Date
मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026

समाचार

कोरोना मुक्त भएसंगै रवि लामिछानेले भने, ‘सोचे झै कोरोना रैनछ’

२५ कात्तिक काठमाडौँ– चर्चित सञ्चारकर्मी रविलामिछाने दम्पत्ती कोरोना मुक्त भएका छन् । कोरोना संक्रमणपछि होम आइशोलेशनमा बसेका दम्पत्तीले १४ दिनपछि कोरोनामुक्त भएका हुन् । सञ्चारकर्मी लामिछानेले सामाजिक सञ्जाल फेसबुक मार्फत आफु र श्रीमती निकिता पौडेल कोरोना मुक्त भएको जानकारी दिएका छन् । उनले लेखेका छन्,”१४ दिनको कठिन आइशोलेशनबाट आज मुक्ति मिल्यो।केही बेर अघि मात्र हामी […]

पैदलयात्रीलाई ठक्कर दिएर भागेको गाडी नियन्त्रणमा, मजदुरको मृत्यु

२५ कात्तिक काठमाडौँ – पैदलयात्रीलाई ठक्कर दिइ फरार बस चालकलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । काठमाडौँको थानकोटमा तरकारी बोकेर बाटो काट्दै गर्दा बाजुराका २५ वर्षीय नविन लोहारलाई ठक्कर दिई फरार भएको ना ५ ख ८४७४ नम्बर बसलाई आज नियन्त्रणमा लिइएको हो । त्यसका चालक सर्लाही हरिवन नगरपालिकाका ३४ वर्षीय सुनिल श्रेष्ठलाई पनि पक्राउ […]

प्लानेटको घुम्नैपर्ने १० गन्तव्य सूचीमा अन्नपूर्ण सर्किट

२५ कात्तिक काठमाडौं – चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्य सूचीमा राखेको छ ।विश्व चर्चित गन्तव्य अन्नपूर्ण सर्किटलाई यो वर्ष लोन्ली प्लानेटले गन्तव्य सूचीमा पारेको हो । अन्नपूर्ण घुम्नैपर्ने गन्तव्य भएको उल्लेख गर्दै साइटले स्वर्ण मन्दिर, आकर्षक गाउँ, जङ्गल र वन्यजन्तुलाई नजिकबाट नियाल्न सकिने विशेषता उल्लेख गरेको छ । […]

धादिङ केन्द्रबिन्दु भएर भूकम्प, काठमाडौंमा पनि धक्का महशुस

२५ कात्तिक काठमाडौं – धादिङ केन्द्रबिन्दु भएर ३.८ रेक्टर स्केलको भूकम्प गएको छ । मंगलबार दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । धादिङसति काठमाडौं उपत्यकामा पनि भूकम्पको महशुस गरिएको थियो ।

मिस नेपाल–२०२० मा २१ प्रतिस्पर्धी

२५ कात्तिक काठमाडौँ– यो वर्षको २६औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । हिडन ट्रेजर मिस नेपाल–२०२० ले आज राजधानीमा ती प्रतिस्पर्धीहरुबारे सञ्चारकर्मीलाई जानकारी दिएको हो । प्रतिस्पर्धामा मोरङ, काभ्रे, दाङ, भक्तपुर, काठमाडौँ र चितवनका युवती सहभागी छन् । प्रतियोगिताको अन्तिम चरणको स्पर्धा आगामी मङ्सिर २० गते हुनेछ ।

गरगहना लुटेको अभियोगमा १२ वर्ष जेल चलान

२५ कात्तिक काठमाडौँ– बाटो हिँडिरहेकी एक महिलाको साथमा रहेको नगद र लगाएको गर(गहना लुटेको अभियोगमा दोषी ठहर भएका नुवाकोट बागेश्वरीका रमेश तामाङ १२ वर्षको लागि जेल चलान भएका छन् । अदालतबाट दोषी ठहर भएसँगै फरार रहेका सूर्यगढी गाउँपालिका–३ बागेश्वरीका ३१ वर्षका तामाङलाई नुवाकोट प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा बुझाएसँगै उनी कारागार चलान भएका […]

संयुक्त राष्ट्रसंघीय समितिमा नेपालकी बन्दना राणा निर्वाचित

२५ कार्तिक काठमाडौँ– नेपालकी बन्दना राणा संयुक्त राष्ट्र संघीय समितिमा निर्वाचित भएकी छिन् । राष्ट्रसंघीय ‘महिलाविरुद्ध सबै स्वरुपका विभेद हटाउने सम्बन्धी सम्झौता’ (सीईडीएडब्लू) समितिमा नेपालको तर्फबाट १३७ भोट ल्याएर विजयी भएकी हुन् । समितिमा यो उनको दोस्रो कार्यकाल हुनेछ । यसअघि पनि राणा उक्त संस्थाको सदस्य थिइन् । सन् २०१७ देखि २०२० सम्मको कार्यकालका लागि […]

बार्सिलोनाका पूर्व स्टार स्ट्राइकर स्यामुएल इटो चढेको कार दुर्घटना

२५ कात्तिक काठमाडौं – स्पेनिश क्लब बार्सिलोनाका पूर्व स्टार एवं क्यामरुनी फुटबल स्टार स्यामुएल इटो सडक दुर्घटनामा परेका छन् ।   बिपरित दिशाबाट आइरहेको बससँग ठोक्किँदा उनी चढेको कार दुर्घटनामा परेको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनी सवार कार क्यामरुनको डुआला र बाफोसम क्षेत्रको सडकमा दुर्घटनामा परेको हो ।   दुर्घटनामा परेका इटोलाई सामान्य […]

काठमाडौं उपत्यकामा थप १४ सय २८ जनामा संक्रमण

२४ कात्तिक काठमाडौं काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय २८ संक्रमित फेला परेका छन् । जस्मा ६ सय ३० महिला र पुरुष ७ सय ९८ रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय २८ संक्रमित थपिएका हुन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको […]

मुलुकमा २ हजार ५ सय ७१ संक्रमित थपिए

२४ कात्तिक काठमाडौं – मुलुकमा थप २ हजार ५ सय ७१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ५ सय ७१ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।