राजनीति
‘र’ प्रमुख आउनुको यो पो हो रहस्य ?
१९ कात्तिक काठमाडौँ – प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अघिल्लो मंगलबार एकापसमा दोषारोपण गर्ने काम मज्जैले भयो । प्रधानमन्त्रीले फकाउने शैलीमा भने, ‘अबको महाधिवेशनपछि म अध्यक्षमा उठ्ने होइन । चुनावमा उठेर फेरि प्रधानमन्त्री हुने पनि होइन । तपाईंलाई दिने भनेर भनिआएकै छु । तपाई–हामी मिलेर यत्रो दुःखका साथ पार्टीलाई यहाँसम्म ल्याइपु¥यायौँ । […]
नेकपाभित्रको विवाद टुंग्याउन दोश्रो तहका नेता सक्रिय
१८ कात्तिक काठमाडौं – नेकपाभित्र विवाद बढीरहँदा आज अध्यक्षद्वयबीच छलफल हुने सम्भावना बढेको छ । पार्टी फुटको संघारमा रहेको समयमा अध्यक्षद्वयबीच आज छलफल हुने सम्भावना बढेको हो । पछिल्लो समय नेकपाभित्र आन्तरिक विवाद चर्कँदा पार्टी एकता नै गम्भीर संकटमा पर्ने हो कि भन्ने आशंका उब्जिरहेको बेला दुई अध्यक्षबीच वार्ता गराएर पार्टी एकता जोगाउन दोस्रो तहका […]
कांग्रेस केन्द्रीय सदस्य तथा सांसद सूर्यबहादुर केसीको निधन
१८ कात्तिक कास्की – नेपाली कांग्रेसका सांसद सूर्यबहादुर केसीको निधन भएको छ । कास्कीबाट प्रतिनिधित्व गरेका सांसद केसीको सोमबार राति निधन भएको हो । उहाँ लामो समयदेखि मधुमेह र प्रेसरका बिरामी हुनुहुन्थ्यो । उनी प्रतिष्ठित व्यवसायीक व्यक्तित्वका रुपमा परिचित हुनुहुन्थ्यो । उहाँको मंगलबार बिहान ९ः३० बजे अन्तिम संस्कार हुने पारिवारिक स्रोतले बताएको छ । उनी […]
एकताका बेला गरिएको सहमति विपरीत खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागे : ईश्वर पोखरेल
१७ कात्तिक काठमाडौं –सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी एकता हुनुभन्दा पहिलेका समूहसँग समीकरण बनाएर खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको बताएका बताउनुभएको छ । सोमबार उहाँले समाजिक सञ्जाल फेसबुकमार्फत सो अभिव्यक्ति दिनुभएको हो । ‘एकताका बेला गरिएको सहमति विपरीत पूर्व समूहभित्रको आवद्धताका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा […]
मुकेश चौरसिया हत्या प्रकरण : फरार आरोपी तिवारी पक्राउ, पूर्वसभासद गुप्तासहित ९ जना अझै फरार
१७ कार्तिक पर्सा – नेकपा बिन्दवासनी गाँउ कमिटीको सचिव मुकेश चौरसियाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार राति विन्दवासीनी गा।पा।वडा नं।४ मधवल बस्ने हरिकिशोर तिवारीको छोरा बर्ष ३२को उत्तम भन्ने निरंजन तिवारीलाई पक्राउ गरेको हो । गत कार्तिक ६ गते जिल्ला पर्सा विन्दवासिनी गाउँपालिका वडा नं।५ प्रसौनी गाँउ स्थित […]
प्रधानमन्त्री ओलीले पार्टी विभाजनको प्रस्ताव राख्नु भयो : पुष्पकमल दाहाल
१६ कात्तिक काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी विभाजनको संघारमा पुगेको छ । अध्यक्ष पुष्पकमल दाहालले यस्को खुलासा गर्दै प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीले अब अलग अलग भएर जानु पर्ने प्रस्ताव राख्नु भएको बताउनु भएको छ । आइतबार आफ्नो निवास खुमलटारमा सचिवालयका सदस्यहरुलाई बोलाएर उहाँले प्रधानमन्त्री ओलीको प्रस्ताव बारे जानकारी दिनुभएको हो । […]
अध्यक्षको निर्देशनपछि रोकिए मुख्यमन्त्री शाही
१६ कार्तिक काठमाडौं- कर्णाली प्रदेशमा आज हुने भनिएको मन्त्रिमण्डल हेरफेर कार्य स्थगित भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आजै मन्त्रिमण्ड हेरफेर गरी आफू अनुकुल मन्त्री राख्ने तयारी गरेको बताइएको थियो । नेकपामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल मन्त्रिमण्डल हेरफेर नगर्न भनेपछि मुख्यमन्त्रीले कार्य स्थगन गर्नुभएको बुझिएको छ । स्रोतका अनुसार मुख्यमन्त्री शाहीले प्रधानमन्त्री एवं नेकपा […]
कर्णालीका मुख्यमन्त्रीले आज मन्त्रिमण्डल हेरफेर गर्दै
१६ कार्तिक काठमाडौं – कर्णाली प्रदेशमा आज मन्त्रिमण्डल हेरफेर हुँदै छ । सत्तारूढ नेकपाकै गुटहरूबीच विवाद चुलिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफू अनुकूल मन्त्रिमण्डल हेरफेर गर्न लाग्नुभएको बताइएको छ । विशेष स्रोतका अनुसार मुख्यमन्त्री शाहीले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली गुटका दुई मन्त्रीलाई हटाउने तयारी गर्नुभएको छ । हटाइने मन्त्रीमा सामाजिक विकास मन्त्री […]
देहरादून घटना : घाइतेको निःशुल्क उपचार गर्न विद्यार्थी संगठनको माग
१५ कात्तिक काठमाडौँ – नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले एक विज्ञप्ति जारी गरी भारतको देहरादूनस्थित शाक्य एकेडेमीमा अध्ययनरत विद्यार्थीमाथि कात्तिक १० मा निर्घात कुटपिट भएको घटनाप्रति दुःख व्यक्त गर्दै घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको व्यवस्था मिलाउन […]
ओलीको उधारो आश्वासनमा नेपालको ‘अविश्वास’
१५ कार्तिक काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुबीच अन्तरद्वन्द चर्किरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आगामी नेतृत्वको लागि वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रस्ताव गरे पनि नेपालको विश्वास जित्न सकेका छैनन। प्रधानमन्त्री ओलीले धेरै पटक उधारो आश्वासन दिएकाले उनले तत्कालै पत्याइहाल्ने र विश्वासमा परेर ओलीलाई सहयोग गरिहाल्ने अवस्था नभएको हो। ओलीले नेपाललाई […]



