स्वास्थ्य
थापाको कोरोना रिपोर्ट नेगेटिभ, स्वास्थ्य अवस्था स्थिर
१७ जेठ, काठमाडौँ – कोरोना संक्रमण भइ गम्भीर अवस्थामा मेडिसिटी अस्पतालमा उपचाररत विवेकशील साझा पार्टीका नेता उज्जल थापाको अवस्था स्थिर रहेको छ । उहाँको पछिल्लो पटक गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपनि स्वास्थ्य भने स्थिर रहेको सो पार्टीको भनाइ रहेको छ । ‘उहाँको स्वास्थ्योपचार भेन्टिलेटर र इक्मो विधिबाट जारी छ । अत्यन्त जटिल स्थितिमा पनि […]
नर्भिक हस्पिटलमा सस्तो दरको ‘पोष्ट कोभिड प्याकेज’
१७ जेठ, काठमाडौँ – नर्भिक इन्टरनेशनल हस्पिटलले सस्तो दरको ‘पोष्ट कोभिड प्याकेज’ को घोषणा गरेको छ । पछिल्लो समय दोस्रो लहरको कोरोना निको भइसकेपछि पनि ज्यान गुमाउनेको सङ्ख्या बढ्न थालेको भन्दै अस्पतालले नेगेटिभ रिपोर्ट आएपछि देखापर्ने स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै उक्त प्याकेज सार्वजनिक गरिएको जनाएको छ । अस्पतालले कोभिडपछिका स्वास्थ्य समस्या निदान गरी देशमा बढिरहेको […]
महामारीबीच अस्पतालमा रहँदा डा. अनुप सुवेदीले जे देखे…
अस्पतालमा एकै दिन देखिएका कोभिडले गिजोलेका परिवारका दृष्यः १. हजुरबालाई अर्को अस्पतालमा भेन्टिलेटरमा रहेकी श्रीमतीको चिन्ता छ। वास्तवमा हजुरआमा बितिसक्नुभएको उहाँलाई सुनाइएको छैन परिवारसँगको सल्लाहमा।अझै निकै अक्सिजन चाहिने हजुरबा सधैं मलाई डिस्चार्ज गरिदिनू न डा साब भन्नुहुन्छ। २. अर्का बा बिस्तारै तङ्ग्रिंदै हुनुहुन्छ। उहाँलाई पनि भाइको भर्खर मृत्यु भएको सुनाइएको छैन। ३. अर्का बा–आमा दुवैजनालाई […]
रवीन्द्र मिश्रले भने – उज्वल थापाको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर
१६ जेठ, काठमाडौँ – विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै सो दलका अध्यक्ष रवीन्द्र मिश्रले थापाको स्वास्थ्य अवस्थामा कुनै सुधार नआएको अवस्था अत्यन्तै गम्भिर रहेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ – ‘डाक्टरहरूले सकेको गरिरहेका छन्। डाक्टरहरू र देश विदेशबाट प्राप्त शुभेच्छुकहरूको सहयोग, […]
सात दिनभित्रमा चिकित्सको सुरक्षाका लागि अध्यादेश जारी गर्न चिकित्सक संघको माग
१६ जेठ, काठमाडौं– चिकित्सकहरुको सुरक्षालाई ध्यानमा राख्दै सात दिनभित्र अध्यादेश ल्याउन नेपाल चिकित्सक संघले सरकारसँग माग गरेको छ । अध्यादेशमार्फत कानून ल्याएर चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षित तवरमा काम गर्ने वातावरण नबनेमा संघर्षका कार्यक्रम घोषणा गर्ने संघले चेतावनी दिएको छ । आज एक विज्ञप्ति जारी संघले चिकित्सकमाथि बारम्बार आक्रमणका घटना भइरहेको र यस्ता आपराधिक क्रियाकलाप गर्नेमाथि […]
नेता थापाको उपचार खर्च बिएण्डसी मेडिकल कलेजले बेहोर्ने
१५ जेठ, काठमाडौँ – विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको सम्पूर्ण उपचार खर्च झापाको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड रिसर्ज सेन्टर प्रालिले बेहोर्ने जनाएको छ । उहाँ हाल मेडिसिटी अस्पतालमा उपचाररत हुनुहुन्छ । स्वास्थ्यमा थप जटिलता आएपछि केही दिन अगाडि उहाँलाई ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालबाट रिफर गरी मेडिसिटीको सघन उपचार कक्षामा भर्ना गरिएको छ । उहाँको […]
गएराती भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति राष्ट्रपति भण्डारीद्वारा खेद प्रकट
१४ जेठ, काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरूमाथि भएको दुव्र्यवहारप्रति खेद व्यक्त गर्नुभएको छ । सञ्जाल ट्वीटरमा राष्ट्रपति भण्डारीले, ‘आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक भएको’ लेख्नुभएको छ । ‘दुःख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ।’ […]
गायक प्रमोद खरेल दोस्रो पटक कोरोना संक्रमणमुक्त
१३ जेठ, काठमाडौँ – चर्चित गायक प्रमोद खरेल कोरोना संक्रमणमुक्त हुनुभएको छ । दोस्रो पटक कोरोना पुष्टि भएपछि आइसोलेसनमा बस्दै आउनुभएको खरेलले सोसल मिडिया फेसबुकमार्फत् कोरोनामुक्त भएको जानकारी गराउनुभएको हो । गायक खरेलले भन्नुभएको छ, ‘आठ महिनाको अन्तरमा दुई चोटी आक्रमण गर्यो कोरोनाले । पहिलो डोज भ्याक्सिन पनि लाएकै हो, तर पनि आएरै छोड्यो । […]
२४ घण्टामा देशभर ६ हजार ७ सय १४ जना कोरोना सङ्क्रमण, ६ हजार ७ सय १६ जना डिस्चार्ज
१२ जेठ, काठमाडौँ – नेपालमा आज कोरोना भाइरसबाट सङ्क्रमित हुने भन्दा निको हुनेको सङ्ख्या धेरै छ । गएको २४ घण्टामा देशभर ६ हजार सात सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ६ हजार सात सय १६ निको भएका छन् । अहिले कोरोनामुक्त हुने दर ७६ दशमलव ९ प्रतिशत पुगेको छ । स्वास्थ्य […]
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमित हुनेभन्दा निको हुनेको संख्या धेरै
१२ जेठ, काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमित हुनेको संख्या भन्दा संक्रमणमुक्त धेरै भएको छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बुधवार नेपालमा ६ हजार ७ सय १४ जना संक्रमित थपिएका छन् भने ६ हजार ७१६ जना संक्रमण मुक्त भएका छन् । बुधवार पीसीआर विधिमार्फत १९ हजार ३० नमुनाको परीक्षण गर्दा ६ हजार ६ सय ७७ […]



