Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026

समाचार

वामदेवले प्रमलाई भने, ‘मलाई मन्त्री नबनाए पनि केही बात छैन’

७ असोज काठमाडौँ – सत्तारुढ दलभित्र उत्पन्न विग्रह व्यवस्थापनले मूर्तता पाउने सम्भावना त छ । ‘समयले मानिसलाई बदल्न सक्छ’ भन्ने उखान पनि चरितार्थ हुँदैछ । विशेषतः प्रधानमन्त्रीको प्रस्तुतिकरणमा । यति हुँदाहुँदै पनि आइतबार नेकपाको सचिवालय बैठकमा एकछिन अध्यक्ष केपी ओली र उपाध्यक्ष वामदेव गौतमबीच भनाभन नै चल्यो । ओलीले भने, ‘वामदेव कमरेडसँग मप्रति विश्वास नै […]

मनसुन थप लम्बिने : केही दिन झरी र भारी वर्षा हुने

७ असोज काठमाडौँ यस वर्षको मनसुन थप लम्बिने भएको छ । केही दिनदेखि वर्षा सक्रिय भएसँगै यस वर्षको मौसम लम्बिने जानकारी जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको छ । बुधबार अर्थात् सेप्टेम्बर २३ यस वर्षको मनसुन सकिने दिन हो । मौसमविद् मिनकुमार अर्यालका अनुसार अबको चार–पाँच दिन मनसुन सक्रिय हुने र तोकिएभन्दा […]

राजस्थानको विजयी सुरुवात

७ असोज  एजेन्सी – इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा राजस्थानले चेन्नई सुपर किङ्सलाई १६ रनले पराजित गरेको हो । सारजाह क्रिकेट मैदानमा राजस्थानले दिएको २१७ रनको बलियो लक्ष्य पछएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै मात्र २०० रन बनायो । चेन्‍नईका लागि फाफ […]

काठमाडौं उपत्यकामा थप ६ सय ४७ जनामा संक्रमण

६ असोज काठमाडौं  – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ सय ४७ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ४७ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ५ सय ११ संक्रमित थपिएका छन् भने ललितपुरमा ७३ संक्रमित थपिएका छन् । […]

देशभर थप १ हजार ३ सय ५६ जनामा संक्रमण पुष्टि

६ असोज काठमाडौं – मुलुकमा थप १ हजार ३ सय ५५ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ३ सय ५६ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ६६ हजार ६ सय ३२ पुगेको छ ।

नेप्सेमा भारी गिरावट : २२ अंकले घटेको नेप्से १ हजार ५ सय ४६.१५ विन्दुमा रोकियो

६ असोज काठमाडौँ – मंगलबार नेप्से परिसूचक करिब साढे १ प्रतिशत घटेको छ। यस दिन कारोबारमा आएका सबै उपसमूहको परिसूचक ओरालो लागेपछि नेप्से परिसूचक पनि ओरालो लाग्न दबाब पुगेको हो। यस दिन नेप्से २२.९१ अंक अर्थात १.४६ प्रतिशत घटेर १५४६.१५ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ४.८४ अंक, फ्लोट इण्डेक्स १.७५ अंक र सेन्सेटिभ फ्लोट […]

जुम्लाबाट काठमाडौँ आएका अनशनरत डा. केसीलाई राष्ट्रिय ट्रमा सेन्टर लगियो

६ असोज काठमाडौं – अनशनरत डाक्टर गोविन्द केसीलाई वीर अस्पतालस्थित राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । जुम्लाबाट अनशनकै क्रममा काठमाडौं आएका डाक्टर केसीलाई त्रिभूवन विमानस्थलबाट सीधै ट्रमा सेन्टर लगिएको हो । डाक्टर केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुनुपर्ने, प्रत्येक प्रदेशमा मेडिकल कलेज सञ्चालन हुनुपर्ने, पीसीआर परीक्षणलाई तीब्र पारेर लकडाउन र निषेधाज्ञा खोल्नुपर्ने जस्ता […]

विश्वभर पछिल्लो सात दिनमा करिब २० लाख कोरोना संक्रमित

६ असाेज काठमाडौँ – कोरोनाभाइरस महामारी विश्वव्यापी रूपमा तीव्र गतिमा वृद्धि भएको विश्व स्वास्थय संगठन (डब्लुएचओ) ले जनाएको छ  । पछिललो सात दिन (एक हप्ता) को अवधिमा झन्डै २० लाख व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएको उक्त संस्थाले जनाएको छ । डब्लुएचओको पछिल्लो तथ्याङ्क अनुसार सेप्टेम्बर १३ देखि २० सम्ममा  १९ लाख ९८ हजार ८९७ व्यक्ति […]

भारत र श्रीलङ्काका प्रधानमन्त्रीबीच वार्ता हुने

६ असोज काठमाडौँ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलङ्काका उहाँका समकक्षी महिन्दा राजापाक्षबीच वार्ता हुनेभएको छ । उहाँहरुकाबीच यही सेप्टेम्बर २६ मा भिडियोमार्फत् वार्ता हुने तय भएको अधिकारीहरुले जानकारी दिएका छन् । तर यसको औपचारिक जानकारी भने दिइएको छैन । गत हप्ता श्रीलङ्काका प्रधानमन्त्री राजापाक्षले भारतका प्रधानमन्त्री मोदीलाई टेलिफोन गर्नुभएको थियो । त्यतिबेला राजापाक्षले […]

भोलि महिला नै प्राइमिनिस्टर बन्‍न सक्नुहुन्छ : सभापति देउवा

६ असाेज काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  अबको निर्वाचनमा महिला मतदाताको संख्या बढाउन कार्यकर्तालाई आग्रह गर्नुभएको छ । मंगलादेवी स्मृति प्रतिष्ठानले लौह पुरुष गणेशमान सिंहको २३ औँ स्मृति दिवसको अवसरमा आयोजना गरेको ‘नेपालमा महिला समानताको हक संवैधानिक तथा कानूनी व्यवस्था र समावेशिताको वर्तमान अवस्था’ विषयक भर्चुअल कार्यक्रममा यस्तो आग्रह गर्नुभएको हो । उहाँले महिला […]