Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026

समाचार

तथ्यहीन र झुटा समाचार सञ्चारहरुलाई प्रेस काउन्सिलले ध्यान दिनु पर्छ : राष्ट्रपति भण्डारी

६ असोज काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले अभिव्यक्ति स्वतन्त्रताको नाममा तथ्यहीन र झुटा समाचार सञ्चार माध्यमहरूमा प्रकाशित र प्रसारित भइरहेकोप्रति ध्यानाकर्ष गर्नुभएको छ । प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादा समेतलाई ख्याल नगरी समाचार प्रकाशन तथा प्रशारण भइरहेकोमा प्रेस काउन्सिलले निगरानी गर्नु पर्ने बताउनुभयो । […]

सच्चा समाजसेवीले केही पनि लिँदैनः प्रधानमन्त्री ओली

६ भदौ काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले परोपकारी संस्थाले समाजमा निःस्वार्थ रुपमा सेवा गर्नुपर्ने बताउनुभएको छ । एकचालीसौँ सामाजिक सेवा दिवस मूल समारोह समितले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उहाँले मानवीय भावनाले मनैदेखि सहयोग गर्ने सोचका साथ सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । “सच्चा समाजसेवी आफूले केही पनि लिँदैनन्, अरुको सेवा गर्छन्, समाजसेवाका नाममा हामीले […]

ओखलढुंगा अस्पतालका स्वास्थ्यकर्मीहरुद्वारा डाक्टर केसीको समर्थनमा प्रदर्शन

६ असोज काठमाडौं –  जिल्ला अस्पताल ओखलढुंगाका स्वास्थ्यकर्मीहरुले डाक्टर गोविन्द केसीको १९ औं अनशनलाई समर्थन गरेका छन् । केसीको जीवनरक्षा गर्दै राजनीतिक हस्तक्षेप बन्द गर्न र सर्वसुलभ स्वास्थ्य सेवाको सुनिश्चितता गर्न माग गर्दै प्रदर्शन समेत गरेका छन् । डाक्टर केसीले माग पूरा नभएसम्म अनशन नटुंगिने अडान कायम राख्नुभएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल […]

अक्टोबर १ देखि दोहा, कुवेत र रियादमा पनि नियमित उडान हुने (तालिकासहित)

६ असोज काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले अक्टोबर १ गतेदेखि २४ सम्मका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ । उडान तालिका अनुसार अक्टोबर महिनादेखि दोहा, कुवेत र रियादमा पनि नियमित उडान गर्ने भएको छ । अक्टोबर महिनाका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गर्दै सरकारले खाडीका दोहा,कुवेद र रियादमा पनि नियमित उडान गर्ने बताएको […]

भोलिबाट लामो दुरीका रुटमा पनि बस संचालन गर्दै साझा यातायात

६ असोज काठमाडौं – साझा यातायातले भोलिबाट लामो दुरीका रुटमा पनि बस संचालन गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण फैलिएका कारण ठप्प रहेको साझा यातायातका छोटो रुटहरुका बसहरु यसअघिबाटै संचानलनमा छन् । सरकारले सामाजिक दुरी र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै यातायात सेवा संचालन गर्न अनुमति दिएसँगै केहि दिन अघिबाट गाडिहरु संचालनमा आइसकेका छन् […]

केरुङमै रोकिए ११ लाख सिरिन्ज, बीसीजी खोप प्रभावित

६ असोज काठमाडौँ – चीनले केरुङ र तातोपानी नाका बन्द गरेपछि बालबालिकालाई दिइने बीसीजी खोपमा प्रयोग हुने ११ लाख थान ‘अटो डिस्पोजेबल’ सिरिन्ज भित्रिन सकेको छैन । नाका तीन सातादेखि बन्द हुनाले सिरिन्ज बोकेको कन्टेनर चिनियाँ सडकमा अलपत्र छ । कोभिड–१९ संक्रमण नियन्त्रण र उपचारका लागि खरिद गरिएका पीसीआर मेसिन, भीटीएम, किट, पीपीई, मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री […]

जुम्ला छाडेका डा. केसी नेपालगन्जमा : आज काठमाडौं आउँदै

६ असोज काठमाडौँ – स्वास्थ्य सेवा सुधारको माग गर्दै आठ दिनदेखि सत्याग्रहमा बसिरहेका डा. गोविन्द केसी ‘हिंसाको भय’ले काठमाडौंका लागि प्रस्थान गरेका छन् । सोमबार नेपालगन्ज आएका डा‍‍ . केसी मंगलबार काठमाडौं पुग्दै छन् । उनलाई भेरी अस्पतालको आइसियूमा राखिएको छ । डा. केसी नेपालगन्जस्थित भेरी अस्पतालमा सोमबार नेपालगन्ज–काठमाडौं उडान नभएपछि डा. केसीलाई भेरी अस्पतालमा राखिएको प्रमुख मेडिकल […]

आइपीएलमा बैंगलोरको विजयी सुरूवात

६ असाेज काठमाडौँ – यूएईमा जारी इन्डियन प्रिमियर लिग ९आईपीएल०टी(ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । दुबई सोमबार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै बैंगलोरले विजयी सुरुवात गरेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बैंगलोरले दिएको १ सय ६४ रनको लक्ष्य पच्याएको हैदराबादले १९ ओभर ४ बलमा अलआउट हुँदै […]

बङ्गलादेशबाट मल ल्याउन भारतले सहयोग गर्ने

५ भदौ काठमाडौँ– बङगलादेशबाट रसायनिक मल नेपाल ल्याउन भारत सरकारले सहयोग गर्नेभएको छ । आज कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुषाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच मन्त्रालयमा भएको भेटवार्तामा राजदूत क्वात्राले सहयोग गर्ने बताउनुभएको हो । बंगलादेशबाट नेपाल सरकारले ५० हजार मेट्रिक टन युरिया मल सापटीमा ल्याउनलाग्दा सबै तर्फबाट सहयोग गर्न भारत तयार […]

हराएको सवारी चालक अनुमतिपत्र अब अनलाईन फारम भरेर लिन सकिने

५ असोज काठमाडौं – हराएका सवारी चालक अनुमतिपत्र लाइसेन्स अब अनलाईन फारम भरेर लिन सकिने भएको छ । प्रवित्रिमैत्रि बनाउदै लौजाने उदेश्यले हराएको सवारी चालक अनुमति पत्र अनलाइन आवेदनका आधारमा दिने व्यवस्था मिलाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । अनलाइन फाराम भरेर सेवाग्रहीले चालक अनुमति पत्र, सवारी दर्ता किताब र सवारी इजाजत पत्रको सिफारिस लिन […]