मनोरञ्जन
गायिका प्रविशा वैवाहिक बन्धनमा बाँधिइन्
५ मंसिर, काठमाडौं – गायिका प्रविशा अधिकारी बेहुली बनेकी छन् । उनी आइतबार झापाको विर्तामोड चारपानेका निर्माण सिटौलासँग वैवाहिक जीवनमा बाँधिएकी छन् । प्रविशा र निर्माणको विवाह झापाको विर्तामोडको एक पार्टी प्यालेसमा भइरहेको छ । वैवाहिक समारोहमा नेपाली सांगीतिक क्षेत्रमा व्यक्तिको उपस्थिति भने कम छ । गायक प्रताप दास तथा ‘द भ्वाइस किड्स’का निर्माता सुशील […]
डा. रेणुका सोलुको ‘किन लाग्यो इन्द्रेणी’ सार्वजनिक
२९ कार्तिक, काठमाडौं – काठमाडौंस्थित मेगा कलेजको सभा हलमा ‘किन लाग्यो इन्द्रेणी’ गीतको भिडियो रिलिज भएको छ । शनिबार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टिका अध्यक्ष गीता खत्री र वरिष्ठ व्यक्तित्व अशेष मल्लको हातबाट भिडियो रिलिज भएको हो । डा. रेणुका सोलुको शब्द, आर।सि। थापाको सङ्गीत अनि स्वरुपराजको स्वरमा तयार भएको उक्त गीतको भिडियो […]
बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन जमानतमा रिहा
११ कार्तिक, एजेन्सी – अभिनेता शाहरुख खानका छोरा आर्यन खानले मुम्बई हाईकोर्टबाट जमानत पाएका छन् । लगातार तीन दिनसम्म आर्यनको जमानत याचिकाको सुनुवाईपछि मुम्बई उच्च अदालतले बिहीबार उनलाई जमानत दिने निर्णय गर्यो । आर्यनको जमानत याचिकामा मंगलबारदेखि मुम्बई उच्च अदालतमा सुनुवाइ भइरहेको थियो। आर्यन विगत तीन सातादेखि जेलमा थिए । आर्यन खान बाहेक अरबाज मर्चेन्ट […]
समीक्षा अधिकारी भनिन्, पल र मबीच कुनै प्रकारको अनैतिक सम्बन्ध छैन
७ कार्तिक, काठमाडौं – गायिका समीक्षा अधिकारीले नायक पल शाहसँगको सम्बन्धबारे मिडियाहरुमा चर्चा आएपछि स्पष्टिकरण लेखेकी छन् । उनले मिडियामा चर्चा भएजस्तो पलसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी छन् । उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै स्पष्टिकरण दिएकी हुन् । ‘पछिल्लो समय मेरो बारेमा नायक पल शाह ज्युसङ्ग जोडेर हुँदै नभएको कपोलकल्पित समाचारहरु आएका छन् […]
‘हजार जुनी’ लिएर आए गीतकार शिशिर मोथे
२४ आश्विन काठमाडौँ – म्युजिक भिडियो हजार जुनीु सार्वजनिक भएको छ । गायक प्रवीण बेडवालको स्वरमा कालेबुङका शिशिर मोथेद्वारा रचित गीत हजार जुनी म्युजिक भिडियो आज सार्वजनिक गरिएको हो । एसआर क्रिएसनद्वारा निर्माण गरिएको उक्त म्युजिक भिडियो एसआर क्रिएसन नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । यस म्युजिक भिडियोमा कालेबुङका कलाकारद्वय रोशन दाहाल र रेखा […]
२७ सय वर्ष प्राचीन शौचालय यस्तो अवस्थामा फेला
२१ आश्विन,एजेन्सी –जेरूसेलममा पुरातत्वविद्हरुले २७ सय वर्ष पुरानो शौचालय फेला पारेका छन् । शौचालय फेला पारेसँगै प्राचीन समयका केही तथ्या उजागर भएका छन् । प्राचीन कालमा निजी शौचालय सुविधा सम्पन्न हुने गरेको पुरातत्वविद्ले अनुमान गरेका छन् । चिल्लो दर्शन ढुंगामा वर्गाकारमा कलात्मक ढंगले बनाइएको शौचालय भेटिनुले पुरानो सहरको वास्तुकला झल्किएको इजरायलको पुरातत्व प्राधिकरणले जनाएको छ […]
गीतकार शिशिर मोथेको हजार जुनीको पोस्टर सार्वजनिक
२१ आश्विन,काठमाडौँ – म्युजिक भिडियो हजार जुनीुको पोस्टर सार्वजनिक भएको छ । गायक प्रवीण बेडवालको स्वरमा कालेबुङका शिशिर मोथेद्वारा रचित गीत हजार जुनी म्युजिक भिडियोका पोस्टर सार्वजनिक गरिएको हो । एसआर क्रिएसनद्वारा निर्माण गरिएको उक्त म्युजिक भिडियोको पोस्टर एसआर क्रिएसन फेसबुक पेजमार्फत सार्वजनिक भएको गरिएको हो । नयाँ नेपाली म्युजिक भिडियोमा कालेबुङका कलाकारद्वय रोशन दाहाल अनि […]
हेलिकप्टरको अगाडि उभिएर र गायिका जोशीले को संग गरिन् “इङ्गेजमेन्ट”
८ आश्विन काठमाडौं – गायिका इन्दिरा जोशीले बिहीबार ‘इंगेजमेन्ट’ गर्नुभएको छ । उहाँले इंगेजमेन्ट गरेको भिडियो राखेर धेरैले सामाजिक संजालमा बधाइ दिएपछि वास्तविकता खुलेको हो । गायिका जोशीले सोबारे औपचारिक रुपमा भने कतै जानकारी दिनुभएको छैन । उहाँले हेलिकप्टरमा खुम्बू पुगेर फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेको पाइएको छ । उहाँले इंगेजमेन्ट गरेको भिडियो अहिले […]
समिक्षालाई आएको त्यो निमन्त्रणा
७ अश्विन, काठमाडौं – बुधबार दिउँसो ३ बजेका लागि भन्दै मिडियाकर्मीलाई एउटा निमन्त्रणा आयो । निमन्त्रणामा लेखिएको एउटा हरफमा सबैको ध्यान जानु स्वभाविक नै थियो । जसमा लेखिएको थियो–‘सबै कलाकारको उपस्थिती हुने हुँदा गीत बाहेक बाहिरको प्रश्न गर्न नपाइने बाचा ।’ कार्यक्रममा पत्रकारलाई निम्तो गर्दा नै यो प्रश्न गर्न पाइने र यो नपाइने भनेर बाचा […]
नायिका प्रियंका कार्की आमा बनिन्
६ आश्विन,काठमाडौं – नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशी आमा बाबु बन्नुभएको छ। बुधबार कार्कीले छोरी पाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको हो। सामाजिक संजालमार्फत प्रियंका र पति आयुष्मान देशराज जोशीले शिशु बोकेको तस्विर सार्वजनिक भएको हो। उहाँहरूले छोरीको नाम आयन्का कार्की जोशी नामाकरण गरिसक्नुभएको छ।



