Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

राजनीति

विप्लव काठमाडौं आइपुगे

२१ फागुन काठमाडौँ – दुई वर्षदेखि भूमिगत रहेका  नेत्रविक्रम चन्द (विप्लव) काठमाडौं आइपुग्नु भएकबो छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार उहाँ शुक्रबार  १२ बजेतिर कलंकी आइपुग्नु भएको हो । कलंकीबाट सभागृह नपुगुञ्जेल उहााँ  बीचमा कतै बस्ने भनिएको छ । तर, त्यो ठाउँलाई प्रहरीले गोप्य राखेको छ । विप्लवलाई चितवनबाट प्रहरीले स्कर्टिङ गरी काठमाडौं ल्याएको एक […]

प्रचण्ड–नेपालले दोस्रो पुस्तालाई प्रधानमन्त्री छोड्नुपर्छः योगेश भट्टराई

२१ फागुन काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य योगेश भट्टराईले विभाजित नेकपामा एकता प्रयास भइरहेको बताउनु भएको छ  । प्रेस सङ्गठन ताप्लेजुङले आयोजना शुत्रबार  गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले नेकपा एकताका लागि उच्च पदका नेताले त्याग गर्न सक्नुपर्ने बतानु भएको हो । उहाँले भन्नुभयो, ‘एकता हुने सम्भावना जीवित छ, सबै […]

प्रचण्ड–माधवपक्षको संसदीय दलको बैठक बस्दै

फागुन २१ काठमाडौं – संसद पुनर्स्थापना भएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्ड–माधव पक्षले संसदीय दलको बैठक बोलाएका छन् । आइतबार बस्ने प्रतिनिधि सभा बैठकको पूर्वसन्ध्यामा नेकपाले संसदीय दलको बैठक बोलाएको हो । नेकपा प्रचण्ड–माधव पक्षले शुक्रबार दिउँसो १ बजेको लागि सिंहदरबारमा दलको बैठक बोलाएको छ ।

महेश बस्नेतले चिया पिएर निस्किएपछि प्रचण्ड(नेपाल समूह) पुग्यो निर्वाचन आयोग

२० फागुन काठमाडौं – नेकपा पार्टीको आधिकारिकता दिन ढिलाई भएको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । बिहीबार दिउँसो प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य लिलामणि पोखरेल, केन्द्रीय सदस्य राजेन्द्र पाण्डेलगायत नेता आयोग पुगेको जनाइएको छ । निर्वाचन आयोग पुगेर छिटो पार्टीको आधिकारिकता टुंग्याउन आग्रह गरिएको जनाइएको छ । बुधबारमात्रै केन्द्रीय कमिटी बैठकले […]

आफ्नो नेतृत्वमा मात्रै कांग्रेस सरकारमा जान्छः  डा. महत

२० फागुन काठमाडौँ – नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेत्रविक्रम चन्द समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको बताउनुभएको छ । यहाँ आज पत्रकारसँग कुरा गर्दै उहाँले सरकार र सो पार्टीबीच भएको सहमति सकारात्मक भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “मूलधार र शान्तिको बाटोमा आउनु त ठीकै हो ।  सहमतिमा के कुरा छन् […]

वृद्धाभत्तासँगै अन्य सामाजिक सुरक्षा भत्तासमेत वृद्धि गर्छौं : प्रधानमन्त्री ओली

२० फागुन सिन्धुली – प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धभत्तासँगै अन्य सामाजिक सुरक्षा भत्ताको समेत वृद्धि गर्ने बताउनुभएको छ । विहीबार (आज) सुनकोशी–मरिन डाइभर्सन केन्द्र सिन्धुलीको शिलन्यास गर्दै प्रधानमन्त्री ओलीले वृद्धभत्तासँगै अन्य सामाजिक सुरक्षा भत्ताको समेत वृद्धि गर्ने बताउनुभएको हो । प्रधानमन्त्री केपी ओलीले वि।सं। २०५१ सालबाट १ सय रुपैयाँबाट सुरु गरिएको वृद्धभत्ता केही समयमा ५ […]

केपी ओलीलाई प्रेम गर्नु भनेको देशलाई प्रेम गर्नु हो : कोमल वली

२० फागुन काठमाडौं – राष्ट्रिय सभा सदस्य कोमल वलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रेम गर्नु भनेको देशलाई प्रेम गर्नु भएको बताएकी छन् । बिहीबार सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास कार्यक्रममा ‘फेरि पनि ल्याउनुपर्छ केपी ओलीलाई, देशका लागि आज अनि चाहियो भोलिलाई’ शिर्षकको गीत गाउँदै सांसद वलीले यस्तो बताएकी हुन् । गीतपछि मासलाई ‘डू यू लभ […]

प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

२० फागुन काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन्। फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेका हुन्। राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना हुने कार्यक्रम रहेको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराई जानकारी दिए। सोही समारोहबाट […]

सरकार र विप्लव समूहबीच तीनबुँदे सहमति

२० फागुन काठमाडौं – सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहबीच तीनबुँदे सहमति भएको छ । बिहिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको तेस्रो चरणको वार्तापछि तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

बालुवाटारमा सरकार र विप्लव समूहबीच वार्ता पुनः सुरु

२० फागुन काठमाडौं – सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ बिच पुनः बिहीबार पनि वार्ता भइरहेको छ । सरकार र विप्लव नेकपाबिच बुधबारदेखि औपचारिक वार्ता सुरु भएको हो ।बुधबार दिनभर तीनपटक दुई टोलीबिच वार्ता भएको थियो । वार्ता सकारात्मक रहेको र बिहीबारको वार्तालाई निर्णायक बनाउने प्रयास भइरहेको स्रोतले जनाएको छ । […]