगठन विस्तारको अभियानमा छौं। संगठन विस्तारले सदस्यता विस्तारमा सहयोग पुर्याउँछ। संगठन र […]

राष्ट्रियता कमजोर भएकोले एकता र मेलमिलापकको नीति आज आवश्यक छ : सासंद नेपाल

 सिताराम थापा बागलुङ –  विपि कोईराला मेलमिलाप निति विषयक अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ । ४३ औँ राष्ट्रिय मेलमिलाप तथा एकता दिवसको अवसरमा आयोजित वर्तमान राजनितिक परिवेशमां विपि कोईरालाको मेलमिलाप नीति विषयक अन्तरक्रिया कार्यक्रम देशै भरको जिल्लामा आयोजना गरिएको थियो।  कार्यक्रम गण्डकी प्रदेशको बागलुङ पर्वत र म्याग्दि जिल्लामा पनि सम्पन्न भएको छ। बागलुङ जिल्लामा भएको […]

निर्मला पन्त घटनाबारे बालबालिकाले प्रधानमन्त्रीलाई सोधेपछि

काठमाडौं – प्रधानमन्त्री केपी ओलीलाई निर्मला पन्तको बलात्कार र हत्या घटनाका दोषी पत्ता लगाउने विषयमा सरकार गम्भीर रहेको बताएका छन् । नेपाल स्काउटलेमंगलबार गरेको ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा विद्यार्थीहरुले राखेको जिज्ञासामा प्रधानमन्त्री ओलीले भने, ‘निर्मलाको बलात्कार र हत्याका दोषीहरुको खोजी भइरहेको छ। उनीहरु पत्ता लाग्छन्।’ उच्चस्तरीय छानबिन समिति गठन गरेर अनसुन्धान भइरहेको उल्लेख गर्दै उनले भने, ‘नेपाल […]

डा. केसी सुटुक्क इलाममा

काठमाडौं  – चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्नुपर्नेलगायतका माग राखेका डा. गोविन्द केसीले इलामबाट अनशन सुरु गर्ने भएका छन। सोहौं पटकको अनशनका लागि उनी मंगलबार बिहान सुटुक्क इलाम पुगेका हुन्। डा.अभिषेक राज सिंहले ट्विट गर्दै यसपटकको लडाईं इलामबाट लड्ने जनाएका छन्। ट्वीटमा उनले लेखेका छन्, ‘आशा छ, सरकार समयमै गम्भीर बन्ने छ र माग सम्बोधन […]

नेपालीले विदेश घुमेरै सके ३५ अर्ब

काठमाडौं  – विदेश यात्रामा नेपालीले चार महिनामै ३४ अर्ब ९१ करोड रुपैयाँ खर्च गरेका छन्। यो रकम चालु आर्थिक वर्षको चार महिनामा गत वर्षको सोही अवधिको तुलनामा ३९ प्रतिशतले बढी हो। यो अवधिमा नेपाल आउने विदेशी पर्यटकले यात्रामा २५ अर्ब ५ करोड रुपैयाँ मात्रै खर्च गरेका छन्। नेपालीले विदेश यात्रामा खर्च गरेको रकम विदेशी पर्यटकबाट […]

प्रधानन्यायाधीशमा प्रस्तावित जबरामाथि प्रश्नको बर्षा

काठमाडौं –  प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्रशमशेर जबराले न्यायपालिकामा हुने अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका छन् । संसदीय सुनुवाइ समितिमा आइतबार कार्ययोजना प्रस्तुत गर्दै जबराले तत्काल काम थाल्ने घोषणा गरे । न्यायसम्पादन क्रममा सौतेनी आमाको हकअधिकार, वैदेशिक रोजगार, जग्गाको अधिकार, पर्वतारोहणको प्रामाणिकता विवाद र जबर्जस्ती करणी अभियोगमा हदम्याद बढाउने विषयमा आफूले विधिशास्त्रीय मान्यता स्थापित गरेको […]

अनैतिक सम्बन्ध पोल खुल्ने डरले औरहीमा जे भयो

काठमाडौं जिल्लाको औरही नगरपालिकामा हालै घटेको एक घटनामा एकजनाको ज्यान गएको छ भने उनको हत्यामा संलग्न ५ जना पक्राउ परेका छन्। अरु दुईजनालाई प्रहरीले खोजिरहेको छ। महोत्तरीको औरही नगरपालिका—२ का सुशील सहनी र जितनी देवी महतोबीच शारीरिक सम्बन्ध थियो। मंसिर २४ गते उनीहरूबीचको यौन सम्बन्ध स्थानीय ४० वर्षीय बेचु महतोको नजरमा पर्‍यो। आआफ्ना घरपरिवारबाट लुकिछिपी अनैतिक […]

नेकपामा तीन गुट, महाधिवेशनको पूर्वाभ्यास

काठमाडौं  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिए पनि त्यसभित्र तीन गुटको निरन्तरता रहेको तथ्य सार्वजनिक भएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको धारसँग मिल्दोजुल्दो गरी यसका ४५ सदस्य आपसमा विभाजित भएका देखिएका छन् । नेकपामा देखिएको यो गुट राजनीति आगामी महाधिवेशनउन्मुख हुन थालेको छ । […]

कृष्टल तालिम : अनुगमन र समापन सफलताको कडि

सीप सिकौ, उद्यमि बनौ भन्ने मुल नारा सहित ३० जनाले लिएको कृष्टल तालिम ब्याबसायिक बनाउने  उत्पादन गर्ने उद्देश्य भएता पनि परिक्षणको कडि हुने सहभागिहरुले बताएका छन। तालिमको सहभागिहरु भन्छन तालिममा सीप सिकियो ब्याबसायि बन्न सक्छौ , सक्दैनौ गरेर हेरे पछि थाहा हुने छ उनीहरुले भने । तालिमको अनुगमन र समापन गर्दै जैमिनि नगर प्रमुख ईन्द्रराज पौडेलले […]

पुष १५ गते गण्डकी प्रदेशमा सार्वजनिक विदा

गण्डकी प्रदेश सरकारले तमु ल्होसार पर्वमा  सार्वजनिक बिदा घोषणा गरेको छ । गण्डकी प्रदेश तमुहरुको उद्गम थलो मानिने भएकोले सरकारले पुस १५ गते आइतबार सार्वजनिक बिदा घोषणा गरेको हो । प्रदेश सरकारलाई यस्तो विशेष अवसरमा बिदा दिन वर्षको ६ दिन  पाउने व्यवस्था अनुसार तमु ल्होसारमा  विदा दिएको गण्डकी प्रदेश सरकारले जनाएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा  […]