Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026

स्वास्थ्य

बढी शुल्क लिने अस्पतालमाथि उजुरी गर्न अनुरोध

२५ जेठ, काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को उपचार शुल्क सरकारले तोकेभन्दा बढी लिने स्वास्थ्य संस्थामाथि उजुरी गर्न अनुरोध गरेको छ । मन्त्रालयले कोरोना उपचारका क्रममा सरकारले तोकेको भन्दा बढी लिएको पाइएमा त्यस्ता स्वास्थ्य संस्थामाथि मन्त्रालय, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रदेशका सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा उजुरी गर्न अनुरोध […]

माओवादी केन्द्रले पठायो सातै प्रदेशमा स्वास्थ्य सामग्री

२४ जेठ, काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)ले कोरोनाको उपचार, नियन्त्रण तथा रोकथामका लागि सातै प्रदेशका इञ्चार्ज मार्फत स्वास्थ्य सामग्री पठाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ले ती स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो । माओवादीले एन ९५ मास्क एक लाख बट्टा, अक्सिजन जेनेरेटर २० , एन्टिजेन ६० बट्टा (कूल तीन […]

अस्पतालका शय्या हुन थाले खाली

२४ जेठ, काठमाडौं– पछिल्लो समय नेपालगञ्जसहित जिल्लामा कोरानो सङ्क्रमितका सङ्ख्यामा कमी आएको छ । यससँगै अस्पतालमा बिरामीका चापमा कमी आउँदा शय्यासमेत खाली हुन थालेका छन् । भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा आइतबार सङ्क्रमितका लागि छुट्याइएका शय्यामध्ये दुवैका ६९, वेस्टर्न अस्पताल १४ र युनाइटेड अस्पतालका १२ श्यया खाली रहेको जनाइएको छ । कोरोना नियन्त्रण तथा […]

कैलालीका स्थानीय तहमा कोरोना परीक्षण दर घट्दो

२४ जेठ, काठमाडौं– कैलालीका स्थानीय तहमा स्वाब सङ्कलन घटेको छ । समुदायमा कोरोनाका लक्षण भएका बिरामी घटेपछि कोरोना परीक्षणका लागि आउनेसमेत घटेका स्थानीय पालिकाका स्वास्थ्य शाखाको भनाइ छ । विगत एक महिना हेर्दा हाल कोरोना परीक्षणका लागि आउनेको सङ्ख्यामा कमी आएको जोशीपुर गाउँपालिकाका स्वास्थ्य शाखा सह–संयोजक शान्ति चौधरीले बताउनुभयो । “शुरुमा त दैनिकरुपमा परीक्षण गरिदिनुप¥यो […]

स्वास्थ्य मन्त्रालयले भन्यो– तेस्रो र चौथो लहर आउनसक्छ, बालबालिकाका लागि २० प्रतिशत बेड छुट्याऊ

२१ जेठ, काठमाडौं– कोरोना संक्रमित बालबालिकाको उपचारका लागि २० प्रतिशत बेड छुट्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई निर्देशन दिएको छ । मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्यायले शुक्रबार एक विज्ञप्ती जारी गर्दै स्वीकृत शय्याको कम्तीमा २० प्रतिशत शय्या कोभिड–१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको हो […]

योगेश भट्टराईले पठाएको स्वास्थ्य सामग्री ताप्लेजुङ अस्पताललाई उपलब्ध

२० जेठ, काठमाडौँ – नेकपा (एमाले)का नेता योगेश भट्टराईको संयोजनमा काठमाडौँमा सङ्कलन गरी पठाउनु भएको स्वास्थ्य सामग्री ताप्लेजुङ अस्पताललाई उपलब्ध भएको छ । तीन दिन अगाडि काठमाडौँमा सङ्कलन गरेर पठाइएको स्वास्थ्य सामग्री आज अस्पताललाई उपलब्ध गरिएको हो । कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री काठमाडौँबाट गृहजिल्ला ताप्लेजुङमा नेता भट्टराईले पठाएका हुन् । सामग्रीमा […]

नेपालमा नयाँ भेरियन्टको भाइरस भेटिएको अवगत छैनः डब्लुएचओ नेपाल

२० जेठ, काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नेपालमा कोरोनाको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको बताएको छ । डब्ल्यूएचओको नेपालस्थित कार्यालयले , ‘नेपालमा सार्स कोभ–२ को नयाँ भेरियन्ट फेला परेको भन्नेकुरामा विश्वस्वास्थ्य संगठन अवगत छैन ।’ हाल नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.१७.२) र कप्पा (बी.१.६१७.१) भेरियन्ट देखिएको छ । तीन भेरियन्टमध्ये नेपालमा हाल […]

फ्रान्स र युएईद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

१९ जेठ, काठमाडौँ – युएई सरकारले कोभिड(१९ को संक्रमण नियन्त्रका लागि नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । मास्क २ लाख ४३ हजार ६ सय, गाउन १५ हजार ,पन्जा २० हजार, भेन्टिलेटर बीप्याप १ सय ५० र १ सय ५० ट्रलि सहयोग गरेको हो । त्यसैगरी, फ्रान्सेली सरकारले नेपाललाई कोभिड-१९ महामारीविरुद्ध लड्न स्वास्थ्य सामग्री सहयोग […]

सबै अस्पताललाई एक साताभित्र सेवाशुल्क सार्वजनिक गर्न निर्देशन

१८ जेठ, काठमाडौं– सरकारले सबै अस्पताललाई सात दिनभित्र सेवाशुल्क सार्वजनिक गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुलाई सेवाबापतको शुल्क सार्वजनिक गर्न निर्देशन दिएको हो। मन्त्रालयले कोरोना महामारीको विषम परिस्थितिमा बिरामीबाट चर्को शुल्क असुल गरेको, अक्सिजनको चर्को मूल्य लिएको, अनावश्यक परीक्षण गर्न लगाई […]

थापाको स्वास्थ्य अवस्था गम्भीर, बाहिर अनावश्‍यक हल्ला

१८ जेठ, काठमाडौँ – विवेकशील पार्टीका संस्थापक अध्यक्ष उज्‍वल थापाको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्‍पतालले जनाएको छ । ललितपुरस्थित नेपाल मेडीसीटी अस्पतालमा उपचाररत थापाको अवस्‍था गम्‍भीर रहेको अस्पतालका कोभिड फोकल पर्सन नरेन्द्र तिम्सिनाले जानकारी दिनुभएको हो  । थापाका बारेमा बाहिर अनावश्‍यक हल्ला फैलाइएको समेत उहाँले बताउनुभयो । थापाको कोभिड रिपोर्ट नेगेटिभ आइसकेको छ । स्वास्थ्य […]