Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

समाचार

काठमाडौंबाट धनुषा जाँदै गरेको बसमा यात्रु मृत फेला

✍️रविऋषि धनुषा , माघ १५ गते : काठमाडौंबाट धनुषाको जटही जाँदै गरेको बसमा ५५ वर्षीय एक यात्रुको शव फेला परेको छ। मृतक भारतको बिहार राज्य, मधुबनी जिल्लाको सिमरी निवासी जगदीश यादव रहेको प्रहरीले पुष्टि गरेको छ। घटना धनुषाको ढल्केबर क्षेत्रमा भएको हो। मधेश प्र.००४-००१ ख ०१५७ नम्बरको उक्त बस काठमाडौंबाट धनुषाको जटहीतर्फ गइरहेको थियो। ढल्केबर […]

सिरहामा कपडा तस्करी रोक्न असफल: सशस्त्र प्रहरी एसपी नरेश भण्डारीको सेटिंगको आरोप

✍️ओमप्रकाश यादव सिरहा, माघ १३ गते : सिरहा र धनुषाको सीमावर्ती क्षेत्रहरूमा कपडा तस्करी रोक्न नसकिएकोप्रति स्थानीय स्रोतहरूले गम्भीर प्रश्न उठाएका छन्।भारतबाट धनुषाको जनकनन्दनी गाउँपालिका–१ इनर्वा हुँदै सिरहा धनुषा जोड्ने कमला नदीको बाँध हुँदै बसबिट्टा घाट स्थित भासिएको कमला पुल मुनीबाट कपडा तस्करी निर्वाध रूपमा भइरहेको पुटेज सार्वजनिक भएको छ। प्राप्त पुटेजमा सशस्त्र प्रहरी तथा […]

गढीमाई बाहिनी उत्कृष्ट: २४औं सशस्त्र प्रहरी दिवसमा प्रतिष्ठित अवार्ड प्रदान

✍️दिनेश सहनी जनकपुरधाम:सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय, मकवानपुरले उत्कृष्टताको उपाधि हासिल गरेको छ। २४औं सशस्त्र प्रहरी दिवसको अवसरमा बुधबार आयोजित विशेष समारोहमा गढीमाई बाहिनीलाई वर्षकै उत्कृष्ट घोषित गरियो। बाहिनीपति डिआईजी गणेश ठाडामगरलाई गृह मन्त्री रमेश लेखक र सशस्त्र प्रहरी बलका प्रमुख (आईजी) राजु अर्यालले संयुक्त रूपमा “उत्कृष्ट बाहिनी अवार्ड” प्रदान गरे। […]

सिरहामा सशस्त्र प्रहरीको संलग्नतामा व्यापक तस्करी: एसपी नरेश भण्डारीको मिलोमतोमा कपडा तस्करीको खुलासा

✍️ओमप्रकाश यादव सिरहा – सिरहा जिल्लाको सिरहा नगरपालिका-१८ स्थित सीमावर्ती गाउँ शिकाज्योति तस्करीको मुख्य मार्ग बनेको तथ्य बाहिर आएको छ। स्रोतका अनुसार, सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टरका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) नरेश भण्डारीको प्रत्यक्ष मिलोमतोमा यो तस्करी सञ्चालन भइरहेको छ। तस्करीको माफिया र प्रहरीको गठजोड सूचनाका आधारमा एसपी भण्डारीले आफ्ना घुमुवाहरू […]

डिआइजी गणेश ठाडामगर नेतृत्वको गढीमाई बाहिनी उत्कृष्ट घोषित, प्रधानमन्त्रीद्वारा सम्मानित गरिने

✍️दिनेश सहनी जनकपुरधाम : सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर यस वर्ष सर्वोत्तम बाहिनी कार्यालयको रुपमा चयन भएको छ। डिआइजी गणेश ठाडामगरको कुशल नेतृत्वमा यो बाहिनी २४औं सशस्त्र प्रहरी दिवसको अवसरमा सम्मानित गरिन लागेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले माघ ९ गते आयोजित विशेष कार्यक्रममा गढीमाई बाहिनीका बाहिनीपति डिआइजी ठाडामगरलाई उत्कृष्टताको […]

सशस्त्र प्रहरी बल नम्बर ३ गढिमाई बाहिनी मुख्यालय उत्कृष्ट बाहिनी घोषित, डीआईजी ठाडामगर सर्वाेत्कृष्ट बाहिनीपति

दिनेश सहनी जनकपुरधाम:सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गढिमाई बाहिनी मुख्यालय, मकवानपुर यो वर्षको उत्कृष्ट बाहिनी कार्यालय घोषित भएको छ। सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय निरीक्षण एवं उत्कृष्ट इकाईहरूको छनोट तथा योग्यताक्रम निर्धारणसम्बन्धी स्थायी आदेश २०८० बमोजिम गरिएको मूल्यांकनमा यो बाहिनीले उत्कृष्टता हासिल गरेको हो। डीआईजी गणेश ठाडामगर, जो उक्त बाहिनीका प्रमुख हुन्, सर्वाेत्कृष्ट बाहिनीपति […]

सिरहाकी सरस्वती मुखिया महिला क्रिकेट टिममा छनौट, प्रादेशिक प्रतियोगितामा चम्किने तयारी

दिनेश सहनी जनकपुरधाम : सिरहा जिल्लाको कर्जन्हा नगरपालिका-२ स्थित बन्दीपुर माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीय छात्रा सरस्वती मुखियाले जिल्लाको महिला क्रिकेट टिममा स्थान पाउने गौरव हासिल गरेकी छन्। अब उनले प्रादेशिक प्रतियोगितामा सिरहाको प्रतिनिधित्व गर्दै खेल्न जाँदै छिन्। सरस्वतीले प्रारम्भिक छनोट चरणमा आफ्नो उत्कृष्ट प्रदर्शनद्वारा जिल्ला क्रिकेट संघका प्रशिक्षकहरूको ध्यानाकर्षण गर्न सफल […]

विष्णुपुर गाउँपालिकाकी उपाध्यक्षले फुटाइन् सरकारी गाडीको सिसा

ओम प्रकाश यादव सिरहा, पुस २२ गते। सिरहा सिरहाको विष्णुपुर गाउँपालिकामा पदाधिकारीहरूबीचको तनाव चरम अवस्थामा पुगेको छ। गाउँपालिकाकी उपाध्यक्ष गीता कुमारी सिंहले आफ्नै पालिकाको सरकारी गाडीमा क्षति पुर्‍याउँदै गाडीको सिसा फुटाएकी छन्। उक्त गाडी (स्कारपियो बा.२ झ ३६४३) गाउँपालिका अध्यक्ष सत्य नारायण यादवले प्रयोग गर्दै आएका थिए। यादवका अनुसार, उपाध्यक्ष सिंहले पार्टीको बैठकमा जान गाडी […]

मधेशमा क्रिकेटको उत्सव: जय ट्रॉफीको भव्य समुद्घाटन जनकपुरमा

दिनेश सहनी जनकपुरधाम । नेपाल क्रिकेट संघ (CAN) को आयोजनामा राम जानकी बहुउद्देशीय अन्तर्राष्ट्रिय रंगशाला, जनकपुरमा आजदेखि जय ट्रॉफी (JAY TROPHY) को भव्य समुद्घाटन गरिएको छ। यस बहुप्रतीक्षित क्रिकेट प्रतियोगिताको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले गर्नुभयो। समारोहमा जनकपुर उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साह, मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडल, नेपाल क्रिकेट […]

आधारभूत शिक्षामा लगानी बढाउनुपर्छ: मुख्यमन्त्री सिंह

दिनेश सहनी जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आधारभूत तहको शिक्षामा राज्यको लगानी वृद्धि गर्नु अत्यावश्यक भएको बताएका छन्। शुक्रबार महोत्तरीको बर्दिबास-३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालय परिसरमा दृष्टिविहीन छात्रछात्राका लागि निर्माण भएको छात्रावास भवन उद्घाटन गर्दै उनले प्रदेश सरकारले शिक्षाको जग मजबुत बनाउन योजनाबद्ध रूपमा आधारभूत तहकै शिक्षामा काम गर्नुपर्नेमा जोड दिए। मुख्यमन्त्री सिंहले […]